प्रेमीद्वारा प्रेमिकामाथि निर्घात कुटपिट, बिराटनगरको नोबेल अस्पतालमा उपचार हुदै, अझै होस आएन

<span class='c1'>प्रेमीद्वारा प्रेमिकामाथि निर्घात कुटपिट, बिराटनगरको नोबेल </span> <span class='c2'>अस्पतालमा उपचार हुदै, अझै होस आएन</span>

बिराटनगर, २० कात्तिक । आफ्नी प्रेमीका अरु केटासँग बोलेको झोकमा प्रेमीद्वारा प्रेमिकामाथि निर्घात कुटपिट गरिएको छ ।धनकुटाको सहिदभूमी गाउँपालिकाका एक युवकले आफ्नै प्रेमिकालाई निर्घात कुटपिट गरेका छन् । सहिदभूमी गाउँपालिका–४ का भीमसेन राईले आफ्नै प्रेमिका बन्दना राईलाई मरणासन्न अवस्थामा पुग्ने गरी कुटपिट गरेका हुन् । कुटपिटबाट गंभीर घाईते सहिदभूमी–४ खोकुकी १८ बर्षीया बन्दनाको अवस्था गंभीर छ ।
निर्घात कुटपिट पश्चात बेहोस अवस्थामा भेटिएकी बन्दनाको अझै होस नखुलेको उनका दाजु असिम राईले बताए । बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा उनको उपचार भईरहेको छ । चिकित्सकहरुका अनुसार बन्दनाको टाउकोमा रगत जमेको छ । उनको शरिरका बिभिन्न भागमा निलडाम छ ।
कुटपिट गर्ने भीमसेनलाई घटनापश्चात प्रहरीले पक्राउ गरेको छ । पीडित युवतीका आफन्तले दिएको उजुरीका आधारमा राईलाई पक्राउ गरेर कारबाही प्रकृया अघि बढाईएको जिल्ला प्रहरी प्रमुख सुदर्शन कोईरालाले जानकारी दिए । उनीबिरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाएर प्रहरीले घटनाको बिषयमा अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार भीमसेन र बन्दना दुई बर्ष भन्दा अघि देखि प्रेम सम्बन्धमा रहेको खुलेको छ । भीमसेनले आफ्नी प्रेमीका अरु केटासँग बोलेको झोकमा कुटपिट गरेको प्रहरीसमक्ष बयान दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्