विराटनगरको हिमालय दर्शन कलेजका नयाँ विद्यार्थीलाई धनकुटाको हिलेमा अभिमुखीकरण (फोटो फिचर सहित )

<span class='c1'>विराटनगरको हिमालय दर्शन कलेजका नयाँ विद्यार्थीलाई धनकुटाको</span> <span class='c2'>हिलेमा अभिमुखीकरण (फोटो फिचर सहित )</span>

विराटनगर, २० कात्तिक । विराटनगरको हिमालय दर्शन कलेजले वि.एस.सि. सिएसआइटि छैटौँ ब्याच, वि.आइ.एम तथा वि.सि.ए दोस्रो ब्याच तथा वि.एच.एम. प्रथम व्याचमा नयाँ भर्ना हुने विद्यार्थीलाई अभिमुखिकरण कार्यक्रम गरेको छ । कलेजले विभिन्न विषय अन्र्तगत भर्ना भएका नयाँ विद्यार्थीहरुलाई धनुकटाको हिलेमा लगेर अभिमुखिकरण गराएको हो ।
अभिमुखिकरण कार्यक्रममा विद्यार्थीहरुलाई मोटिभेट गर्न मोटिभेसन कक्षा समेत राखिएको थियो । कलेजमा शैक्षिक सत्र २०७६ मा भर्ना भएका वि.एस.सि. सिएसआइटि, वि.एच.एम, वि.आइ.एम तथा वि.सि.ए का ९२ जना विद्यार्थीलाई अभिमुखीकरणका साथै सृजनसिल हुन उत्पेरित गराएको हो ।
कलेज व्यावस्थापन विभाग प्रमुख भुपाल मिश्रले जानकारी दिए अनुसार, अभिमुखीकरण कार्यक्रममा प्रोफेसर डा. पिके झाले नेपालको आर्थिक विकासको व्यावस्थापकिय पक्षको बारेमा विद्यार्थीलाई जानकारी गराउनुभएको थियो । त्यसैगरी मोटिभेसन स्पीकर बसन्त अधिकारीले आफ्नो जीवनलाई कसरी उर्जासिल बनाइ अगाडी बढाउन सकिन्छ भन्ने विषयमा विद्यार्थीहरु माँझ आकर्षक रुपमा आप्mनो प्रस्तुति राख्नु भएको थियो ।
त्यसैगरी नयाँ भर्ना भएका विद्यार्थीलाई कलेजका आईटी विभाग प्रमुख सुमित साहले सेमेस्टर पद्धतीमा आन्तरिक तथा वाह्य इभ्यालुएसनको बारेमा विद्यार्थी माँझ जानकारी गराउनुभएको थियो । विराटनगरदेखी बाहिरी ठाँउमा लगेर विद्यार्थीहरुले फरक विषय बस्तु र नयाँ ठाँउको नया अनुभुती पाउन् भनेर विराटनगर बाहिर लगेर अभिमुखिकरण गराइएको कलेजका निर्देशक तथा संचालक भेषराज पोखरेलले जानकारी दिनुभयो । नयाँ भर्ना भएका विद्यार्थीहरुलाई एक आपसमा परिचयात्मक तथा अभिमुखिकरणको साथमा नयाँ ठाँउहरुको अवोलकन पनि गराएको पोखरेलले बताउनुभयो । देशमा पर्यटन बर्ष २०२० मनाईरहदाँ कलेजले विद्यार्थीहरुलाई प्रदेश नम्बर एकको धनुकुटा जिल्लाको रमणीय स्थाल हिलेको भ्रमण गराईएको उहाँले जानकारी दिनुभयो ।

तस्वीर ः प्रेम देवान/ आवर विराटनगर

तस्वीर ः प्रेम देवान /आवर विराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्