भारतबाट सरकारी नम्बर प्लेटमा नै आँउछ अवैध लागुऔषध, मोटरसाईकल सहित वन अधिकृतका छोरा पक्राउ

भारतबाट सरकारी नम्बर प्लेटमा नै आँउछ अवैध लागुऔषध, मोटरसाईकल सहित वन अधिकृतका छोरा पक्राउ

ओ.वी अपराध व्यूरो टिम...

विराटनगर, २१ कार्तिक । सरकारी नम्बर प्लेटको मोटरसाइकल प्रयोग गरी अवैध रूपमा लागूऔषध ल्याउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका– १५ भन्सार कार्यालयको १ नं.ढाटबाट लागूऔषधसहित सरकारी मोटरसाइकलमा लागूऔषध ल्याउने सप्तरी राजबिराज नगरपालीका– २ राजदेब टोलका २६ वर्षिय कपिल यादबलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका यादवले स १ ब १४१० नम्बरको सरकारी नम्बर प्लेट भएको मोटरसाईकल प्रयोग गरि लागूऔषध ल्याउने क्रममा लागुऔषध नियन्त्रण व्यूरो विराटनगरको विशेष टोलिले पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी राजकुमार खिउजुले जानकारी दिए ।

यादवले लागूऔषध ल्याउन प्रयोग गरिएको मोटसाइकल डिभिजन वन कार्यालय उदयपुरको रहेको बुझिएको छ । कपिलका बावु सत्यनारयण यादव डिभिजन वन कार्यालय उदयपुरका अधिकृत हुन् । वावुले प्रयोग गर्ने सकारी नम्बर प्लेटको ‘हिरो’ कम्पनीको ग्ल्यामर मोटसाइकल लिएर आइतबार कपिल जोगवनी आएका थिए ।
लागूऔषध लिएर गन्तब्यतर्फ फर्किने क्रममा प्रहरीले चेकजाचको क्रममा यादबलाई पक्राउ गरिएको हो । ‘शंका लागी रोकी चेकजाच गर्ने क्रममा सरकारी नम्बर प्लेट भएको मोटरसाइकलमा लागूऔषध भेटिएको हो,’ प्रवक्ता डिएसपी श्रेष्ठे भने, ‘कम्मर पेटीको लाईनमा लुकाई छिपाई ल्याएको अवैध लागूऔषध यादवको साथबाट प्रहरीले बरामद गरेको हो ।’

तस्वीर : ओ.वी अपराध व्यूरो टिम...

प्रहरीले उनको साथबाट डाईजेल्याब ८ एम्पुल, एभिल ८ एम्पुल र लुपिजेसिक ८ एम्पुल गरी जम्मा २४ एम्पुल अवैध लागूऔषध लुकाई छिपाई ल्याएको अबस्थामा बरामद गरीएको मोरङ प्रहरीले जनाएको छ । लागूऔषध ब्यूरो टोलीले यादवलाई पक्राउ गरेपछि आवश्यक कारवाहीको लागि इप्रका रानी विराटनगरमा राखिएको छ । प्रहरीले उनलाई लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अदालतमा म्यात थप गरि आवश्यक अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्