प्रदेश १ सभाको बिषयगत समितिले काम गर्न नसकेको सभापतिले स्वीकारे

<span class='c1'>प्रदेश १ सभाको बिषयगत समितिले</span> <span class='c2'>काम गर्न नसकेको सभापतिले स्वीकारे</span>

विराटनगर । प्रदेश सभाका बिषयगत समितिका सभापतिहरुले समितिले सोचे अनुसारको काम गर्न नसकेको स्वीकार गरेका छन् । कतिपय बिषयहरु समितिले दिएको निर्देशन समेत सरकारले पालना गर्न नसकेको उनीहरुको भनाई छ । अकोरावले विराटनगरमा आयोजना गरेको हेलो संसद कार्यक्रममा सभापतिहरुले समितिको निर्देशन कार्यान्वायनमा समस्या भएको बताए ।
सार्बजनिक लेखा समितीका सभापति शिवनारायण गन्गाईले मुख्यमन्त्री कपको १ करोड ३० लाखको अनियमितता, राजमार्गमा ठेकेदारले गरेको अनियमितताको बारेमा समितिले फाईल मगाएर काम गरेको बताए । तर सरकारलाई त्यसको बारेमा कार्यान्वयनको लागि पनि निर्देशन दिँदा समेत कार्यान्वायन नगरेको उनको गुनासो छ । उनले सरकारका निती तथा कार्यक्रममा भएको अनियमितता र बेरुजु रकमको बारेमा पनि समितिले सोधिखोजी गरेर छानविन गरि निर्देशन दिने गरिएको बताए ।
अर्थसमितिका सभापति मोहनकुमार खड्काले समितिको बैठक बस्दा कोरम पुगेको अबस्था नरहेको बताए । तर संघीय संसदको जस्तो अबस्था आउन नदिनको लागि काम भईरहेको र अहिले उप निर्वाचनको कारणले समस्या भएको हुनसक्ने स्वीकार गरे । उनले अब प्रदेश सांसद र स्थानीय कार्यपालिकाका बिच पनि छलफल र समन्वय गरेर समितिको काम कार्वाही बारेमा अघि बढ्नु पर्ने बेला आएको बताए ।
मेची पहाडी पर्यटन बोर्डका कार्यालय काँकडभिट्टाको अनुगमन, पर्यटन भ्रमण बर्षको तयारीको बारेमा काम भईरहेको उद्योग पर्यटन वन तथा वातावरण समितिकी सभापति सीता थेबेले सुनाईन् । भ्रमण बर्षलाई सफल बनाउनको लागि संरचना निर्माण र प्रभावकारी कामको अनुगमन र कार्यान्वयनको बारेमा सोधीखोजी गर्ने काम पनि भएको बताईन्।
सभापतिसँग सरकार कै जस्तो गुनासो
प्रदेश सभाको बिषयगत समितिसँगको छलफलको क्रममा आम नागरिकका गुनासा भने सरकारलाई गरेको जस्तै देखिएको छ । बिराटनगरकी दुर्गा चापागाईले पर्यटन बर्ष मनाई रहँदा धार्मिक पर्यटकलाई ब्यवस्थीत गर्ने बारेमा कुनै काम नभएको गुनासो गरिन् । धार्मिक क्षेत्रका स्थलहरु अहिले पनि बर्षौदेखि उस्तै छन् रहेको जानकारी दिँदै उनले हलेसी, बराहक्षेत्र, पाथिभरामा अहिले पनि भौतिक संरचना निर्माण गरी ब्यवस्थित गर्ने काम नभएकोमा आक्रोश पोखिन् ।
विराट ब्यापार संघका अध्यक्ष सुजन थापाले संसदीय समितिले गरेका कुनै पनि गतिबिधि र छलफलको बारेमा जानकारी नै नहुने गरेको बताए । ‘हाम्रा कुराहरुलाई समितिले खासै ध्यान दिएको जस्तो लाग्दैन’ उनले भने, ‘मैले पहिलो पटक संसदीय समितिका सभापतिहरुसँग भेट्ने मौका पाएको छु ।’
नेपाल पत्रकार महासंघ प्रदेश १ अध्यक्ष बिक्रम लुईटेलले संसदीय समितिले प्रभावकारी काम गर्न नसकेको आरोप लगाए । बजेट नीति तथा कार्यक्रम कार्यान्वयनमा गईरहँदा त्यहाँको अनियमितता, भ्रष्टाचार र कामहरु रोकिएको बिषय समितिले सार्बजनिक नै गर्न नसकेको बताए । मन्त्रीहरुले आफ्नो निर्वाचन क्षेत्रमा मात्र कार्यक्रमहरु लगिरहेको बताउँदै उनले यस्तै अबस्था हो भने अब हरेक बैशाखमा मन्त्री फेर्नु पर्ने अबस्था आउने तर्फ चिन्ता ब्यक्त गरे । छलफलमा प्रदेश १ का बिभिन्न जिल्लाका सर्बसाधारणको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्