एजेन्सी । गम्भीर बिरामी भएपछि स्वर कोकिला लता मंगेशकरलाई अस्पताल भर्ना गरिएको छ । टाउकोमा इन्फेक्शन देखिएपछि उनलाई मुम्बईको ब्रीच कैन्डी अस्पतालमा भर्ना गरिएको हो ।
लता मंगेशकरका तर्फबाट अनुशा श्रीनिवासनले एक सूचना जारी गर्दै भनेकी छन्, ‘लता जीको टाउकोमा भाइरल इन्फेक्शनको समस्या थियो । उनको उमेरको समेत ख्याल गरेर ब्रीच कैन्डी अस्पतालमा भर्ना गरिएको छ । उनको स्वास्थ्यको अवस्था स्थिर छ र सुधार भइरहेको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार लतालाई शोमबार दिउँसो २ बजे अस्पताल भर्ना गरिएको थियो । उनको अवस्था गम्भीर छ र आईसीयूमा राखिएको छ ।
भारत रत्न र दादा साहब फाल्के जस्ता सम्मानबाट सम्मानित लता मंगेशकर भारतीय सिनेमा जगतकी सर्वश्रेष्ठ गायिका मानिन्छन् ।