विराटनगर,२७ कात्तिक । गत भदौं २० गते राती धरान–१८ स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको कम्पाउण्ड भित्र रहेको दिल्ली पब्लिक स्कुलको गेटमा बम बिष्फोट गराउने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार सुनसरी जिल्ला अदालतबाट पक्राउ अनुमती आदेश समेत प्राप्त गरि १ न। प्रदेश प्रदेश प्रहरी कार्यालय, क्षेत्रिय अनुसन्धान समुह बिराटनगर र इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले हिजो पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सुनसरीको दुहवी–८ का मोहन बस्नेत, भोजपुर ट्याम्के मैयुङ–२ का सागर राई र धरान–११ का सुरेशकुमार राईरहेका छन् । बस्नेतलाई इटहरी र अन्यलाई रामधुनी–६ बाट पक्राउ गरिएको हो । उनीहरुलाई जिल्ला अदालतबाट आजै म्याद थप गरी आवश्यक अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुन्डीराज न्यौपानेले जानकारी दिए ।