प्रदेश १ को विकास र समृद्धिको आधार कृषि हो : मुख्यमन्त्री राई

<span class='c1'>प्रदेश १ को विकास र समृद्धिको</span> <span class='c2'>आधार कृषि हो : मुख्यमन्त्री राई</span>

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विकास र समृद्धिको प्रमुख आधार कृषि भएको बताउनु भएको छ । विराटनगरमा आयोजित साना, भूमिहिन तथा सिमान्तकृत किसानहरुसँग अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखेको बताउनु भएको हो ।
कृषिको माध्यमबाट देश धनी र जनता सुखी हुने भन्दै मुख्यमन्त्री राईले कृषिको व्यवसायिक, आधुनिकिकरण, औद्योगिकरण र बजारीकरणको आवश्यकता रहेको बताउनुभयो । ‘अहिले कृषि क्षेत्रको अवस्था नाजुक छ, मुख्यमन्त्री राईले भन्नुभयो, यो अबस्थालाई सुधार गर्नु पर्छ । ’
कृृषि क्षेत्र प्रदेश १ सरकारको उच्च प्राथमिकता रहेकोले व्यवस्थित ढंगबाट कानून, नीति, निर्देशिका बनाएर अगाडि बढ्ने मुख्यमन्त्री राईले बताउनुभयो । कृषिको माध्यमबाट धनी हुने सरकारको लक्ष्य रहेको बताउँदै मुख्यमन्त्री राईले सहयोग, अनुदान वितरणमा वास्तविक किसानमा पुग्ने गरी काम भइरहेको समेत जानकारी दिनुभयो ।
विगतमा परम्परागत ढंगबाट निर्वाहमुखी कृषि भयो, अब आधुनिक र प्रविधिमैत्री भएर कृषि पेशा गर्नुपर्छ, मुख्यमन्त्री राईले भन्नुभयो । कृषि क्षेत्रबाट आम्दानी बढाएर रोजगारीको अवसर सिर्जना गर्नुपर्ने मुख्यमन्त्री राईको धारणा थियो ।
कृषि क्षेत्रमा कुनै प्रकारको अभाव नहुने वातावरण प्रदेश सरकारले बनाइरहेको बताउँदै मुख्यमन्त्री राईले अर्गानिक फर्महरु स्थापनामा कृषकहरु लाग्नुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्