बिराटनगर कार्तिक २९ ,
बिराटनगरको रंगेली रोडस्थित मेरिल्याण्ड कलेजले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको बिबिएस चौथो बर्षको परिक्षामा आफ्ना बिद्यार्थीले नेपाल प्रथम गरेको दाबी गरेको छ ।त्रिभुवन विश्वविद्यालयले लिएको बिबिएस चौथो बर्षको परिक्षामा कलेजका बिद्यार्थी रोहित जंग कार्कीले ८३ प्रतिषद अंक ल्याएर नेपाल प्रथम गरेको दाबी रहेको कलेजका प्रिन्सिपल लक्षमण ढकालले आवर बिराटनगरलाई बताए ।
कलेजको बिबिएस चौथो बर्षको परिक्षामा कुन ९१.६१ प्रतिषद बिद्यार्थी उतीर्ण हुन सफल भएको पनि ढकालले जानकारी दिए । यसअघि २०६६ सालमा पनि कलेजका बिद्यार्थी किन्जल पोखरेलले पनि नेपाल प्रथम नतिजा ल्याएका थिए ।