न्यूरोले मनायो मधुमेह दिवस, हरेक शनिवार सुगर, थाईराईड र किड्नी परिक्षणमा ५० प्रतिशत छुट

<span class='c1'>न्यूरोले मनायो मधुमेह दिवस, हरेक शनिवार सुगर,</span> <span class='c2'>थाईराईड र किड्नी परिक्षणमा ५० प्रतिशत छुट</span>

विराटनगर । न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलले विश्व मधुमेह दिवस भव्यताका साथ मनाएको छ । हस्पिटलले विगतका वर्षहरु झैं यस वर्ष पनि हस्पिटलको प्रागंणमा निःशूल्क मधुमेह परामर्श तथा निःशूल्क सुगर परिक्षण गरेको हो । हस्पिटलले सवै किसिमका परिक्षणमा २५ प्रतिशत छुटको व्यवस्था समेत गरेको थियो ।
लायन्स क्लब अफ बिराटनगरको सहकार्यमा न्यूरो हस्पिटलद्वारा आयोजित मधुमेह सम्बन्धी स्वास्थ्य परामर्शमा विशेषज्ञ फिजिसियन डा. अग्रज उप्रेतीद्धारा स्वास्थ्य परिक्षण गरिएको थियो । मधुमेह सम्बन्धी सचेतनात्मक कार्यक्रम समेत भएको छ । लायन्स क्लब अफ बिराटनगरका अध्यक्ष प्रकाश संचेतिले आधुनिक जीवनशैलीका कारण विश्वमा मधुमेहका बिरामी बढदो क्रममा रहेको जानकारी दिँदै यो समस्यालाई मध्यनजर राख्दै न्यूरो हस्पिटलको मुख्य सहयोगमा बिरामीहरुलाई निशुल्क सेवा प्रदान गरिएको स्पष्ट पारे ।
कार्यक्रममा ११३ जनाको निःशुल्क सुगर परिक्षण तथा परामर्श गरिएको थियो । न्यूरो हस्पिटलका अपरेशनल डाइरेक्टर राजेश भट्टराइले अब हरेक शनिवार सुगर, थाइराइड, किड्नीको जाँच (आर एफ टि) , एल एफ टि लगायतका नियमित परिक्षण गर्नुपर्ने जाँचहरुमा ५० प्रतिशत छुटको व्यवस्था समेत गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्