विराटनगरमा फेस अफ मारवाडी किड्स हुँदै, फाइनलमा ४५ प्रतिस्पर्धी

<span class='c1'>विराटनगरमा फेस अफ मारवाडी किड्स</span> <span class='c2'>हुँदै, फाइनलमा ४५ प्रतिस्पर्धी</span>

विराटनगर, ५ मंसिर । फेस अफ मारवडी किड्स २०१९ हुने भएको छ । आउँदो मंसिर १२ गते विराटनगर स्थित जैन भवनमा हुने उक्त प्रतियोगिाको फाइनलमा ४५ जना प्रतियोगि छन् ।
मारवाडी युवा मञ्च विराटनगर र पेज ३ सर्विसेस काठमाण्डौ को संयुक्त आयोजनामा यो प्रतियोगिता हुन लागेको हो ।
फाइनलमा पुगेका ४ देखि १४ वर्षका बालवालिकाहरू रहेको मारवाडी युवा मञ्चका अध्यक्ष गोपाल अग्रवालले जानकारी दिए । फाइनलमा पुगेका प्रतियोगिहरू विराटनगर, इटहरी, धरान लगायतका शहरबाट सहभागी छन् । फाइनमा पुगेका प्रतियोगिहरूलाई विभिन्न क्षेत्रका विज्ञहरूलाई प्रशिक्षण दिदै आएको अध्यक्ष अग्रवालले बताए ।
मारवाडी बालवाकिलाहरूमा भएको प्रतिभा उजागर गर्नुको साथी उनीहरूको व्यक्तित्व विकास गराइ समाज निमार्णमा उल्लेखिनिय योगदान पुर्याउने उद्देश्यले यस्तो प्रतियोगिता आयोजना गरिएको अध्यक्ष अग्रवालले जानकारी दिए ।
विराटनगरमा हुने फाइनल भव्य र सभ्य तरिकाले हुने उनले बताए । ‘विराटनगरमा लामो समयपछि फेस अफ मारवडी किड्स जस्तो भव्य कार्यक्रम हुन लागेको हो ।’ यस्तो कार्यक्रमहरू काठमाण्डौमा मात्रै हुने गरेको थियो । मारवाडी युवा मन्चले मारवाडी बालबालिकाको क्षमता अभिवृद्धी गर्न स्थानिय स्तरमा यस्तो प्रतियोगिता आयोजना गरिएको फेस अफ मारवाडी किड्सका एम. डी. रेखा मोदी मित्रुकाले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्