अन्तराष्ट्रिय

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा पहिरोमा परी ४८ को मृत्यु

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा गएको पहिरोमा बेपत्ता भएकाको खोजीकार्य मङ्गलबार छैटौँ दिनमा प्रवेश गरेको छ । साथै यस पहिरोमा परी मृत्यु हुनेको संख्या ४८ पुगेको अधिकारीले बताएका छन् । गत हप्ता नोने जिल्लाको टुपुल यार्ड रेलवे निर्माण शिविरमा पहिरो गएको थियो । यहाँ प्रमुख रेलवे लाइन निर्माणस्थलको स. . .


लाओसमा ६ महिनामा ६ हजारभन्दा बढी डेंगु ज्वरोबाट सङ्क्रमित

लाओसमा सन् २०२२ को पहिलो छ महिनामा ६,०४७ डेंगु ज्वरोका बिरामीहरू फेला पारेका छन् । भाइरसका कारण आठ जनाको मृत्यु भएको पनि लाओसको स्वास्थ्य मन्त्रालयले जनाएको छ। लाओ स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सूचना तथा शिक्षा केन्द्रको सोमबारको प्रतिवेदनअनुसार लाओसको राजधानी भेन्टियानमा सबैभन्दा ब. . .


इन्धन अभावका कारण श्रीलङ्कामा विद्यालय बन्दको घोषणा

इन्धन अभावका कारण श्रीलङ्कामा विद्यालय बन्दको घोषणा गरिएको छ । पहिलो चरणमा यही जुलाई ४ देखि एक हप्ता बन्द गर्ने घोषणा गरिएको हो । शिक्षा मन्त्रालयले सरकारको स्वामित्वमा रहेका र सरकारको स्वीकृतिमा सञ्चालन भएका सबै निजी विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको जनाएको छ । विद्यालयहरू बन्द गरिएपछि इन्ध�. . .


पेरूमा कोरोना सङ्क्रमितको सङ्ख्या ७० प्रतिशतले वृद्धि

पेरुमा कोरोना भाइरसबाट सङ्क्रमितहरूको सङ्ख्या ७० प्रतिशतले वृद्धि भएको छ । सरकारी अधिकारीहरूले आइतबार दिएको जानकारीअनुसार पछिल्लो हप्ता पेरुमा १७ हजार ८४१ जना सङ्क्रमित भएका छन् । यो सङ्ख्या अघिल्लो हप्ताको भन्दा ७० प्रतिशतले बढी भएको जनाइएको छ । दक्षिण अमेरिकी यस मुलुकमा कोरोना भाइरसबाट अहिले�. . .


उत्तर भारतमा बस खोल्सामा खस्दा १२ जनाको मृत्यु

भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा सोमबार बस खोल्सामा खस्दा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् । हिमाञ्चल प्रदेशको कुल्लु जिल्लाको साँज उपत्यकामा सो दुर्घटना भएको हो । उक्त बसमा करिब २० जना सवार रहेको बताइएको छ । केही घाइतेको अवस्था गम्भीर भएकाले मृतकको सङ्ख्या अझ �. . .


एकै दिनमा सङ्क्रमितको सङ्ख्या सोह्र हजार भन्दा बढी

आइतबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १६ हजार १३५ सङ्क्रमित भएका छन् । हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३५ लाख १८ हजार ५६४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । चौविस घण्टाको समयावधीमा कोरोना सङ्क्रमण. . .


बंगलादेशमा निरन्तर वर्षा र बाढी, १०० भन्दा बढीको मृत्यु

बंगलादेशमा केही दिनदेखिको निरन्तर वर्षाका कारण बाढी आएको छ । बाढीका कारण यहाँका १०० जनाभन्दा बढीको ज्यान गएको बताइएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँका ६४ ओटा जिल्ला बाढीका कारण प्रभावित भएका छन् । ती जिल्लामा गरी १०२ जनाको ज्यान गएको छ । अधिकारीहरुले दिएको समाचारमा गएको मे १७ देख. . .


इटालीमा हिमनदी भत्किँदा ६ जनाको मृत्यु

उत्तरी इटालीमा तापक्रम वृद्धिसँगै आइतबार हिमनदी भत्किँदा कम्तीमा छ जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी बेपत्ता भएका छन् । सो दुर्घटना भेनेटोको क्षेत्रमा उच्च तापक्रम वृद्धि भएको भोलिपल्ट भएको थियो । यस क्षेत्रका केही भागहरू समुद्री सतहमा ४० डिग्री सेल्सियस (१०४ डिग्री फरेनहाइट) पार गरेको स्थ�. . .


दक्षिण कोरियाली राष्ट्रपतिको अनुमोदन रेटिंग ४४.४ प्रतिशतमा झर्यो

दक्षिण कोरियाली राष्ट्रपति युन सुक-योलको अनुमोदन रेटिङ हप्ताको तुलनामा २.२ प्रतिशत बिन्दुले गत हप्ता ४४.४ प्रतिशतमा झरेको सोमबारको साप्ताहिक सर्वेक्षणले देखाएको छ । स्थानीय पोलस्टर रियलमिटरका अनुसार युनको राज्य मामिलाको आचरणमा नकारात्मक मूल्याङ्कन २.५ प्रतिशत अङ्कले बढेर ५०.२ प्रतिशत पुगेको पनि �. . .


श्रीलङ्कामा इन्धन भण्डारण ‘खालि भएको’ अधिकारीको दावी

श्रीलङ्कामा एक दिनका लागि मात्र इन्धनको सञ्चय रहेको ऊर्जा मन्त्रीले आइतबार बताउनुभएको छ । देशमा आर्थिक सङ्कट थप जटिल बन्दै जाँदा सार्वजनिक यातायात इन्धन अभावका कारण ठप्प भएको छ । अधिकांश पेट्रोल पम्पहरू धेरै दिनदेखि इन्धनविहिन रहँदा पेट्रोल र डिजेलको खोजीमा राजधानीका धेरै स्थानमा सर्वसाधारणको �. . .


नाइजेरिया खानी आक्रमणः तीस सैनिकको मृत्यु

खानी मजदुरको खोजिमा खटिएका सुरक्षाकर्मीमाथि बन्दुकधारी समूहले अन्धाधुन्ध आक्रमण गर्दा ३० जना नाइजेरियाली सैनिकको मृत्यु भएको छ । चारजना चिनियाँ नागरिकसहित अन्य खानी मजदुरमाथि बुधबार भएको आक्रमण र त्यस क्रममा अपहरण गरिएकाहरूको खोजिमा खटिएका सैनिक शिरोरोमा मारिएका एकजना नाइजेरियाली सैनिक अधिका. . .


दक्षिण पश्चिम पाकिस्तानमा बस खाल्डोमा खस्दा १९ जनाको मृत्यु, १२ घाइते

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको शेरानी जिल्लामा आइतबार एक यात्रुबाहक बस खाल्डोमा खस्दा कम्तीमा १९ यात्रुको मृत्यु हुनाको साथै अन्य १२ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सो घटना उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको सिमानामा रहेको जिल्लाको दानासार क्षेत्र नजिकै �. . .