अन्तराष्ट्रिय

दक्षिण अफ्रिकामा सत्र जना मृत फेला परे

दक्षिण अफ्रिकाको दक्षिणी शहर पूर्वी लन्डनमा अवस्थित एक रातिकल्बमा आइतबार कम्तिमा १७ जना मानिस मृत फेला परेको प्रहरीले जनाएको छ । के कति कारण यी व्यक्तिहरुको मृत्यु भएको यसको विस्तृत विवरण भने प्राप्त भएको छैन् । ‘हामीले पूर्वी लन्डनमा रहेको सिनरी पार्कमा रहेको स्थानीय क्षेत्रमा १७ जनाको मृत्यु भए�. . .


एघार हजार ५०० सय भन्दा बढी कोरोना सङ्क्रमित

शनिबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप ११ हजार ७३९ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड चार करोड ३३ लाख ८९ हजार ९७३ जना पुगेको छ । हाल भारतमा ९२ हजार ५७६ सक्रिय स�. . .


श्रीलङ्का सरकारले इन्धन कटौती गर्ने

श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको छ । श्रीलङ्काका लागि आयात भइ आएका डिजेल, पेट्रोल र कच्चा तेल प्राप्त गर्न नसकेपछि उसले देशभित्रै इन्धन कटौती गरेको हो । सो कुराको जानकारी श्रीलङ्काली इन्धन तथा उर्जा मन्त्री कन्चन विजकेसरीले जानकारी दिनुभएको हो । यस हप्ताका लागि आएको इन्धन प्राप्त नभएपछि श्री�. . .


श्रीलङ्कामा इन्धनको अभाव थप जटिल बन्दै

समयमा नै पेट्रोलियम पदार्थ खरीद् गर्न आर्थिक अभावका कारण कठिनाई भएपछि पेट्रोल तथा डिजेलको पुनः चरम अभाब भएको छ । छिट्टै आइपुग्ने अपेक्षा गरिएको तर इन्धन आउन लामो समय लागेपछि पुनः अभाब भएको इन्धन संकटका लागि सवारी चालकसँग क्षमा याचना गर्दै ऊर्जा मन्त्री कञ्चन विजेसेकेराले शनिबार बताउनुभएको हो । उह. . .


चीनको ग्वाङ्सीमा भारी वर्षा, बाढीबाट करिब ३८ हजारभन्दा बढी प्रभावित

दक्षिण चीनको ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रमा मुसलधारे बर्षासँगै आएको बाढीका कारण ३७ लाख ५० हजारभन्दा बढी बासिन्दा प्रभावित भएको स्थानीय अधिकारीहरुले शनिबार जनाएका छन् । ग्वाङ्सीले यस वर्षको बर्षा ऋतुमा छ पटक भारी वर्षाको अनुभव गरेको छ । यहाँ औसत वर्षा ४९०.८ मिलिमिटरमा रेकर्ड गरिएको छ । यो अघिल्लो . . .


इरानसँगको आणविक वार्ता पुनः केही दिनमा सुरु हुने

इरानसँगको आणविक सम्झौतालाई पुनर्जीवन दिने विषयमा वार्ता केही दिनमा पुनः सुरु हुने भएको छ । युरोपेली संघ (ईयू) का विदेश नीति प्रमुख जोसेप बोरेलले शनिबार तेहरानको भ्रमणका क्रममा सो कुरा बताउनुभएको हो । आणविक हतियार नियन्त्रणका लागि भएको संयुक्त बृहत् कार्ययोजना (जेसीपीओए) लाई संकेत गर्दै बोरेलले इर�. . .


ओस्लो नाइटक्लबमा अन्धाधुन्ध गोली चल्दा दुई मारिए, कैयौँ घाइते

यहाँस्थित एक नाइटक्लबमा अन्धाधुन्ध गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । आज बिहान भएको उक्त घटनाका एकजना सन्दिग्धलाई हिरासतमा लिइएको नर्वेली अधिकारीहरूले बताएका छन् । नाइटक्लबमा धेरै गोली चलाइएको र धेरैजना गम्भीर घाइते भएका प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले ज�. . .


मोरक्को भागदौडमा अठार आप्रवासीको मृत्यु

युरोपेली देश स्पेन जान मेलिला प्रवेश गर्न खोज्दा मच्चिएका भागदौडमा १८ जना आप्रवासी मारिएका तथा सयौँ घाइते भएका छन् । भागदौडका क्रममा केही प्रहरी पनि घाइते भएका छन् । मोरक्कोको नादोर र मेलिलाबीचको सिमाना नाघेर दुई हजार आप्रवासी स्पेन प्रवेश गर्न लागेपछि दुवै देशका सुरक्षा अधिकारीले नियन्त्रण गर्न �. . .


सोमालियाका राष्ट्रपति कोभिड सङ्क्रमित

सोमालियाका राष्ट्रपति हसन शेख मोहमुदले शुक्रबार संयुक्त अरब इमिरेट्सको यात्राबाट फर्किएलगत्तै कोभिद–१९ को सङ्क्रमण पुष्टि भएको बताउनुभएको छ । सङ्क्रमण पुष्टि भएपछि आफू अलग्गै रहेको बताउनु भएको छ । उहाँले ट्वीटरमा लेख्नुभएको छ, “अहिलेसम्म मलाई कुनै लक्षण छैन । सङ्क्रमण देखिँदासम्म मैले आफुलाई अन. . .


अफगानिस्तानका भूकम्पपीडितहरु खाना र आश्रयविहीन

अफगानिस्तानमा दुई दशक भन्दा बढी समयपछि आएको शक्तिशाली भूकम्पबाट बाँचेका धेरै व्यक्तिहरू शुक्रबार खाना, आश्रयबिहीन भएका छन् । भीषण वर्षापछि आएको बाढीको कारण पीडालाई अझै बढाएको छ । बाढीको कारण भएको बाधाले राहत कार्यकर्ताहरू पुग्नको लागि कठीन भएको र भूकम्प प्रभावित गाउँहरूमा मानिसहरु पर्खिरहेका बत�. . .


सैनिक कार्गाे जहाज दुर्घटना चारको मृत्यु

एक सैनिक जहाज दुर्घटनामा परी कम्तीमा पनि चार जनाको ज्यान गएको बताइएको छ । रुसबाट प्राप्त एक समाचारमा सो कुरा बताइएको हो । यहाँको सैनिक कार्गाे विमान दुर्घटनामा परेको थियो । रुसको राजधानी मस्कोबाट दक्षिण पश्चिममा पर्ने रियाजान भन्ने सहरमा शुक्रबार बिहान सो जहाज दुर्घटनामा परेको थियो । त्यस दुर्घटना. . .


भारतमा सत्र हजारभन्दा बढी कोरोना सङ्क्रमित

बिहीबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १७ हजार ३३६ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । एक दिन अगाडी भारतमा १३ हजार ३१३ जना कोरोना सङ्क्रमित भएका बिहीबार जनाइएको थियो । हाल भारतमा ८८ हजार २८४ सक्रिय सङ्क्रमित र. . .