अन्तराष्ट्रिय

सुडानमा बाढीबाट ८३ को मृत्यु

सुडानमा अविरल वर्षा र बाढीबाट कम्तीमा पनि ८३ जनाको ज्यान गएको छ । प्राप्त समाचारअनुसार यहाँ सोमबार रातिसम्म कम्तीमा पनि ८३ जनाको ज्यान गएको हो । यहाँका बाढी प्रभावित प्रान्त तथा क्षेत्रहरुका १८ हजार घर बगाएको बताइएको छ । त्यसैगरी यहाँका कम्तीमा पनि २५ हजार घरमा बस्न नहुनेगरी क्षति पुगेको पनि बताइएक�. . .


कोरियामा कम भएन कोरोना सङ्क्रमण

दक्षिण कोरियामा दिन प्रतिदिन कोरोनाका बिरामी बढिरहेका छन् । सोमबार मध्यरातसम्मको अभिलेखअनुसार हिजो मात्र एकलाख ५० हजार दुई सय ५८ नयाँ कोभिड–१९ का बिरामी थपिएका छन् । योसँगै देशमा कारोना पीडित हुनेको सङ्ख्या दुई करोड २४ लाख ४९ हजार चार सय ७५ पुगेको स्वास्थ्य अधिकारीहरूले मङ्गलबार जनाएका छन् । कोरिय�. . .


जापानका प्रधानमन्त्रीलाई कोरोना सङ्क्रमण

जापानका प्रधानमन्त्री फुमियो किशिदालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएपछि उहाँले एकान्तवासमा बस्नु भएको छ भने त्यहीबाट गर्न मिल्ने काम पनि गर्नु भएको छ । मन्त्रीपरिषद्का मुख्य सचिव हिरोकाजु मात्सुनोले ६५ बर्षीय प्रधानमन्त्री किशिदालाई स्वास्थ्यमा भने कुनै समस्या नरह�. . .


बाढी पहिरोका कारण सुडानका छ राज्यमा आपतकाल घोषणा

सुडानका छ राज्यमा आपतकाल घोषणा गरिएको छ । अत्याधिक बर्षापछि आएको बाढीका कारण सङ्कट उत्पन्न भएकाले आपतकाल घोषणा गरिएको हो । “आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले देशका छ राज्यमा आपतकाल घोषणा गर्ने निर्णय गरेको छ, ती राज्यहरुमा उच्च सतर्कता आपाउनु पर्ने भएको छ,” एक मन्त्रीले भने । सरकारी अधिकारीहरु�. . .


भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या दश हजार भन्दा कम

भारतमा एकै दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या दश हजार भन्दा कम भएको छ । यहाँ २४ घण्टाको समयावधी अर्थात आइतबार मध्यरातिसम्म नौ हजार पाँच सय ३१ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको छ । यसैसँगै भारतमा चार करोड ४३ लाख ४८ हजार नौ सय ६० जना कोराना भाइरस सङ्क्रमित भएक. . .


एप्पलका उपकरण अपडेट गर्न कम्पनीको आग्रह

एप्पल कम्पनीले आफ्ना उपभोक्ताहरूलाई सुरक्षा गडबडीलाई रोक्नका लागि आइफोन, आइप्याड र म्याक उपकरणहरूमा अपडेट गर्न अनुरोध गरेको छ । अन्यथा ह्याकरहरूले दुःख दिनसक्ने एप्पलले चेतावनी पनि दिएको छ । एप्पलले आफूले उपलब्ध गराएको नयाँ सफ्टवेयरले महत्वपूर्ण सुरक्षा अद्यावधिक गर्ने भन्दै सम्पूर्ण प्रयोगकर�. . .


भारतमा भारी वर्षा र बाढीबाट पचास जनाको मृत्यु

भारतको उत्तरी र पूर्वी भू–भागमा जारी रहेको वर्षा र बाढीबाट कम्तीमा पनि ५० जनाको ज्यान गएको बताइएको छ । भारी वर्षाका कारण आइतबार रातिसम्म मृत्यु हुनेको संख्या ५० पुगेको अधिकारीहरुले जनाएका छन् । पहाडी राज्यहरू हिमाचल र उत्तराखण्ड, पूर्वी राज्य उडिसा, झारखण्ड र भारत–नियन्त्रित काश्मीरमा बाढी र पहिरोम�. . .


जासुसीको आरोपमा रूसी र युक्रेनी नागरिक पक्राउ

दक्षिणी अल्बानियास्थित एक सैन्य केन्द्रमा जासुसी गरेको आरोपमा दुई जना रूसी र एक युक्रेनीलाई पक्राउ गरिएको छ । अल्बेनियाली रक्षा मन्त्रालयका अनुसार २४ वर्षीय एम.जेड भनेर चिनिने रूसी नागरिकलाई राजधानी तिरानाबाट ८० किलोमिटर दक्षिणमा रहेको ग्रामसस्थित सैन्यकेन्द्रको मैदानमा प्रवेश गरी फोटो खिच्न�. . .


भारत र अफगानिस्तानमा भारी वर्षा, अठचालीस जनाको मृत्यु

भारतमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको छ । पहाडी राज्यहरू हिमाचल र उत्तराखण्ड, पूर्वी राज्य उडिसा, झारखण्ड र भारत–नियन्त्रित काश्मीरमा बाढी र पहिरोमा परी उनीहरूको मृत्यु भएको हो । हिमाचल प्रदेशमा मृतकको सङ्ख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन् । त्यहाँ छ जना अझै बेपत्ता छन् । त. . .


भारतमा एघार हजार पाँच सय भन्दा बढी कोरोना सङ्क्रमित

भारतमा एकै दिनमा ११ हजार पाँच सय ३९ कोरोना भाइरस सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको छ । यसैसँगै भारतमा चार करोड ४३ लाख ३९ हजार चार २९ जना कोराना भाइरस सङ्क्रमित भईसकेका छन् । भारतमा एक दिन अगाडि अर्थात शनिबार प्रकाशित तथ्याङ्कअनुसार एक दिनमा १३ हजार दुई ७२ जनामा सङ्क्. . .


क्युबामा पनि भेटिए मङ्कीपक्सका बिरामी

क्युबामा पनि मङ्कीपक्सका बिरामी फेला परेका छन् । देशमा पहिलोपटक इटालीका एकजना पर्यटकमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको शनिबार अबेर यहाँको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ । नाम सार्वजनिक नगरिएका ती पुरूष पर्यटक गत साउन ३० गते क्युबा आइपुगेका थिए । गम्भीररूपमा बिरामी भएका उनलाई अस्पताल भर्ना गर�. . .


पाकिस्तानमा शनिबारको वर्षा र बाढीबाट ३६ को मृत्यु

पाकिस्तानमा २४ घन्टायता भएको निरन्तरको वर्षा र त्यसका कारण आएको बाढीमा परेर कम्तीमा पनि ३६ जनाको ज्यान गएको बताइएको छ ।यहाँका उद्धार अधिकारीहरुले दिएको समाचारअनुसार पाकिस्तानको दक्षिणी सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । यो प्रान्तमा मात्र १८ जनाको मृत्यु भएको छ भने अन्य सय जनाभन्दा बढी घ�. . .