अन्तराष्ट्रिय खबर

चिनियाँ विदेशमन्त्री वाङ र संयुक्त राष्ट्रसंघ महासभाका ७६औँ सत्रका अध्यक्ष अब्दुल्लाबीच भिडियो वार्ता सम्पन्न

बेइजिङ। चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीले बिहीबार संयुक्त राष्ट्र संघको महासभाका ७६ औँ सत्रका अध्यक्ष अब्दुल्ला शाहिदसँग भिडियो माध्यमबाट वार्ता गर्नुभएको छ। मन्त्री वाङले संयुक्त राष्ट्रसंघलाई कोभिड-१९ महामारी विरुद्धको लडाइमा सहयोग र खोपको उचित वितरण, जलवायु परिवर्तनसँग लड. . .


भारतीय प्रधानमन्त्री मोदी र जापानी प्रधानमन्त्री सुगा बीच वार्ता सम्पन्न

अमेरिका। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी समकक्षी योशिहिदे सुगाले दुई बीचको बहुआयामिक सम्बन्धको समीक्षा गर्दै अफगानिस्तान सहित हालैको वैश्विक र क्षेत्रीय घटनाक्रमको बारेमा छलफल गर्नुभएको छ। वार्ताका अवसरमा दुई नेताले स्वतन्त्र, खुला र समावेशी हिन्द-प्रशान्त क्षेत्रप्रति आ-आफ्नो प�. . .


इजरायलमा खोप नलगाएका शिक्षकलाई विद्यालय प्रवेशमा रोक

तेल अभिभ । इजरायलमा कोरोना भाइरस विरुद्धको खोप नलगाएका शिक्षकहरूलाई विद्यालय आउन नदिइने भएको छ । कोरोना परीक्षण गर्दा सङ्क्रमण मुक्त देखिए पनि खोप लगाएको छैन भने विद्यालय आउन नदिने निर्णय भएको शिक्षा मन्त्रालयले बिहीबार जनाएको छ । सरकारले विद्यालय सञ्चालन गर्ने र त्यहाँ सहभागी सबैले कोरोना भाइ. . .


भारतमा थप ३१ हजार ३ सय ८२ जना नयाँ कोरोना सङ्क्रमित फेला

नयाँ दिल्ली। भारतमा कोरोना भाइरसबाट थप ३१ हजार ३ सय ८२ जना नयाँ सङ्क्रमित फेला परेका छन् । यो सँगै अहिलेसम्म भारतमा तीन करोड ३५ लाख ९४ हजार ८ सय ३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहान दिएको जानकारी अनुसार नयाँ सङ्क्रमित मध्ये १९ हजार ६ सय ८२ �. . .


अफगानिस्तानमाथि लगाइएको आर्थिक प्रतिबन्ध हटाउन चिनियाँ विदेशमन्त्रीद्वारा आग्रह

बेइजिङ। चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीले बिहीबार अफगानिस्तानमाथि लगाइएको आर्थिक प्रतिबन्ध हटाउन आग्रह गरेका गर्नुभएको छ । मन्त्री वाङले (जी २०) समूहका विदेश मन्त्रीहरूको भिडियो सम्मेलनलाई सम्बोधन गर्दै अफगानिस्तानको विदेशी विनिमय भण्डार उसको राष्ट्रिय सम्पत्ति हो र त्यो अफगा. . .


भारतमा थप ३१ हजार ९ सय २३ जना कोरोना सङ्क्रमित

नयाँ दिल्ली। पछिल्लो २४ घण्टामा भारतमा ३१ हजार ९ सय २३ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यसैसँगै भारतमा कूल सङ्क्रमितको संख्या ३ करोड ३५ लाख ६३ हजार ४ सय २१ जना पुगेका छन् । सरकारी अधिकारीले बिहीबार बिहान दिएको जानकारीनुसार अहिले भारतमा सक्रिय स�. . .


कोभिड खोपको विश्वव्यापी उपलब्धता बारे राष्ट्रसंघीय महासभामा बैठक हुने

संयुक्त राष्ट्रसंघ। संयुक्त राष्ट्रसंघले कोभिड १९ का विरुद्धको खोपका विषयमा एक अलग्गै बैठक गर्ने भएको छ । सो बैठकमा विश्वमा आगामी वर्ष सन् २०२२ मा विश्वमा कोभिड खोपको उपलब्धताका विषयमा छलफल हुने भएको छ । हाल संयुक्त राष्ट्रसंघीय मुख्यालयमा जारी रहेको ७६ औँ महासभाका अध्यक्ष अब्दुल्लाह साहिदले स�. . .


सुडानमा भएको सत्ता हत्याउने प्रयासको दक्षिण सुडानद्धारा निन्दा

जुबा। दक्षिण सुडानले सुडानमा हालै भएको सत्ता हत्याउने प्रयासको निन्दा गरेको छ । सो प्रयासलाई दक्षिण सुडानले प्रजातान्त्रिक प्रक्रियामाथिको हमला भनेको छ । अहिले सुडान राजनीतिक सङ्क्रमणबाट गुज्रिएकोले यसलाई राजनीतिक स्थायित्वतर्फ लैजान प्रयास गर्नुको सट्टा राजनीतिक ‘कू’ को प्रयास गर्नु निन्दन�. . .


नाइजेरियामा हैजाबाट ३ सय २९ जनाको मृत्यु

लागोस। नाइजेरियाको एक उत्तरी प्रान्तमा गएको मार्च महिनादेखि सुरु भएको हैजाको प्रकोपका कारण कम्तीमा पनि ३२९ जनाको ज्यान गएको नाइजेरियाका एकजना स्वास्थ्य अधिकारीले आज जानकारी दिएका छन् । ती अधिकारीका अनुसार नाइजेरियाको उत्तरी कानो राज्यमा हैजाबाट ती व्यक्तिको ज्यान गएको बताएका हुन् । सो राज्यक�. . .


सुडानमा कू प्रयासको सुरक्षा परिषद् सदस्यहरूद्वार निन्दा

संयुक्त राष्ट्रसंघ। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले सुडानमा कूको प्रयासको कडा शब्दमा निन्दा गरेको छ । प्रेस वक्तव्य जारी गर्दै सुरक्षा परिषद्का सदस्यहरूले प्रधानमन्त्री अब्दल्लाह हमदोकको पक्षमा समर्थन व्यक्त गर्दै सुडानमा जारी संक्रमणको अन्त्य गर्दै एक समावेशी, शान्तिपूर्ण, सन्तुलित रूपल. . .


लिबियाको तटीय क्षेत्रबाट १ सय ३४ आप्रवासीको उद्धार

त्रिपोली। संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्च आयोग (युएनएचसीआर)ले सोमबार १ सय ३४ अवैध आप्रवासीहरुलाई लिबियाको पश्चिमी तटीय क्षेत्रबाट उद्धार गरेको छ । “समुद्रमा रोकिएका १ सय ३४ जनालाइ हिजो राती अज्जाविया आयल रिफाइनरीबाट बचाईएको थियो,” ट्वीटरमार्फत यूएनएचसीआरले बताएको छ । लिबिया शरणार्�. . .


जापानमा २०२२ को सुरुदेखि खोपको थप मात्रा दिइने

टोकियो। जापानमा आगामी बर्ष सन् २०२२ को सुरुदेखि कोरोनाभाइरस विरुद्धको थप मात्रा खोप दिइने भएको छ । जापानका खोप मन्त्री तारो कोनोले मंगलबार दिनुभएको जानकारीअनुसार कोरोनाभाइरसबाट थप सुरक्षाका लागि थप मात्राको खोप लगाउने तयारी भएको हो । स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले थप मात्राको खोप लगाउने �. . .