अन्तराष्ट्रिय

दक्षिण कोरियाको अस्पतालमा आगलागी हुँदा पाँच जनाको मृत्यु, ३७ घाइते

दक्षिण कोरियाको राजधानी सियोलबाट करिब ५० किलोमिटर दक्षिणपूर्वमा रहेको इचेनस्थित एक अस्पतालको भवनमा भएको आगलागीमा परी पाँच जनाको मृत्यु भएको छ भने अन्य ३७ जना घाइते भएका छन् । स्थानीय समयानुसार बिहान १०:१७ बजे (०११७ जीएमटी) चार तले भवनमा आगलागी भएको थियो । त्यस भवनको चौथो तल्लामा डायलासिस बिरामीहरू उ. . .


अमेरिकामा जनस्वास्थ्य सङ्कट घोषणा

मङ्कीपक्सका सङ्क्रमितहरु बढेपछि अमेरिकामा जनस्वास्थ्य सङ्कटकालको घोषणा गरिएको छ । अमेरिकी सरकारले बिहीबार सो घोषणा गरेको हो । यहाँको स्वास्थ्य तथा मानवीय सेवा विभागले सो घोषणा गरेको हो । उक्त विभागका तर्फबाट बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अमेरिकामा मङ्कीपक्सको अवस्था दिन प्रतिदिन बढ्�. . .


ताइवान तनावले अमेरिकाको मिसाइल परीक्षणमा ढिलाइ

अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवानको विवादास्पद भ्रमणपछि चीनसँग थप तनाव उत्पन्न हुन सक्ने सम्भावनलाई मध्य नजर गर्दै संयुक्त राज्य अमेरिकाले नियमित मिनेटम्यान -३ मिसाइल परीक्षण प्रक्षेपणमा ढिलाइ गरेको छ । वाल स्ट्रिट जर्नलले बिहीबार यस किसिमको प्रतिवेदन सार्वजनिक गरेको छ। सभामुख पेलोसीको �. . .


क्यानाडामा मङ्कीपक्सका ८९० सङ्क्रमित

क्यानाडामा पनि मङ्कीपक्सका सङ्क्रमितहरु भेटिन थालेका छन् । एक समाचारमा बुधबारसम्ममा यहाँ पनि कम्तीमा ८९० जना मङ्कीपक्सका सङ्क्रमित पाइएका जनाइएको छ । यहाँका स्वास्थ्य संस्थाहरुले तीमध्ये चार सय २३ जना ओन्टारियोमा भेटिएका जनाइएको छ । यस सहरमा सुरुदेखि नै मङ्कीपक्सको सङ्क्रमण बढेको पाइएको थियो । . . .


सुडानमा खाद्यान्नको चरम सङ्कट पर्न लागेको संयुक्त राष्ट्रसङ्घको चेतावनी

संयुक्त राष्ट्रसङ्घले सुडानमा खाद्य सङ्कट पर्नसक्ने चेतावनी दिएको छ । राष्ट्रसङ्घले यसअघि पनि कैयौँ पटकसम्म यहाँ खाद्य सङ्कट पर्न सक्ने बताउँदै आएको छ । यहाँ खाद्यान्नको अभाव टार्नका लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय सहयोग उपलब्ध हुन नसक्ने हो भने छिट्टै नै खाद्यान्नको अभाव पर्ने राष्ट्रसङ्घले . . .


भारतमा थप १९ हजार सङ्क्रमित

भारतमा कोरोना भाइरसबाट थप १९ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १९ हजार ८९३ जना नयाँ सङ्क्रमित भएका हुन् । सङ्घीय स्वास्थ्य मन्त्रालयले यसअघि बुधबार सार्वजनिक गरिएको विवरणमा भारतमा नयाँ सङ्क्रमितको सङ्ख्या १७ हजार १३५ रहेको थियो । . . .


‘अमेरिकाले ताइवानको साथ छाड्ने छैन’

अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले आफ्नो देशले ताइवानको साथ नछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । चीनको चेतावनीलाई वेवास्ता गर्दै गए राति यहाँ आउनु भएकी उहाँले ताइवानी नेताहरूसँग आज भएको भेटमा उहाँले ताइवानप्रतिको प्रतिबद्धता अमेरिकाले त्याग्न नसक्ने बताउनुभयो । राष्ट्रपति साई इङ्ग–वे. . .


भारतमा कोरोना सङ्क्रमणमा पुनः वृद्धि

बितेका २४ घण्टामा देशका विभिन्न भागमा कोरोना सङ्क्रमतिको सङ्ख्या १७ हजार १३५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ । देशमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ४० लाख ६७ हजार १४४ पुगेको छ । गत दुई दिनयता घटेको जस्तो देखिएको कोरोना सङ्क्रमित बुधबार प्रकाशित तथ�. . .


श्रीलङ्काका सरकारी कार्यालयहरु पुनः शुक्रबार पनि खुला हुने

श्रीलङ्काका सरकारी कार्यालयहरू अब शुक्रबार पनि खुला हुने भएका छन् । शुक्रबार पनि बिदा दिने यसअघिको निर्णय मन्त्रिपरिषद्ले मङ्गलबार रद्द गरेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । श्रीलङ्कामा इन्धनको अभावका कारण सरकारी कार्यालयको समयावधि छोट्याएको थियो । अहिले भने सार्वजनिक यातायात सेवा स�. . .


कोरियामा एकैदिन एकलाख एघार हजारभन्दा बढी सङ्क्रमित

दक्षिण कोरियामा २४ घण्टाको समयावधि अर्थात् सोमबार मध्यरातसम्म एक लाख ११ हजार सात सय ८९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । यसैसँगै यहाँका कूल सङ्क्रमितको सङ्ख्या एक करोड ९९ लाख ३२ हजार चार सय ३९ पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार बताएका छन् । अघिल्लो दिनको तुलना कोभिड सङ्क्रमण धेरै बढेको �. . .


मङ्कीपक्सविरुद्ध खोप लगाउँदै थाइल्याण्ड

सरकारले मङ्कीपक्सविरुद्ध खोप लगाउने भएको छ । उच्च जोखिममा रहेका समूहलाई खोप लगाउने योजना रहेको थाई स्वास्थ्य मन्त्रालयले जनाएको छ । उक्त मन्त्रालयका अनुसार एक हजार मात्रा खोपको पहिलो खेप यही महिना र दोस्रो खेप दुईसातापछि थाइल्याण्ड आइपुग्ने अपेक्षा गरिएको छ । खोपको पहिलो खेप पाँचसय जनाका लागि उपल. . .


नाइजेरियामा सशस्त्र आक्रमणमा सात जनाको मृत्यु

मध्य नाइजेरियाको पठार राज्यमा आइतबार राति भएको सशस्त्र आक्रमणमा परी कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएका राज्य प्रहरीले जनाएको छ । अज्ञात बन्दुकधारीहरूले आइतबार राति राज्यको जोस दक्षिण स्थानीय सरकारको डान्डा चुग्वी गाउँमा हमला गरेका पठारमा प्रहरी प्रवक्ता अल्फ्रेड अलाबो�. . .