अन्तराष्ट्रिय

भारतमा थप एक लाख ६१ जना सङ्क्रमित, १७ सयको मृत्यु

भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप एक लाख ६१ हजार ३८६ जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार सोही अवधिमा कोरोनाकै कारण अरु एक हजार ७३३ जनाको मृत्यु भएको छ । जवकी अघिल्लो दिन नयाँ सङ्क्रमितहरुको सङ्ख्या एक लाख ६७ हजार ५९ पुगेको अधिकारीहरुले जानकारी दिएका छन्. . .


युक्रेनी राष्ट्रपति र बेलायती प्रधानमन्त्रीबीच भेटवार्ता

युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्की र बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनबीच मंगलबार भेटवार्ता भएको छ । उहाँहरुका बीचमा मंगलबार युक्रेनको राजधानी किभमा भेटवार्ता भएको हो । उहाँहरुका बीचमा पछिल्लो समयमा युक्रेनको सीमा क्षेत्रमा रुसले तैनाथ गरेको सैन्य समूहका विषयमा कुराकानी भएको थियो । स�. . .


रुसले अमेरिकी प्रतिबन्धको धम्कीको सामना गर्ने, पछि नहट्ने

शीर्ष अमेरिकी र रुसी कूटनीतिज्ञहरू बीचको फोनवार्ता अघि मस्कोले युक्रेनका विषयामा अमेरिकी प्रतिबन्धको धम्कीको सामना गर्ने र पछि नहट्ने वासिङ्टनस्थित रुसी दूतावासले मंगलबार जनाएको छ । ‘अमेरिकी प्रतिबन्धहरूको धम्की सुनेर हामी पछि हट्ने र चुप लाग्ने छैनौं,’ दूतावासले फेसबुकमा लेखेको छ, यो तनाव उत्प�. . .


क्यानाडाका प्रधानमन्त्रीलाई कोरोना सङ्क्रमण

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउलाई कोरोना सङ्क्रमण भएको छ । उहाँले सोमबार आफूलाई कोरोना सङ्क्रमण भएको जानकारी दिनुभएको छ । उहाँले ट्वीटर गरेर आफू कोभिड पोजिटिभ भएको कुरा सार्वजनिक गर्नुभएको हो । उहाँले भन्नुभएको छ– मलाई कोभिड पोजिटिभ देखिएको छ, तर मेरो स्वास्थ्य अवस्था ठिक छ, म जनस्वास्�. . .


भारतमा कोरोना भाइरसबाट एक लाख ६७ हजारभन्दा बढी सङ्क्रमित

भारतमा कोरोनाभाइरसका कारण थप एक ६७ हाजारभन्दा बढी सङ्क्रमित भएका छन् । भारतमा कोरोना भाइरसबाट अहिलेसम्म चार करोड १४ लाख ६९ हजार ४९९ सङ्क्रमित भएका केद्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ । सरकारी अधिकारीहरूले मंगलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एक लाख ६७ हजा. . .


रुसमा एक लाख २४ हजार ७० जना नयाँ सङ्क्रमित, ६२१ जनाको मृत्यु

रुसमा पछिल्लो २४ घण्टामा एक लाख २४ हजार ७० जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । साथै, विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमितमध्ये नौ हजार ९० जना अस्पतालमा भर्ना भएको संघीय प्रतिक्रिया केन्द्रले बताएको छ । यो सङ्ख्या अघिल्लो दिनको तुलनामा ८ प्रतिशतले कम हो । सोही अवधिमा देशभरका अस्पतालबाट ३० हजार १३० जन. . .


बङ्गलादेशद्वारा क्वारेन्टाइनको समयावधि कटौती

बङ्गलादेशमा क्वारेन्टाइनको समयावधि कटौती गरिएको छ । स्वास्थ्य सेवा निर्देशनालयले यसअघि १४ दिन कायम गरिएको क्वारेन्टाइनको समयावधि कटौती गरेर १० दिन बनाएको हो । निर्देशनालयका प्रवक्ता प्रा.डा. नाज्मुल इस्लामले विज्ञहरूको सुझावका आधारमा क्वारेन्टाइन बस्ने समयावधि कटौती गरिएको स्पष्ट पार्नुभयो । . . .


नाइजेरियामा अज्ञात बन्दुकधारीद्वारा एघारको हत्या

उत्तरी नाइजेरियाको कादुना भन्ने राज्यमा अज्ञात बन्दुकधारीले कम्तीमा पनि ११ जना सर्वसाधारण नागरिकको हत्या गरेका बताइएको छ । सो राज्यमा विगतदेखि नै यस्ता हिंसात्मक हमलाहरु हुने गरेको छ । सो हमलामा परी हप्तैपिच्छे नागरिकको ज्यान जाने गरेको छ । आइतबार बिहानीपख ती अज्ञात बन्दुकधारीहरुले कादुनाको जा�. . .


युएइमा गरेको मिसाइल हमलाको हुथीद्वारा जिम्मेवारी

यमनका हुथी विद्रोहीहरुले युनाइटेड अरब इमिरेट्स, युएइमा गरेको मिसाइल हमलाको जिम्मेवारी लिएको छ । हालैमात्र यमनको युएइको सीमा क्षेत्रनजिकै मिसाइल हमला भएको थियो । हुथी विद्रोहीहरुले सञ्चालन गरिरहेको अल मासिराहा टेलिभिजनमार्फत उनीहरुले सो हमलाको जिम्मेवारी लिएका हुन् । आइतबार मध्यराति सो टिभीमा�. . .


भारतमा कोरोना भाइरसबाट दुई लाख सङ्क्रमित

भारतमा कोरोनाभाइरसका कारण थप दुई लाखभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा दुई लाख नौ हजार ९१८ नयाँ सङ्क्रमित भएका हुन् । सङ्घीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा दुई लाख ६२ हजार ६२८ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । य�. . .


ब्राजिलमा भारी वर्षा जारी, बाढी र पहिरोमा परी १८ को मृत्यु

ब्राजिलमा दुई दिन यतादेखि भीषण रुपमा बाढी आएको छ । बाढी पहिरोमा परी अहिलेसम्ममा १८ जनाको ज्यान गएको बताइएको छ । यहाँको बाढीका कारण अरु पनि कैयौँ व्यक्ति विस्थापित भएका छन् । बाढीले मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म १८ पुगेको अधिकारीहरुले जनाएका छन् । ब्राजिलको साओपाओलो शहर सबैभन्दा बढी प्रभावित छ । �. . .


भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि वृद्धि भएको छ । बिहीबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८६ हजार ३८४ जना नयाँ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसै समयमा भारतमा कोरोना सङ्क्रमणबाट ५७३ जनाको मृत्यु भएको छ । यसैसँगै भारतमा कोर�. . .