कम्बोडियामा पछिल्लो २० दिनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या शून्यमा झरेको छ । स्वास्थ्य मन्त्रालयले सोमबार वक्तव्य जारी गर्दै पछिल्लो २० दिनमा कोरोनाका कारण कम्बोडियामा कसैको पनि मृत्यु नभएको जनाएको हो । कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन भाइरसबाट सङक्रमितहरुको स. . .
अत्यधिक हिमपातका कारण अफगानिस्तानमा कम्तीमा ४२ जनाको मृत्यु भएको छ । हिमपातमै परी अरु ७६ जना घाइते समेत भएको स्थानीय सञ्चार माध्यमले सोमबार समाचार सम्प्रेषण गरेका छन् । तालिबान सरकारको प्रकोप व्यवस्थापन मामिला मन्त्रालयले देशका १५ प्रान्तमा हिमपात भएको जानकारी दिएको छ । मन्त्रालयका अधिकारीहरुले. . .
अर्मेनियाको राजधानी सहर याउन्देको एक रात्रि क्लबमा आगलागी हुँदा कम्तीमा १६ जनाको ज्यान गएको छ । अर्मेनियाका सूचना मन्त्रीले आइतबार भएको सो आगलागीमा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको जानकारी दिनुभएको छ । आइतबार राति सो दुर्घटना भएको बताइएको छ । रात्रि क्लबमा खचाखच मानिसहरु रहेका बेला सो क्लबमा आग. . .
भारतमा पछिल्लो एक दिनमा तीन लाखभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सोमबार विहान सार्वजनिक गरिएको विवरण अनुसार पछिल्लो २४ घण्टामा तीन लाख छ हजार ६४ जना नयाँ सङ्क्रमित भएका हुन । अघिल्लो दिनको तुलनामा भने दैनिक सङ्क्रमितहरुको सङ्ख्या घटेको देखिएको छ । अघिल्लो दिनभन्दा २७ हजार ४६९ कम. . .
अमेरिकाले युक्रेनको दूताबासमा रहेका आफ्ना कर्मचारीलाई युक्रेन छोड्न आदेश दिएको छ । अमेरिकाको विदेश मन्त्रालयले आइतबार सो आदेश दिएको हो । किभको दूताबासमा रहेका आफ्ना कर्मचारीहरु र उनीहरुका परिवारलाई युक्रेन छोडी स्वदेश फर्किन भनेको बताइएको छ । पछिल्ला केही हप्ताहरुमा रुस र युक्रेनबीच तनाव बढिरह. . .
काठमाडौं । शान्तिप्रेमी, स्वाभिमानी र स्वाधीन मुलुकका रुपमा नेपालले आफूलाई विश्वसामु परिचित गराउँदै संयुक्त राष्ट्र सङ्घका पाँच निकायमा कूटनीतिक कौशल प्रदर्शन गर्दै आएको छ । दुईपटक राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अस्थायी सदस्य बनेको नेपाल पुनः उक्त पदमा पुग्न असफल भए पनि पछिल्लो समय उक्त विश्वस�. . .
कोरोनाभाइरसको महामारी बढ्दै गएपछि पाकिस्तानका विद्यालय बन्द गर्ने घोषणा गरिएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये एक हजारभन्दा बढी विरामी अहिले पनि आइसियुमा रहेकाले सतर्कता बढाउनु परेको अधिकारीको भनाइ छ । महामारी थप फैलिन नदिनका लागि सरकारले देशभरीका सबै विद्यालय एक हप्ता बन्द गर्ने निर्ण�. . .
भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप तीन लाख ३७ हजार ७०४ जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार, अघिल्लो दिनको तुलनामा नौ हजार ५५० कम सङ्क्रमित भएका हुन् । अघिल्लो दिन तीन लाख ४७ हजार २५४ जना नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो । दैनिक सङ्क्र. . .
इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको असर बारे विस्तृत विवरण आउँन बाँकी छ । भूकम्पले सम्भावित सुनामीको त्रास भने नदेखिएको मौसम विज्ञान र भूभौतिकी एजेन्सीले जनाएको छ । जकार्ता समय (०२२६ GMT) बिहान ९ः२६ मा भूकम्प गएको थियो जसको केन्द्रबिन्दु तलाउड. . .
शनिबार दिउँसो फिलिपिन्सको सारंगानीबाट २३१ किलोमिटर टाढा ६ म्याग्नेच्युटको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । २३.९९ किलोमिटर गहिराईमा रहेको भूकम्पको केन्द्र शुरुमा ३.६९५१ डिग्री उत्तर अक्षांश र १२६.६७४७ डिग्री पूर्वी देशान्तरमा रहेको थियो ।. . .
चीनको कम्युनिष्ट पार्टी अफ चाइना (सीपीसी) को अनुशासन र कानुनको उल्लङ्घन गरेको भन्दै प्रान्तीय र मन्त्रीस्तरका ३६ जनासहित कुल ६ लाख २७ हजार चिनियाँ अधिकारीलाई कारबाही गरिएको देशको शीर्ष भ्रष्टाचार विरोधी निकायले जनाएको छ । देशभरका अनुशासनात्मक र पर्यवेक्षक अधिकारीहरूले ३८ लाखभन्दा बढी सार्वजनिक स�. . .
पाकिस्तानमा दैनिक सङ्क्रमितको सङ्ख्या सबैभन्दा धेरै भएको छ । पछिल्लो एक दिनमा अहिलेसम्मकै सबैभन्दा सात हजार ६७८ नयाँ सङ्क्रमित थपिएको सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । यो सङ्ख्या सन् २०२० मा महामारी फैलिएदेखि अहिलेसम्मकै सबैभन्दा धेरै भएको सरकारी अधिकारीहरूको भनाइ छ । त्यसैगरी, �. . .