अन्तराष्ट्रिय

कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन

कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा थप तीन जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यस साता बेलायतमा एक र पोर्चुगलमा दुई जनाको निधन भएको हो । सङ्घ अन्तर्गतको स्वास्थ्य समितिकाअनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट निधन हुनेको कूल सङ्ख्या (२० देशका ) ३१५ पुगेको छ । सङ्घको स्वास्थ्य स�. . .


भारतीय पुर्वक्रिकेटर सौरभ गाङ्गुलीको मुटुको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था स्थिर

भारतीय क्रिकेटका महान खेलाडी सौरभ गाङ्गुलीको मुटुको सल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको उहाँको उपचारमा सम्लग्न अस्पतालले जानकारी गराएको छ । गाङ्गुलीलाई शनिबार बिहान जिममा व्यायाम गर्नेक्रममा ह्रदयघात भएपछि तुरुन्तै पश्चिम बंगाल राज्यको राजधानी कलकत्ताको वुडल्याण्ड अस्पतालमा लगिएको थियो । �. . .


भारतमा कोभिड–१९ को आपतकालिन खोप प्रयोगका लागि सहमति

भारतको औषधि व्यवस्थाका लागि विशेषज्ञहरूको समूह (ड्रग्स कन्ट्रोलर जनरल अफ इंडिया–डीसीजीआई)ले भारतीय बायोटेकको स्वदेशमा नै विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई भ्याक्सिनलाई नियन्त्रित तर आपतकालीन प्रयोगका लागि सिफारिस गरेको छ । विशेष सरकारी स्रोतले एएनआईलाई शनिबार दिएको जानकारीमा भनिएको छ, “व�. . .


कोभिडको तेस्रो लहर फैलिनबाट रोक्न टोकियोमा सङ्कटकाल लगाउन आग्रह

टोकियोका गभर्नरले शनिबार जापानको केन्द्रीय सरकारलाई आपतकालिन अवस्था घोषणा गर्न आग्रह गर्नुभएको छ । देशले कोरोनाभाइरसको तेस्रो लहरको सामना गरिरहेको र कोभिड–१९ सङक्रमितको संख्यामा अत्यधिक वृद्धि भएपछि सङ्क्रमण नियन्त्रणका लागि टोकियोका गभर्नरले केन्द्र सरकारको अनुमति माग गर्नुभएको हो । गभर्नर. . .


भारतमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या एक करोड तीन लाख ५ हजार नाघ्यो

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शनिबारसम्म एक करोड ३ लाख ५ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १९ हजार ७९ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड तीन लाख ५ हजार ७८८ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार बिहान बताएको छ । ग�. . .


नयाँ बर्षको पहिलो दिन तीन लाख ७१ हजार शिशुको जन्म

नयाँ बर्ष सन् २०२१ को पहिलो दिन जनवरी १ का दिन संसारभरी तीन लाख ७१ हजार ५०४ जना जन्मिएको युनिसेफले जनाएको छ । “हजारौँ नयाँ सुन्दर बालबालिकाहरुलाई स्वागत गर्न पाइएको छ, यसले हामीलाई रोमान्चित बनाएको छ,” कम्बोडियाका लागि युनिसेफका प्रतिनिधि फोरुघ फोयौजातले भन्नुभयो । गत बर्ष सन् २०२० सवैका लागि चुनौत�. . .


फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । संगठनले खोप स्वीकृत गरेसँगै विश्वका विभिन्न देशले फाइजरका खोप आयात र वितरण गर्न थप सहज बनाएको छ । बेलायतले गत डिसेम्बर ८ मै फाइजरको खोपलाई अनुमति सहित आमजनत. . .


भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड दुई लाख ८६ हजारभन्दा बढी

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शुक्रबारसम्म एक करोड दुई लाख ८६ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २० हजार ३५ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड दुई लाख ८६ हजार ७०९ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । गत २४ मा भा�. . .


अमेरिकामा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या बढ्यो

संयुक्तराज्य अमेरिकामा बुधबार एकै दिन तीन हजार ९०० भन्दा बढी व्यक्तिहरुको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । अमेरिकी जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार पछिल्ला दिनहरुमा एकै दिन यतिठूलो संख्यामा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । विश्वमै सबैभन्दा बढी प्रभावित अमेरिकामा . . .


सन् २०२० लाई फर्केर हेर्दा, वर्षका प्रमुख खबरहरु

– जीवन भण्डारी काठमाडौं, १६ पुष (रासस) - अंग्रेजी नयाँ बर्ष सन् २०२० अरु बर्षहरुभन्दा धेरै फरक र पिडादायी भएर वितेको छ । विश्वलाई नै एकैचोटी ठप्प पारेको र अधिकांशलाई प्रभावित कोरोनाभाइरसको महामारीका कारण यो बर्ष लामो समयसम्म स्मरणीय बर्ष बन्ने भएको छ । सन् २०२० लाग्दा नलाग्दै सुरु भएको कोरोनाको महामार�. . .


पोर्चुगलमा कोभिडबाट नेपाली युवकको मृत्यु

कोभिडबाट पोर्चुगलमा २७ वर्षीय नेपाली युवक तिलबहादुर रानाको उपचारका क्रममा मृत्यु भएको छ । साउ जोसे अस्पताल मार्तिमुनिज लिस्बनमा उपचाररत उनी विगत दुई वर्षदेखि पोर्चुगललाई आफ्नो कर्मथलो बनाउँदै आउनुभएको थियो । तनहुँ घर भएका उनी विगत एक महिनादेखि निमोनिया र कोभिडको सङ्क्रमणबाट ग्रसित भई आइसोलेशनमा . . .


सन् २०२० मा विश्वभरी ५० पत्रकारको हत्या

सन् २०२० मा विश्वभरी कुल ५० पत्रकार तथा सञ्चारकर्मीहरुको हत्या भएको छ । रिपोटर्स विथाउट बोडर्सले मङ्गलबार वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै हत्याका अधिकांश घटना द्वन्द्वग्रस्त मुलुकहरुमा भएको उल्लेख गरेको छ । प्रतिवेदनले अपराध, भ्रष्टाचार, वातावरणलगायतका विषयमा खोजमुलक समाचार लेख्ने पत्रकार�. . .