अन्तराष्ट्रिय

विहारको मुख्यमन्त्रीका रुपमा नितिश कुमारको लगातार चौथो कार्यकाल सुरु

भारतको विहार प्रदेशको मुख्यमन्त्रीका रुपमा नितिश कुमारले लगातार चौथो कार्यकालको शुभारम्भ गर्नुभएको छ । जनता दल युनाइडेटका अध्यक्ष समेत रहनुभएका नितिश कुमारले सोमबार सपथ ग्रहण गरेर कार्यकाल सुरु गर्नुभएको हो । उहाँको अहिलेको लगातारको कार्यकाल चौथो पटक भएपनि मुख्यमन्त्री भने उहाँ सातौ पटक हुनुभ. . .


बंगलादेशमा कोभिडको संक्रमण बढ्दो, छ हजारभन्दा बढीको मृत्यु

बंगलादेशमा पनि पछिल्लो समयमा कोभिड १९का संक्रमितहरु बढ्दै गएको बताइएको छ । बंगलादेशमा आइतबार मात्र १ हजार ८३७ जना संक्रमित भेटिएका बताइएको छ । बंगलादेशमा शुरुमा कोभिडका संक्रमित नदेखिएको भए पनि अहिले बढ्दै गएका छन् । यहाँ अहिलेसम्म ४ लाखभन्दा बढी संक्रमित भएका छन् । बंगलादेशमा आइतबारसम्म ४ लाख ३२ ह. . .


जान्सेनको कोभिड–१९ खोप तेस्रो चरणमा प्रवेश

फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनको सहायक कम्पनी जान्सेनले विकास गरेको प्रयोगात्मक कोरोनाभाइरस खोपलाई तेस्रो चरणको परीक्षणका लागि बेलायत सरकारले अनुमति दिएको छ । करिब १२ महिना चल्ने यस खोपको परीक्षणका लागि कम्पनीले बेलायतका करिब ६,००० व्यक्तिलाई समावेश गर्ने जनाएको छ । अध्ययनको नेतृत्व �. . .


विश्वमा कोरोना भाइरसबाट १३ लाखभन्दा बढीको मृत्यु

विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख नाघेको बताइएको छ ।जोन हप्किन्स विश्वविद्यालयले शनिबार दिएको तथ्यांकअनुसार यस भाइरसबाट मृत्युहुने विश्वका नागरिकको संख्या १३ लाख ९ हजार ७१३ पुगेको छ । साथै यस संक्रमणबाट हालसम्म संक्रमित हुनेको संख्या पनि हालसम्म ५ करोड ३० लाख पुगेको स�. . .


कोरोनाका कारण भारतमा थप आठ नेपालीको निधन

कोरोना भाइरसको कारणले विदेशमा थप आठजना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार, यो साता भारतको महाराष्ट्र र चेन्नाईमा कोरोना भाइरसका कारण आठजना नेपाली ज्यान गएको हो । गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिबार साँझसम्म कोरोनाका कारण निधन हुने नेपाली सङ्ख्या २९३ . . .


अमेरिकामा एकैदिनमा पौने दुई लाख सङ्क्रमित

कोरोनाभाइरसबाट सवैभन्दा धेरै प्रभावित भएको मुलुक अमेरिकामा एकैदिनमा पौने दुई लाख मानिस सङ्क्रमित हुन थालेका छन् । विश्वव्यापी महामारी फैलिएको शुरु देखि नै बढी सङ्क्रमित रहेको अमेरिकामा अहिले पनि सङ्क्रमितको संख्या दिन प्रतिदिन बृद्धि हुदै गइरहेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार �. . .


ट्रम्पले भने अर्को वर्षको अप्रिलसम्म कोरोना भाइरसको खोप उपलब्ध हुन्छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ को अप्रिल महिनासम्ममा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने बताउनुभएको छ । उहाँले आगामी अप्रिल महिनासम्ममा कोरोना भाइरसको खोप सबै जना अमेरिकी नागरिकका लागि नै उपलब्ध हुने दाबी गर्नुभएको समाचारमा जनाइएकोा छ । अमेरिकी राष्ट्रपति ट्रम्पले शुक्रबार एक क. . .


भारतीय राजधानी दिल्लीको वायु अत्यन्त दुषित

भारतको केन्द्रीय राजधानी दिल्लीमा वायुको गुणस्तर खस्किएर अति न्यून अवस्थामा पुगेको छ । शुक्रबार बिहानको वायुको गुणस्तर अति नराम्रो अवस्थाको देखिएको अधिकारीहरुले जानकारी दिएका छन् । वायु गुणस्तर सूचक (एक्युआइ) मा हेर्दा दिल्लीको वायुमा ३३० पुगेको थियो । यसअघि २४ घण्टा अगाडि ३१४ एक्युआई देखिएको थि�. . .


फ्रान्समा डिसेम्बरसम्म लकडाउन रहने

फ्रान्समा कोरोना भाइरसका कारण गरिएको लकडाउन आगामी डिसेम्बर महिनासम्म गरिने बताइएको छ । सो कुराको जानकारी फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेस्कले दिनुभएको हो । उहाँले फ्रान्समा जारी रहेको लकडाउन आगामी डिसेम्बर महिनासम्म नै कायम रहने बताउनुभएको हो । प्रधानमन्त्री क्यास्टेकको कार्यालयले प्रका�. . .


भारतमा कोरोनाभाइरसका सक्रिय सङ्क्रमितको संख्या घट्याे

भारतमा कोरोनाभाइरसबाट सक्रिय सङ्क्रमित अवस्थामा रहेकाहरुको संख्या पछिल्लो तीन महिनाकै सबैभन्दा कम भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार गत १०६ दिन यताको सबैभन्दा कम भएको हो । यो बीचमा पाँच लाखभन्दा धैरै मानिस सक्रिय सङ्क्रमित अवस्थामा रहने गरेकोम�. . .


अमेरिकामा चुनावको अनुसन्धान गर्ने वरिष्ठ अधिकारीद्वारा नै राजीनामा

अमेरिकी संघीय न्याय विभागका निर्देशक रिचार्ड पिल्जरले राजीनामा दिनु भएको छ । महान्यायाधीवक्ता विलियम बारले विभागका केही प्रमुखहरुलाई “मेमो” पठाएर राष्ट्रपति चुनावमा धाँधली भए नभएको अनुसन्धान गर्न निर्देशन दिएपछि त्यसको विरोधमा पिल्जरले राजीनामा दिनु भएको हो । पिल्जरले हाल महान्यायाधीवक्ताको . . .


अमेरिकी चुनावमा धाँधली भएको छैन: अन्तर्राष्ट्रिय पर्यवेक्षक

अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स (ओएएस) का अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले अमेरिकी राष्ट्रपतिको हालै सम्पन्न निर्वाचनमा धाँधली वा मतदानमा अनियमितता नभएको जनाएका छन् । यस पर्यवेक्षणमा १३ मुलुकका २८ जना विज्ञ एवं पर्यवेक्षक सहभागी थिए । उनीहरुले अमेरिकी राज्यहरु जोर्जिया, आयोवा, मेरिल्यान्ड, मिचिग�. . .