अन्तराष्ट्रिय

युएईका प्रधानमन्त्रीले लगाए कोभिड–१९ को खोप

युनाइटेड अरब इमिरेट्स (युएई) का प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मख्तुमले मंगलबार कोभिड–१९ को खोप लिनु भएको छ । प्रधानमन्त्री शेख मोहम्मदले स्वास्थ्यकर्मीबाट खोप लिँदै गरेको तस्वीर ट्वीटर मार्फत सार्वजनिक गर्नु भएको थियो । उहाँले ट्वीटरमा युएईका प्रत्येक व्यक्तिको स्वास्थ्यलाई ध्यानमा रा�. . .


फ्रान्सेली सेनाकाे कारबाहीमा ५० इस्लामिक लडाकू मारिए

पश्चिम अफ्रिकी मुलुक मालीमा इस्लामिक अतिवादीसँग संघर्षरत फ्रान्सेली सेनाले गरेको पछिल्लो सैन्य कारबाहीमा ५० जनाभन्दा बढी लडाकू मारिएको फ्रान्सेली अधिकारीहरुले बताएका छन् । फ्रान्सेली रक्षा मन्त्री फ्लोरेन्स पार्लीले ट्वीट गर्दै फ्रान्सेली सेनाले लडाकूबाट हातहतियार र उपकरण बरामद गरेको जनाउन�. . .


अमेरिकी चुनावः मतसर्वेक्षणमा बाइडेनको अग्रता कायमै

अमेरिकी राष्ट्रपतिको चुनावको तिथि जति नजिकिँदै गएको छ, चुनावी मतसर्वेक्षणले राष्ट्रपतिका दुई प्रतिस्पर्धीमध्ये डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले अग्रता कायम राख्नु भएको देखाएका छन् । अमेरिकी राष्ट्रपतिको चुनाव यही नोभेम्बर ३ अर्थात् मंगलबार हुँदैछ । पछिल्ला अधिकांश मत सर्वेक्षणहरु. . .


इजरायलले कोरोना भाइरसविरुद्धको खोपको परीक्षण सुरु गर्याे

इजरायलले आइतबार एउटा कोरोनाभाइरस खोपको क्लिनिकल परीक्षण सुरु गरेको अधिकारीहरूले बताएका छन् । साथै इजरायल सरकारले कोभिड–१९ सङ्क्रमण रोक्न लिएका नियन्त्रणका उपायलाई पनि खुकुलो पार्ने बताएको छ । “हामी सुरुङ्को अन्त्यमा प्रकाश देख्न सक्छौं,” प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले तेल अवीव नजिकै शे�. . .


भारतमा कोभिड–१९ संक्रमित ८१ लाख ८४ हजार नाघे, १ लाख २२ हजार भन्दा बढीको मृत्यु

भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या आइतबारसम्ममा ८१ लाख ८४ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४६ हजार ९६४ जना नयाँ संक्रमित थपिएका छन् भने ४७० जनाको मृत्यु भएको छ । कोभिड–१९ बाट संक्रमितमध्ये करिब ७४ लाख ९१ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । कोभिड–१९ को सं. . .


बेलायतमा दोस्रो पटक बन्दाबन्दी घोषणा

बेलायतले दोस्रो पटक बन्दीबन्दीको घोषणा गरेको छ । शनिबार बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पत्रकार सम्मेलन गरी आगामी बिहीबारदेखि लागु हुने गरी चार हप्ताका लागि बन्दाबन्दीको घोषणा गर्नुभएको छ । यसअघि यही वर्षको मार्च २३ देखि पहिलो पटक बन्दाबन्दी गरेर जुलाईमा खुला गरिएको थियो । यो पटकको बन्दाबन�. . .


यो साता विदेशमा ९ सय ६३ नेपालीमा कोरोना सङ्क्रमण

कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल शुरु भएदेखि विदेशमा रहेका नेपालीहरुमा थप कोरोना सङ्क्रमण देखिएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता विदेशमा रहेका थप ९६३ नेपालीलाई कोरोना सङ्क्रमण देखिएको हो । सङ्क्रमति मध्ये ४५० जना रोमानियामा रहेका नेपाली छन् । गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य स�. . .


अजरबैजान-अर्मेनिया युद्ध: हवाई आक्रमणमा ९ बालबालिकाको मृत्यु

अजरबैजानमा पछिल्लो समयमा अर्मेनियासँगको झडपका कारण हवाई आक्रमणमा परेर कम्तीमा नौ जना बालबालिकाको ज्यान गएको छ । अजरबैजानको शिक्षा मन्त्रालयले अजरबैजान र अर्मेनियाबीचको विवादग्रस्त क्षेत्रमा भएको सो द्धन्द्धमा परेर ती बालबालिकाको ज्यान गएको जनाएको हो । अजरबैजान र अर्मेनियाबीच पछिल्ला केही हप्�. . .


जर्मनीमा कोभिड १९ संक्रमितको संख्या पाँच लाख नाघ्यो

जर्मनीमा कोरोना भाइरसका संक्रमितको संख्या पाँच लाख नाघेको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार यहाँ कोभिडका संक्रमितको संख्या ५ लाख १८ हजार ७५३ जना पुगेको छ । साथै यहाँका स्वास्थ्य अधिकारीहरुले यस संक्रमणबाट गएको २४ घन्टा यता कम्तीमा पनि १९ हजार जना संक्रमित भेटिएको जनाएक. . .


दिल्लीमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित

भारतको केन्द्रिय राजधानी रहेको दिल्ली प्रदेशमा कोरोनाभाइरसबाट एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित भेटिएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार दिल्लीमा शुक्रबार एकैदिनमा पाँच हजार ८९१ जना नयाँ सङ्क्रमित भेटिएका हुन् । यो संख्या अहिलेसम्मकै सवैभन्दा धेरै भएको पनि उनीहरुले बताएका छन् �. . .


टर्की, ग्रिस र अफगानिस्तानमा भूकम्प, कम्तीमा सत्रको मृत्यु, उद्धार जारी

टर्की, ग्रिस र अफगानिस्तानमा शुक्रबार शक्तिशाली भूकम्प गएका छन् । भूकम्पका कारण टर्कीमा कम्तीमा १७ जनाको मृत्यु भएको छ भने अन्य देशहरुमा अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् । टर्कीको इज्मीर शहरमा ७ म्याग्निच्युडको भूकम्प गएको र अहिले पनि खोजी तथा उद्धार कार्य भइर�. . .


प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुने चीनको महत्वाकाँक्षी योजना सार्वजनिक

चिनियाँ नेताहरूले उच्च स्तरको प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुने गरी नयाँ पञ्चवर्षीय योजना अघि सारेका छन् । पछिल्लो समय अमेरिकी कम्प्युटर चिप्सहरू र अन्य उच्च–प्रविधिका अवयवहरूको पहुँचमा अमेरिकाले बाधा उत्पन्न गरेपछि चीनले नयाँ महत्वाकाँक्षी योजना सार्वजनिक गरेको हो । सत्तारुढ कम्युनिष्ट पा. . .