नयाँदिल्ली (भारत) । भारतको राजधानी दिल्लीस्थित एयरपोर्टमा मङ्गलबार अन्तरिक विमानभित्र बम भएको धम्कीको सूचना आएपछि विमानलाई तत्काल आइसोलेसनमा लगिएको अधिकारीले बताएका छन् । उक्त धम्की झुटो साबित भएको छ । अधिकारीका अनुसार दिल्लीबाट वनारसतर्फ उडान भरिरहेको निजी एयरलाइन्स इन्डिगोको विमानभित्र बम भए�. . .
राफाह (प्यालेष्टिनी क्षेत्र) । प्यालेष्टिनी क्षेत्रको राफाहनजिकै विस्थापित व्यक्तिहरू बस्दै आएको शिविरमा इजरायली हवाई आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ४० पुगेको गाजाको नागरिक सुरक्षा निकायले सोमबार जनाएको छ । नागरिक सुरक्षा निकायका वरिष्ठ अधिकारी मोहम्मद अल–मुघैरले एएफपीसँग भन्नुभयो, “दक्ष�. . .
सियोल । दक्षिण कोरिया, चीन र जापानका शीर्ष नेताबिच पाँच वर्षपछि पहिलो पटक सोमबार भएको बैठकमा क्षेत्रीय स्थिरताका विषयमा छलफल भएको छ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल, चीनका प्रधानमन्त्री ली कियाङ र जापानका प्रधानमन्त्री फुमियो किशिदाले करिब पाँच वर्षपछि पहिलो पटक त्रिपक्षीय वार्ताका लागि स�. . .
काठमाडौं । भारतको तल्लो सदन लोकसभाको निर्वाचनमा छैटौं चरणको मतदान सकिएको छ । अब अन्तिम सातौं चरणको मतदान सकिएपछि केही दिनमा मत परिणाम सार्वजनिक गरिने त्यहाँको निर्वाचन आयोगले जनाएको छ । सत्तारुढ भारतीय जनता पार्टीले यो निर्वाचनमा भारी मत हासिल गर्ने दाबी गरिरहेको छ । विपक्षी कांग्रेस आईले भने आफ्न. . .
काठमाडौं । भारतको राजकोटमा टीआरपी गेम जोनमा भीषण आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ । सो सहरका प्रहरी कमिश्नर राजु भार्गवका अनुसार शनिवार भएको आगलागीबाट मृत्यु हुनेको संख्या २७ पुगेको हो । बीबीसी हिन्दीका अनुसार मृत्यु हुनेमा बालबालिका पनि रहेका छन् । ‘आगलागीमा मृत्यु हुनेहरुको शव राजकोट सिभिल �. . .
रफाह (प्यालेस्टिनी क्षेत्र) । हमासले अक्टोबर ७ मा सुरु गरेको युद्धको युद्धविराम खोज्ने प्रयासबिच संयुक्त राष्ट्रसङ्घीय अन्तर्राष्ट्रिय अदालतले दक्षिणी सहरमा सैन्य कारबाही रोक्न आदेश दिएको एक दिनपछि शनिबार इजरायलले राफाहसहित गाजापट्टीमा बम प्रहार गरेको छ । इजरायली सेनाले उत्तरी गाजाबाट थप तीनजन�. . .
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन युद्ध रोक्न सहमत भएका छन् । तर, यसका लागि उनले केही शर्त राखेका छन् । समाचार एजेन्सी रोयटर्सले रुसी स्रोतलाई उद्धृत गर्दै पुटिनले दुई देशबीचको सीमा विद्यमान नियमअनुसार नै रहन चाहेको दाबी गरेको छ । यसको मतलब रुसले कब्जा गरेको युक्रेनका क्षेत्रहरु अ�. . .
इस्लामाबाद । पाकिस्तानका पेट्रोलियममामिला मन्त्री मुसादिक मसूद मलिकले पाकिस्तानले आयात बिल घटाउन स्वदेशी पेट्रोलियम पदार्थको उत्पादन बढाउने बताउनुभएको छ । हाल पाकिस्तानले ऊर्जा आयातमा वार्षिक १८ अर्ब अमेरिकी डलरभन्दा बढी खर्च गर्ने गरेको छ । पाकिस्तानले पछिल्लो समयमा देशभित्र तेल तथा ग्यास अन�. . .
सियोल । दक्षिण कोरियाले चिप्स उद्योगलाई प्रोत्साहन गर्न १९ अर्ब डलरको योजना सार्वजनिक गरेको छ । राष्ट्रपति युन सुक योलले बिहीबार देशको महत्त्वपूर्ण सेमीकन्डक्टर उद्योगका लागि १९ अर्ब डलरको सहयोग योजना घोषणा गर्नुभएको हो । दक्षिण कोरियामा सामसुङ इलेकट्रोनिक्स र एसके हाइनिक्सजस्ता विश्वमा धेरै मे. . .
तेहरान । हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएका इरानका राष्ट्रपति इब्राहिम रायसीको बिहीबार उहाँको गृहनगरमा अन्त्येष्टि गरिने भएको छ । बाँध उद्घाटन गरी फर्कने क्रममा आइतबार देशको उत्तरपश्चिम हिमाली क्षेत्रमा हेलिकप्टर दुर्घटना हुँदा ६३ वर्षीय रायसीसहित उहाँका विदेशमन्त्री र अन्य छ जनाको मृत्यु �. . .
तेहरान (इरान) । हेलिकोप्टर दुर्घटनामा मारिएका दिवंगत इरानी राष्ट्रपति इब्राहिम रायसीको अन्त्येष्टि समारोह मङ्गलबारदेखि सुरु भएको छ । राज्य सञ्चालित नेटवर्क प्रेस टिभीको फुटेजमा हेलिकप्टर दुर्घटनास्थल उत्तरपश्चिमी सहर तब्रिजमा राष्ट्रपति रायसी र उहाँको साथीहरूको अन्त्येष्टि जुलुसमा सहभागी हु�. . .
काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मानवताको हितमा प्रयोग हुनुपर्ने लक्ष्य सहित दक्षिण कोरियाको राजधानी सियोलमा शिखर सम्मेलन सुरु भएको । एआई प्रयोग गर्ने ऐन,कानून र नियमहरु बनाईसकेका देशहरु यो शिखर सम्मेलनमा सहभागी भएका छन् । ती देशहरुबीच एआईको प्रयोगबारे नयाँ सोचविचारमाथि छलफल हुने अपेक्षा . . .