रुसमा ४९ जना सवार विमानको भग्नावशेष भेटियो

<span class='c1'>रुसमा ४९ जना सवार</span> <span class='c2'>विमानको भग्नावशेष भेटियो</span>

काठमाडौं। रुसी उद्धार सेवाहरुले सुदूर पूर्वी अमुर क्षेत्रमा आफ्नो गन्तव्यबाट करिब १६ किलोमिटर टाढा हराएको विमानको भग्नावशेष फेला पारेका छन्।आपतकालीन अधिकारीले अंगारा एयरलाइन्सको एएन–२४ विमानमा ४३ यात्रु र ६ जना चालक दलका सदस्य रहेका थिए। चिनियाँ सीमा नजिकै रहेको ब्लागोभेस्चेन्स्कबाट उडेको विमान टिन्डा विमानस्थल नजिकै पुग्दा राडारबाट गायब भएको थियो।

 

अमुर क्षेत्रीय गभर्नर भासिली ओर्लोभले विमानको खोजीका लागि आवश्यक सबै स्रोतसाधन परिचालन गरिएको बताए। उनले विमानमा पाँच बालबालिकासहित ४३ यात्रु र ६ जना चालक दलका सदस्य रहेको बताए।

 

रुसको आपतकालीन मन्त्रालयले एउटा रुसी हेलिकप्टरले विमानको जलिरहेको भाग देखेको जनाएको छ। रिपोर्टका अनुसार कोही पनि बाँच्ने सम्भावना छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्