प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिँदै क्यानडा

<span class='c1'>प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको</span> <span class='c2'>मान्यता दिँदै क्यानडा</span>

काठमाडौं । प्रधानमन्त्री मार्क कर्नीले क्यानडाले सेप्टेम्बरमा प्यालेस्टाइन राज्यलाई मान्यता दिने योजना बनाएको बताएका छन् । हालैका दिनहरूमा यस्तो घोषणा गर्नेमा क्यानडा तेस्रो जी–७ राष्ट्र बनेको छ । कर्नीले यो कदम प्यालेस्टाइन प्राधिकरणले अर्को वर्ष हमास बिना निर्वाचन गर्नेलगायत प्रजातान्त्रिक सुधारहरूमा निर्भर रहेको बताएका छन् । इजरायलको विदेश मन्त्रालयले क्यानडाको घोषणालाई अस्वीकार गर्दै यसलाई हमासलाई पुरस्कार दिएजस्तो भएको बताएको छ ।अहिलेसम्म संयुक्त राष्ट्रसंघका १९३ सदस्य राष्ट्रहरूमध्ये १४७ देशले औपचारिक रूपमा प्यालेस्टाइन राज्यलाई मान्यता दिएका छन् ।कर्नीले क्यानडाले आगामी संयुक्त राष्ट्रसंघको महासभामा प्यालेस्टाइन राज्यलाई औपचारिक रूपमा मान्यता दिने बताएका छन् ।

 

क्यानडा लामो समयदेखि वार्ताबाट शान्ति प्रक्रियाको हिस्साको रूपमा दुई–राज्य समाधानप्रति प्रतिबद्ध रहेको कार्नीले बताएका छन् ।  क्यानडाका कन्जरभेटिभहरूले भने कर्नीको घोषणाको आलोचना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्