अन्तराष्ट्रिय खबर

इरानमा आतङ्कककारी हमलामा परी तेह्रको मृत्यु

इरानको दक्षिणी सिराज सहरमा भएको आ्तङ्ककारी हमलामा परी कम्तीमा पनि १३ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । बुधबार सो सहरमा अवस्थित साचेराग नामक एक धार्मिकस्थलमा सो हमला भएको थियो । इरानी गृह मन्त्रालयले आतंककारी हमलामा परेर १३ जनाको ज्यान गएको र अरु २१ जना घाइते भएका जनाएको छ ।आतङ्ककारीहरुले शक्ति�. . .


फिलिपिन्सको उत्तरी क्षेत्रमा ६.७ म्याग्निच्युडको भूकम्प

उत्तरी फिलिपिन्समा मङ्गलबार राति ६.७ म्याग्निच्युडको भूकम्प गएको फिलिपिन्स इन्स्टिच्युट अफ ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानले जनाएको छ । स्थानीय समयानुसार मङ्गलबार राति २२ः५९ बजे सो भूकम्प गएको जनाइएको छ । यस भूकम्प केन्द्रविन्दु लुजोनको मुख्य टापुमा रहेको अब्रा प्रान्तको टिनेग सहरबाट कर�. . .


चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो सदस्यमा महिला छैनन्

चिनियाँ कम्युनिष्ट पार्टीको सर्वाेच्च निकाय पोलिटब्युरोमा पूर्ण सदस्यका रुपमा महिला छानिएका छैनन् । पार्टीको इतिहासमा २५ वर्षपछि पहिलो पटक पोलिटब्युरोमा महिला सदस्य नछानिएका समाचार जनाइएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरोमा यसअघि सन चुनलान रहेकामा उहाँ यसपटक अवकास पाएपछि अहिले कुन�. . .


पोर्चुगलमा जङ्गलमा आगो लगाउने ७२ जनालाई पक्राउ गरी कारबाही

पोर्चुगलमा जङ्गलमा आगो लगाउने अपराध गरेका ७२ जनालाई यसवर्ष पक्राउ गरी कारबाही गरिएको छ । यहाँको सरकारले जङ्गलमा आगो लगाउने व्यक्तिहरुलाई कडा कारबाही गर्ने गरेको बताइएको छ । शनिबार यहाँको नेसनल रिपब्लिकन गार्ड (जिएनआर) का एक जना अधिकारीले सो कुराको जानकारी गराएका हुन् ।उनका अनुसार यहाँ सन् २०२१ मा अ�. . .


नाइजेरियामा विनाशकारी बाढीका कारण १५ लाखभन्दा बढी बालबालिका जोखिममा

नाइजेरियामा अधिकांश बालबालिकासहित २५ लाखभन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो रहेको संयुक्त राष्ट्रसंघीय निकाय युनिसेफले जनाएको छ । प्रभाबितमध्ये ६० प्रतिशत बालबालिका रहेको र विगत एक दशकको सबैभन्दा भीषण बाढीका कारण पानीजन्य रोग, डुब्ने र कुपोषणको उच्च जोखिममा रहेको युनिसेफले चेतावनी दिएको छ ।. . .


चिनियाँ राष्ट्रपति सी चिनपिङ तेस्रो कार्यकालका लागि निर्वाचित

चिनियाँ राष्ट्रपति सी चिनफिङले माओत्सेतुङले चिनियाँ कम्युनिस्ट पार्टी स्थापना गरेयता चीनले देखेका सबैभन्दा प्रभावशाली नेताहरूमध्ये एकका रूपमा देशको शीर्ष नेताको रूपमा अभूतपूर्व तेस्रो कार्यकाल हासिल गर्नुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २०औँ केन्द्रीय समितिको आइतबार सम्पन्न पहि. . .


बेलायतका प्रधानमन्त्री ट्रसद्वारा राजीनामा घोषणा

बेलायती प्रधानमन्त्री लिज ट्रसले पदभार ग्रहण गरेको छ हप्तापछि नाटकीय रूपमा राजीनामा दिने घोषणा गर्नुभएको छ । कर कटौतीको उहाँको दक्षिणपन्थी प्लेटफर्म विघटित भएपछि र सत्तारूढ कन्जरभेटिभ पार्टीका सदस्यहरू मध्ये धेरै सांसदहरूले विद्रोह गरेपछि ट्रसले राजिनामा घोषणा गर्नुपरेको हो । डाउनिङ स्ट्रिटमा. . .


मलेसियामा मङ्सिर ३ गते आम निर्वाचन हुँदै

मलेसियामा आगामी मङ्सिर ३ गते आम निर्वाचन हुने भएको छ । मलेसियाली निर्वाचन आयोगले बिहीबार उक्त जानकारी दिएको हो । उम्मेदवारहरूको मनोनयन यही कात्तिक २० गते हुनेछ भने आधिकारिक चुनाव प्रचारका लागि दुई हप्ताको समय दिइएको निर्वाचन आयोगका अध्यक्ष अब्दुल घानी सल्लेहले पत्रकारलाई बताएका छन् । कुल दुई करो. . .


डब्ल्युएचओ प्रमुखले लाखौं डलर दुरूपयोग गरेको आरोप

सिरियास्थित संयुक्त राष्ट्रसङ्घीय निकाय विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)को कार्यालयका प्रमुखलाई लाखौं डलर दुरुपयोग गरेको आरोप लागेको छ । उक्त कार्यालयका कर्मचारीले कोभिड–१९को महामारीबाट देश आक्रान्त भएका बेला कार्यालय प्रमुख डा अक्जेमल म्याग्टिमोवाले सरकारी अधिकारीहरूलाई कम्प्युटर, सुनक�. . .


बेलायतको मुद्रास्फीति १०.१ प्रतिशतले वृद्धि

बेलायतको उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) सन् २०२२ को सेप्टेम्बरसम्मको १२ महिनामा १०.१ प्रतिशतले वृद्धि भएको छ । यो अगस्टमा ९.९ प्रतिशत थियो भने अहिले जुलाईको पछिल्लो उच्च विन्दुमा फर्किएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस)का अनुसार मासिक आधारमा हेर्दा सीपीआई अगस्टको तुलनामा सेप्टेम्बरमा ०.५. . .


रूसले कब्जा गरेको युक्रेनी भूभागमा सैनिक शासन लागू : पुटिन

रूसले युक्रेनको डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिजझिया क्षेत्रमा ‘मार्शल ल’ लागू गरेको घोषणा गरेको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार “मैले रूसी महासङ्घका ‘डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिजझिया’ गरी चार क्षेत्रमा ‘मार्शल ल’ लागू गर्ने आदेशमा हस्ताक्षर गरेको छु,” पुटिनले टेलिभिजन. . .


सोमालियामा बालबालिकामा कूपोषणको समस्या झन् बढ्ने

संयुक्त राष्ट्रसंघीय बालकोषले सोमालियाका बालबालिकामा कुपोषणको समस्या अझै बढ्नसक्ने जनाएको छ । उक्त निकायले सोमालिया तथा अरु देशका सरकारलाई पनि सोमालियामा बढ्दो मात्रामा देखिएको कूपोषणले झनै भयावह रुप पनि लिन सक्ने बताइएको छ । सोमालियामा विगत निकै लामो समयदेखि कुपोषणको शिकार रहेको र आगामी वर्षदे. . .