अन्तराष्ट्रिय खबर

यस बर्षको नोबेल शान्ति पुरस्कार बेलारुस, रुस र युक्रेनका मानव अधिकारवादीलाई दिने घोषणा

युद्ध अपराध र अधिकार उल्लङ्घनका घटनाको अभिलेखीकरणका लागि काम गरेपापत बेलारुसका मानव अधिकारवादी एलेस बियालियात्स्की, रुसको मेमोरियल समूह र युक्रेनको सेन्टर फर सिभिल लिबर्टीजलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको छ । समितिले सन् २०२१ देखि बेलारुसको जेलमा रहेका बियालियात्स्कीको रिहाईको माग गरेक�. . .


थाइल्याण्डमा बन्दुकधारीको आक्रमणबाट कम्तीमा ३५ जनाको मृत्यु

थाइल्यान्डको एक नर्सरीमा बिहीबार एक पूर्व प्रहरी अधिकारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । आक्रमणपछि बन्दुकधारी पान्या खामराबले घर गएर श्रीमती र बच्चाको हत्या गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ । बन्दूक, पेस्तोल र चक्कुसहित आएका खामराबले उत्तरपूर्वी नोङ बुआ लाम फु प्�. . .


नाइजेरियामा बाढीबाट पचहत्तर जनाको मृत्यु

नाइजेरियामा बाढीबाट कम्तीमा पनि ७५ जनाको ज्यान गएको बताइएको छ । नाइजेरियाको उत्तरी योबा राज्यमा आएको बाढीबाट ७५ जनाको ज्यान गएको यहाँका अधिकारीले जनाएका छन् । अधिकारीहरुका अनुसार यहाँ गएको मे महिनाबाट सुरु भएको मनसुनबाट अहिलेसम्ममा ७५ जनाको ज्यान गएको हो । यहाँ भारी वर्षा र त्यसपछि आएको बाढीमा पर�. . .


मेक्सिकोमा अन्धाधुन्द गोली चलाउँदा मेयरसहित १८ जनाको मृत्यु

काठमाडौं । मेक्सिकोको दक्षिणपश्चिममा बन्दुकधारीको आक्रमणमा सान मिगुएल टोटोलापेन सहरका मेयर कोनरेडो मिगुएल अल्मेडासहित १८ जनाको मृत्यु भएको छ। मेयर अल्मेडाका बुबा तथा पूर्व मेयर क्वान मेन्डोजा एकोस्टाको पनि गोली प्रहारमा मृत्यु भएको छ। स्थानीय प्रहरीका अनुसार बुधबार दिउँसो २ बजेतिर बन्दुकधार�. . .


भारतमा बस दुर्घटनामा परी २० जनाको मृत्यु

भारतको उत्तराखण्डमा भएको सडक दुर्घटनामा परी कम्तीमा पनि २० जनाको ज्यान गएको छ । उत्तराखण्डमा मङ्गलबार बस दुर्घटनामा परेको थियो । स्थानीय प्रहरीले बुधबार दिएको जानकारीमा सो दुर्घटनामा परेर २० जनाको घटनास्थलमै ज्यान गएको बताइएको छ । प्रहरीले २० ओट शव भेटेको र अरु कैयौँ घाइते अवस्थामा रहेका बताएको छ �. . .


ग्रिड बिग्रिएपछि १३ करोड बङ्गलादेशी विद्युतविहीन

बङ्गलादेशमा ग्रिडमा खराबी आएपछि मङ्गलबार अपराह्न कम्तीमा १३ करोड मानिस विद्युतविहीन भएको सरकारी विद्युत् उपभोक्ता कम्पनीले जनाएको छ । विद्युत् विकास समितिका अनुसार स्थानीय समयअनुसार दिउँसो २ बजेपछि अचानक विद्युत् आपूर्ति बन्द हुँदा देशका ८० प्रतिशतभन्दा बढी क्षेत्र प्रभावित भएका छन् । सम�. . .


भारतमा हिमपहिरोमा परी चार जनाको मृत्यु

भारतीय हिमालय क्षेत्रमा मङ्गलबार हिमपहिरोमा परी कम्तीमा चार आरोहीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । भारतको उत्तरी राज्य उत्तराखण्डमा करिब १६,००० फिट (४,८८० मिटर) अग्लो उक्त घटनापछि मृत्यु हुनेको सङ्ख्या १० पुगेको सञ्चारमाध्यमले जनाएका छन् । “फसेका ३३ जनामध्ये चार जनाको मृत्यु भएको पुष्टि भ�. . .


अफगानिस्तानमा भएको आत्मघाती हमलामा त्रिपन्न जनाको ज्यान गयो

अफगानिस्तानको राजधानी काबुलबाट पश्चिमतर्फको एक सहरमा गत शुक्रबार भएको आत्मघाती हमलामा परेर ज्यान जाने व्यक्तिको सङ्ख्या कम्तीमा पनि ५३ पुगेको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानमा रहेको संयुक्त राष्ट्रसङ्घीय मिसनले सो कुराको जानकारी दिएको हो । उक्त मिसनका अनुसार अफगानिस्तानको हाजरा सहरमा शु. . .


सन् २०२२ को चिकित्सातर्फको नोबेल पुरस्कार स्वीडेनका स्वान्टे पाबोलाई

स्वीडेनका वैज्ञानिक स्वान्टे पाबोले ‘लोपोन्मुख होमिनिनको जीनोम र मानव विकाससँग सम्बन्धित’ खोजका लागि सन् २०२२ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गर्नुभएको नोबेल समितिले सोमबार घोषणा गरेको छ । पुरस्कार समितिका अनुसार मानव जातिको विलुप्त तर मानव जाति निकट पूर्वज प्रजाति नियनडर्थह�. . .


पाकिस्तानमा बाढीबाट करिब एक हजार ७०० को मृत्यु

पाकिस्तानमा यस वर्षको बाढी पहिरोमा परेर कम्तीमा पनि एक हजार ७०० जनाको ज्यान गएको बताइएको छ । मध्य जुलाईबाट आएको बाढीमा परेर यस वर्ष पाकिस्तानमा ठूलो जनधनको क्षति भएको बताइएको छ । अधिकारीहरुले यहाँ दशकौँपछि पहिलो पटक आएको यो विनाशकारी बाढीले निकै क्षति पुर्याएको थियो । यहाँ गएको मनसुनी वर्षाको समय�. . .


पाकिस्तानका पूर्वप्रधानमन्त्री खानविरुद्ध पक्राउ पूर्जी जारी

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । इस्लामावादको एक स्थानीय अदालतले महिला न्यायाधीश जेबा चौधरीलाई धम्की दिएको आरोपमा पूर्वप्रधानमन्त्री खानविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो । पूर्वप्रधानमन्त्री खानलाई गत अगस्त २० मा आयोजित एक ¥यालीलाई सम्बोधन गर्ने. . .


इन्डोनेसियामा फुटबल खेलको दङ्गामा मृत्यु हुनेको सङ्ख्या एक सय ७४ पुग्यो

इन्डोनेसियामा फुटबल खेलको क्रममा भएको दङ्गा भागदौडमा परिणत हुँदा आइतबार मृत्यु हुनेको सङ्ख्या एक ७४ पुगेको एक अधिकारीले स्थानीय सञ्चार माध्यमलाई जनाएका छन् । स्थानीय समयानुसार आइतबार बिहान ९ ः३० बजे मृत्युको सङ्ख्या एक सय ५८ पुगेको थियो, भने १०ः३० यो सङ्ख्या एक सय ७४ पुगेको पूर्वी जाभा प्रकोप न्यू�. . .