आर्थिक

खुल्यो मीरगञ्जको पुल : रि–रुट सुनसरी भन्टाबारी ‘डाईभर्ट’ विराटनगर आईसीपी

विराटनगर । विराटनगर भन्सार कार्यालयदेखि चार किलोमिटर दक्षिण भारतको मीरगञ्जस्थित परमान नदीको पुल सञ्चालनमा आएको छ । ढेड महिना अगाडीदेखि भारतबाट छुट्ने मालवहाक सवारी आवात–जावत भईरहेपनि भारतीय पक्षले शुक्रबार औपचारिक निर्णय गरेपछि तेस्रो मुलुकबाट आयात गरिएको मालवस्तु बोकेका सवारी समेत पुलबाट आवात. . .


घट्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख तीन हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख तीन हजार छ सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुन�. . .


दुई सयले घट्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रू दुई सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख चार हजारमा कारोबार भएको सुनको मूल्य आज रू एक लाख तीन हजार आठ सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मू�. . .


सरकारले छ महिनामा उठायो साढे ५६ अर्ब ऋण

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०७९/८० को छ महिनामा रू ५६ अर्ब ४६ करोड ऋण उठाएको छ । सरकारको वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनका लागि खर्च बेहोर्ने मुख्य स्रोतमध्ये आन्तरिक र बाह्य ऋण परिचालन पनि हुन् । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको चालु आवको बजेटको अर्धवार्षिक समीक्षा प्रतिव�. . .


सात महिनामा ३७ प्रतिशत बजेट खर्च

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा सरकारी बजेट खर्च ३७ दशमलव २२ प्रतिशत बराबर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार माघ मसान्तसम्म सरकारले रू ६ खर्ब ६७ अर्ब ६५ करोड ७४ लाख बराबर बजेट खर्च गरेको हो । यो अवधिमा चालु खर्च वार्षिक विनियोजनको ४४ दशमलव ९२ प्रतिशत बराबर छ । �. . .


भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आइपिओ आउँदै

काठमाडौँ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले साधारण शेयरको निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही फागुन ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गर्ने भएको हो । कम्पनीले आफ्नो ज. . .


लक्ष्यको तुलनामा सरकारी राजस्व वृद्धिदर पछिल्लो ५५ वर्षयताकै कमजोर

काठमाडौँ । सरकारले चालू आर्थिक वर्ष २०७९/८० का लागि राजस्व सङ्कलनमा राखेको लक्ष्यको वृद्धिदर साढे पाँच दशकयताकै न्यून देखिएको छ । चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्न आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै उपप्रधान तथा अर्थमन्त्री विष्णुप. . .


बजेट मध्यावधी समीक्षा : आकार दुई खर्ब ४४ अर्बले घटाइयो

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०७९/८० को बजेटको मध्यावधि समीक्षा गर्दै बजेटको आकार घटाएको छ । सरकारले बजेटको आकार रू दुई खर्ब ४४ अर्ब बराबरले घटाएको हो । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज प्रतिनिधिसभामा चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक ग�. . .


नेप्सेमा उच्च अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से ६० दशमलव ७७ अङ्कले घटेर दुई हजार एक सय २१ दशमलव ८६ कायम भएको छ । आज दुई सय ५३ वटा कम्पनीको ८१ लाख ३९ हजार आठ सय ४० कित्ता शेयर ५१ हजार दुई सय २६ पटक खरिदबिक्री हुँदा रू तीन अर्ब चार करोड ७७ लाख ३९ हजार आठ सय १२ बराबर. . .


युवा उद्यमी मञ्च र ओबी मिडियाबीच सहकार्यको सम्झौता

विराटनगर । ओबी मिडिया प्रा.लि. र नेपाली उद्यमी युवा मञ्च विराटनगर च्याप्टरबीच दुई पक्षीय सहकार्य सम्झौतामा हस्ताक्षर भएको छ । युवा उद्यमशीलता प्रवद्र्धनलाई प्राथमिकतामा राख्न दुई संस्थाबीच सम्झौता भएको हो । मञ्चका अध्यक्ष राघव कोइराला र ओबी अध्यक्ष विवेक दाहालले सम्झौतामा हस्ताक्षर गरेका हुन् । द. . .


राष्ट्र बैंकले घटायो ‘ओभरनाइट’ तरलता सुविधा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ‘ओभरनाइट’ तरलता सुविधा घटाएको छ । यसअघि बैंकहरूले आठ प्रतिशतको ब्याजदरमा पाउँदै आएको ओभरनाइट तरलता सुविधा घटाउँदै सात प्रतिशत बनाइएको चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा उल्लेख छ । “बैंक तथा वित्तीय संस्थालाई ८ दशमलव ५ प्रतिशतको बैंक दरमा यस बै. . .


निक्षेप नौ दशमलव चार प्रतिशतले बढ्यो

काठमाडौँ । चालू आर्थिक वर्ष २०७९-८० को अर्धवार्षिक अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप नौ दशमलव चार र कर्जा चार प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै गत पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाले परिचालन गरेको कूल निक्षेप नौ �. . .