आर्थिक

सबै भुक्तानी असार २४ गतेभित्र गरिसक्न परिपत्र

काठमाडौँ । चालु आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयन गर्दा सिर्जना भएको आर्थिक दायित्वको भुक्तानी असार २४ गतेभित्र गरिसक्न महालेखा नियन्त्रक कार्यालयले सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) र प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) लाई परिपत्र गरेको छ । मह�. . .


विराटनगरमा स्टार्टअप उद्यम नीतिबारे प्रदेशस्तरीय छलफल

कोशी प्रदेशका लागि तयार पारिएको स्टार्टअप उद्यम नीतिको मस्यौदामाथि सरोकारवालाहरुसँग छलफल गरिएको छ । संघ र प्रदेश सरकारले स्टार्टअप उद्यमीहरुलाई उद्यमशिलतामा अभिप्रेरित गर्न नीति तथा कार्यक्रम र बजेटमा गरेका व्यवस्थाका आधारमा बलियो नीति बन्नुपर्नेमा जोड दिएका हुन् । नेपाल उद्योग बाणिज्य महासंघ. . .


नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव तीन प्रतिशत अर्थात् ६२ दशमलव २१ अङ्कले बढेर दुई हजार एक सय १७ दशमलव ७३ अङ्कमा कायम भएको भएको हो । नेप्सेका अनुसार आज दुई सय ७५ कम्पनीको एक करोड ४७ लाख ५१ हजार दुई सय ४७ कित्ता शेयर ९० हजार दुई स�. . .


काठमाडौँ महानगरको बजेट २५ अर्ब ५४ करोड

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट विनियोजन गरेको छ । आज राष्ट्रिय सभागृहमा काठमाडाैँ महानगरका उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक सुुनिता डङ्गोलले सार्वजनिक गर्नुभएको बजेटमा चालुतर्फ रु आठ अर्ब ६१ करोड ५. . .


विराटनगरका तीन उद्योगीले एक अर्ब २५ करोड लगानीमा खोले दाल उद्योग

विराटनगर । सुनसरी मोरङ औद्योगिक करिडोरमा एक अर्ब २५ करोड रुपिँयाको लगानीमा नयाँ दाल उद्योग स्थापना भएको छ । विराटनगरका तीन उद्योगी अविनाश बोहरा, पवन अग्रवाल र लोकमान्य गोल्छाको संयुक्त लगानीमा मोरङको बुढीगंगा गाउँपालिका ५ मा एभरेष्ट पल्स प्रा.लि. स्थपना गरिएको हो । तीनैजना उद्योगी विराटनगरका भएपनि . . .


चालु भन्दा ९० करोडले घट्यो आगामी वर्षका लागि विराटनगरको बजेट

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷२०८१ का लागि तीन अर्ब २८ करोड ५० लाख रुपिँयाको कुल व्यय अनुमान प्रस्तुत गरेको छ । महानगरपालिका उपप्रमुख शिल्ला निराला कार्कीले आइतबार नगरसभामा कुल व्यय, मुख्य कार्यक्रम र स्रोत व्यवस्थापनका लागि अनुमानित बजेट प्रस्तुत गर्नु भएको हो । आगामी आ. . .


स्थानीय तहले आइतबार बजेट प्रस्तुत गर्दै

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सात सय ५३ स्थानीय तहको बजेट आइतबार सार्वजनिक हुँदैछ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय(बजेट)को अनुमान स्थानीय तहले सम�. . .


एघार महिनामा १३ खर्ब ३७ अर्ब व्यापारघाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्ममा नेपालले व्यहोरेको व्यापारघाटा रु १३ खर्ब ३७ अर्ब ३९ करोड पुगेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार ११ महिनामा मुलुकले कूल रु १४ खर्ब ८० अर्ब ९८ करोड बराबरको वस्तु आयात गर�. . .


नेप्से परिसूचक चार दशमलव ७५ अङ्कले उकालो लाग्यो

काठमाडौँ । शेयर कारोबार हुने साताको अन्तिम दिन आज धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ७५ अङ्कले उकालो लागेर दुई हजार ५५ दशमलव ५३ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य द�. . .


नागरिक लगानी कोषका लगानीकर्ताले २५ प्रतिशत लाभांश पाउने

सरकारले नागरिक लगानी कोषलाई २६.३१६ प्रशितल लाभांश बाँड्न स्वीकृति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले कम्पनीलाई पुँजीवृद्धि गर्न स्वीकृति दिएसँग अब लगानीकर्ताले २५ बोनस सेयर र कर प्रयोजनका लागि १.३१६ प्रतिशत नगद लाभांश प्राप्त गर्ने छन् । कोषको सञ्चालक समितिको वैशाख २९ गतेको बैठकले सेय. . .


दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । परिसूचक १४ दशमलव ०५ अङ्कले घटेर दुई हजार ५० दशमलव ७८ को बिन्दुमा कायम भएको हो । आज विभिन्न दुई सय ७१ कम्पनीका ८६ लाख ५१ हजार एक सय ६४ कित्ता शेयर रू तीन अर्ब ४९ करोड ६८ लाख २२ हजार दुई सय ६० बराबरको कारोबार भएको छ । यो द�. . .


नेपालको सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं । नेपालले हालसम्म तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व रू २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालले रू १० खर्ब ९९ अर्ब ७२ करोड ३३ लाख आन्तरिक र रू १० खर्ब ७३ अर्ब ५२ करोड ३९ लाख बाह्य ऋण . . .