अन्तराष्ट्रिय खबर

बर्डफ्ल्यु नियन्त्रण गर्न डेनमार्कमा हजारौँ कुखुरा मारियो

बर्डफ्ल्युको महामारी नियन्त्रण गर्न भन्दै डेनमार्कमा हजारौं कुखुरा मारिएको छ । देशको जुटल्याण्डमा झण्डै २५ हजार खुकुरा मारिएको सरकारी अधिकारीहरूले मंगलबार जानकारी दिएका छन् । स्टाटेन्स सेरुम इन्स्टिच्युटबाट ल्याइएको परीक्षण रिपोर्टका आधारमा त्यस क्षेत्रका कुखुराबाट बर्डफ्ल्यु फैलिन सक्ने . . .


विश्व स्वास्थ्य सङ्गठनका ६५ कर्मचारी कोभिड–१९ बाट सङ्क्रमित

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का ६५ जना कर्मचारी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । संगठनका अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार कोरोनाभाइरसको महामारी फैलिएदेखि अहिलेसम्म संगठनका ६५ जना सङ्क्रमित भएका हुन् । उनीहरु सवै जना संगठनको केन्द्रीय कार्यालय जेनेभामा कार्यरत कर्मचारी रहेको पनि. . .


अर्को कम्पनीको कोभिड-१९ खोप पनि ९५ प्रतिशतसम्म प्रभावकारी

फाइजर कम्पनीले विकास गरेको खोप ९० प्रतिशत प्रभावकारी भएको समाचार सेलाउन नपाउँदै अर्को अमेरिकी कम्पनीले मोडरिनाले विकास गरेको खोप ९५ प्रतिशतसम्म प्रभावकारी भएको सार्वजनिक भएको छ । दुबै कम्पनीले आफ्नो खोपको विकासका क्रममा नयाँ र प्रयोगात्मक विधि अपनाएका थिए । मोडरिनाले सो उपलब्धीलाई ‘महान दिन’ भन�. . .


नेपाली दूतावास बेलायतमा मनाइयो महाकवि देवकोटाको जन्मजयन्ती

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२औँ जन्मजयन्तीको अवसरमा लण्डनस्थित नेपाली राजदूतावासले आइतबार साहित्य महोत्सवको कार्यक्रम आयोजना गरेको छ । तीन चरणमा सञ्चालित उक्त कार्यक्रममा बेलायतस्थित नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले नेपाली भाषा तथा साहित्यको विकासमा बेलायतमा रहेका कवि तथा साहित्. . .


ट्रम्पद्वारा बाइडेनको ‘जित’ सङ्केत गर्ने शब्दको पहिलो पटक प्रयोग

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिस्पर्धी जो बाइडेनले औपचारिक रूपमा निर्वाचन जितेको आशय पहिलो पटक प्रकट गर्नुभएको छ । निर्वाचनको नतिजा सार्वजनिक भएर बाइडेन निर्वाचित भएको सर्वत्र स्वीकार्दासमेत जितलाई अस्वीकार गर्दै आउनुभएका ट्रम्पले आइतबार सामाजिक सञ्जाल ट्वीटर मार्फत यस्तो आशय प्रक�. . .


महामारी अन्त्यका लागि खोपले मात्रै पुग्दैन: विश्व स्वास्थ्य संगठन प्रमुख

विश्वमा कोरोनाभाइरस सङ्क्रमणको महामारी अन्त्यका लागि खोपको विकास र प्रयोगले मात्रै काम नगर्ने विश्व स्वास्थ्य संगठन प्रमुखले सोमबार बताउनुभएको छ । महामारीले कैयौ महिनादेखि विश्वलाई प्रभावित पार्दै आएको छ र अहिलेसम्म पाँच करोड ४० लाख भन्दा बढी व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएका छन् भने १३ लाखभन�. . .


विहारको मुख्यमन्त्रीका रुपमा नितिश कुमारको लगातार चौथो कार्यकाल सुरु

भारतको विहार प्रदेशको मुख्यमन्त्रीका रुपमा नितिश कुमारले लगातार चौथो कार्यकालको शुभारम्भ गर्नुभएको छ । जनता दल युनाइडेटका अध्यक्ष समेत रहनुभएका नितिश कुमारले सोमबार सपथ ग्रहण गरेर कार्यकाल सुरु गर्नुभएको हो । उहाँको अहिलेको लगातारको कार्यकाल चौथो पटक भएपनि मुख्यमन्त्री भने उहाँ सातौ पटक हुनुभ. . .


बंगलादेशमा कोभिडको संक्रमण बढ्दो, छ हजारभन्दा बढीको मृत्यु

बंगलादेशमा पनि पछिल्लो समयमा कोभिड १९का संक्रमितहरु बढ्दै गएको बताइएको छ । बंगलादेशमा आइतबार मात्र १ हजार ८३७ जना संक्रमित भेटिएका बताइएको छ । बंगलादेशमा शुरुमा कोभिडका संक्रमित नदेखिएको भए पनि अहिले बढ्दै गएका छन् । यहाँ अहिलेसम्म ४ लाखभन्दा बढी संक्रमित भएका छन् । बंगलादेशमा आइतबारसम्म ४ लाख ३२ ह. . .


जान्सेनको कोभिड–१९ खोप तेस्रो चरणमा प्रवेश

फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनको सहायक कम्पनी जान्सेनले विकास गरेको प्रयोगात्मक कोरोनाभाइरस खोपलाई तेस्रो चरणको परीक्षणका लागि बेलायत सरकारले अनुमति दिएको छ । करिब १२ महिना चल्ने यस खोपको परीक्षणका लागि कम्पनीले बेलायतका करिब ६,००० व्यक्तिलाई समावेश गर्ने जनाएको छ । अध्ययनको नेतृत्व �. . .


विश्वमा कोरोना भाइरसबाट १३ लाखभन्दा बढीको मृत्यु

विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख नाघेको बताइएको छ ।जोन हप्किन्स विश्वविद्यालयले शनिबार दिएको तथ्यांकअनुसार यस भाइरसबाट मृत्युहुने विश्वका नागरिकको संख्या १३ लाख ९ हजार ७१३ पुगेको छ । साथै यस संक्रमणबाट हालसम्म संक्रमित हुनेको संख्या पनि हालसम्म ५ करोड ३० लाख पुगेको स�. . .


कोरोनाका कारण भारतमा थप आठ नेपालीको निधन

कोरोना भाइरसको कारणले विदेशमा थप आठजना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार, यो साता भारतको महाराष्ट्र र चेन्नाईमा कोरोना भाइरसका कारण आठजना नेपाली ज्यान गएको हो । गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिबार साँझसम्म कोरोनाका कारण निधन हुने नेपाली सङ्ख्या २९३ . . .


अमेरिकामा एकैदिनमा पौने दुई लाख सङ्क्रमित

कोरोनाभाइरसबाट सवैभन्दा धेरै प्रभावित भएको मुलुक अमेरिकामा एकैदिनमा पौने दुई लाख मानिस सङ्क्रमित हुन थालेका छन् । विश्वव्यापी महामारी फैलिएको शुरु देखि नै बढी सङ्क्रमित रहेको अमेरिकामा अहिले पनि सङ्क्रमितको संख्या दिन प्रतिदिन बृद्धि हुदै गइरहेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार �. . .