खाडी मुलुक कुवेतले नेपाल, भारत र चीन समेत ३० भन्दा बढी मुलुकका यात्रुलाई कुवेत प्रवेशमा रोक लगाएको छ । कुवेती नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले सबै विमानसेवा कम्पनीहरुलाई एक पत्र लेख्दै सरकारको उक्त आदेश पालना गर्न आग्रह गरेका छन् । कुवेत सरकारले सार्वजनिक गरेको पछिल्लो सूचीमा समावेश मुलु�. . .
भारतीय संघीय सरकारका गृह मन्त्री अमित शाहलाई कोभिड–१९ सङ्क्रमण भएको छ । भारतीय जनता पार्टीका वरिष्ठ नेतासमेत रहेका मन्त्री शाहले आइतबार ट्वीटरमार्फत आफूलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको बताउनुभएको छ । मन्त्री शाहले आफूलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको बताउँदै आफ्नो सम्पर्कमा आएका सबैलाई क�. . .
विश्वभर महामारीका रुपमा फैलिएको कोभिड– १९ को सङ्क्रमणबाट बितेका सात दिनमा विदेशमा २८ नेपालीको मृत्यु भएको छ । भारतमा २५, र साउदी अरेबियामा दुई र दक्षिण अफ्रिकामा एक जनाले ज्यान गुमाएका हुन् । यससँगै सङ्क्रमणका कारण विदेशमा १८९ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली सङ्घले जनाएको छ । विश्वका ३८ देश�. . .
टोकियोमा शनिबार कोभिड–१९ सङ्क्रमितको सङ्ख्यामा सामान्य वृद्धि हुन थालेपछि नियन्त्रणका लागि सरकारले अनावश्यक हिडडुल नगर्न शहरवासीहरूलाई आग्रह गरेको छ । शनिबार टोकियोमा मात्र ४७२ जनामा सङ्क्रमण पुष्टि भएको क्योदो न्यूज एजेन्सीले स्वास्थ अधिकारीहरूलाई उद्धृत गरी लेखेको छ । जापानी सञ्चारमाध्यमह. . .
विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण छ लाख ८३ हजार ३८९ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले शनिबार जानकारी दिएको छ । सो सङ्गठनका अनुसार शनिबारसम्म विश्वभरीमा एक करोड ७७ लाख ७८ हजार ६४६ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये हालसम्म एक करोड ११ लाख ७७ हजार १३२ व्य�. . .
पाकिस्तानले दक्षिणी अफगानिस्तानमा रकेट प्रहार गरेको अफगान सेनाले बताएको छ । सो रकेटले लागेर दक्षिणी अफगानिस्तानका कम्तीमा पनि १५ जना नागरिकको ज्यान गएको छ । सो आक्रमणका क्रममा अरु कम्तीमा पनि ७० जना सर्वसाधारण पनि घाइते भएका र घाइते मध्ये कैयौको अवस्था गम्भीर भएकाले मृतक संख्या बढ्न सक्ने पनि अनु�. . .
भारतमा ‘कोभिड १९’ सङ्क्रमितको संख्या १६ लाख नाघेको शुक्रबार जनाइएको छ । गत २४ घण्टामा भारतका ५५ हजार ७९ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १६ लाख ३८ हजार ८७१ पुगेको त्यहाको केद्रिय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रम. . .
(रासस/एएफपी) विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण छ लाख ७७ हजार १८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले शुक्रबार जानकारी दिएको छ । सो सङ्गठनका अनुसार शुक्रबारसम्म विश्वभरीमा एक करोड ७४ लाख ८९ हजार ६२३ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये हालसम्म एक करोड ९ लाख �. . .
(रासस–एएफपी) – युरोपेली हवाई जहाज निर्माता एयरबस कम्पनीले पहिलो छ महिनामा करिब २ अर्ब २० करोड अमेरिकी डलर खुद नोक्सानी व्यहोर्नु परेको जनाएको छ । कोरोनाभाइरस महामारीका कारण बिमान बिक्री दुई गुणाले कमी आएपछि कम्पनी घाटामा गएको हो । एयरबसले यस वर्षको पहिलो छ महिनामा करिब १२ अर्ब ४० करोड युरो बराबरको सम�. . .
चीनको स्मार्टफोन निर्माता कम्पनी हुवावेले यस वर्षको दोस्रो त्रैमासिक अवधिमा स्मार्टफोन बिक्रीमा नयाँ विश्व रेकर्ड कायम गरेको छ । स्मार्टफोन बिक्रीको अनुगमन गर्ने क्यानालिसका अनुसार हुवावेले सामसुङलाई पछि पार्दै पहिलो पटक नयाँ रेकर्ड बनाएको हो । क्यानालिसका अनुसार अमेरिकी प्रतिबन्धको सामना गर�. . .
भारतमा ‘कोभिड १९’ सङ्क्रमितको संख्या १५ लाख ८३ हजार नाघेको छ । गत २४ घण्टामा भारतका ५२ हजार १२३ मा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १५ लाख ८३ हजार ७९२ पुगेको त्यहाँको केद्रिय स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ । भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ७७५ जनाको म. . .
सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचन पछि सार्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार सुझाब दिनुभएको छ । अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि पछिल्ला दिनहरूमा भएका सर्भेक्षणमा ट्रम्पको अवस्था कमजोर देखिँदै गएका समय महामारीको कारण देखाउँदै उहाँले यस्तो अवस्थामा मतदानको परिणाम पनि सही आ. . .