अन्तराष्ट्रिय

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि

नयाँ दिल्ली भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको छ । यसअघि गत सोमबार दैनिक सङ्क्रमितको सङ्ख्या १६० दिन पछिकै सबैभन्दा कम भएकोमा अहिले फेरि बढेको हो । सरकारी अधिकारीले गत सोमबार पछिल्लो एक दिनमा भारतमा २५ हजार ७२ जना नयाँ सङ्क्रमित भएका थिए । तर बिहीबार सार्वजनिक गरिए�. . .


‘अफगानिस्तानका नागरिकलाई सहयोग गर्नु नैतिक दायित्व’

ब्रसेल्स अफगानिस्तानका नागरिकलाई सहयोग गर्नु आफूहरुको नैतिक कर्तव्य भएको (जी–७) का नेताको भनाइ रहेको छ । युरोपेली आयोगका अध्यक्ष अर्सुला भोन डेर लियानले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, यतिबेला अफगानिस्तान निकै अप्ठेरो अवस्थामा छ, त्यहाँका नागरिक समस्यामा परिरहेका छन् त्यसैले यस्तो बेलाम�. . .


अफगानिस्तानको उद्धारकार्य समय सीमाभित्रै सक्नुपर्ने बाइडेनको भनाइ

काबुल अमेरिकी राष्ट्रपति जो बाइडेनले करिब दुई हप्तादेखि अफगानिस्तानमा जारी रहेको आफ्ना र अन्य नेटो गठबन्धन राष्ट्रका नागरिकको उद्धारकार्यलाई समय सीमाभित्रै सक्नुपर्ने बताउनुभएको छ । सोही बमोजिम अमेरिकाले काम गरिरहेको पनि उहाँले जानकारी दिनुभएको छ । उहाँले मङ्गलबारको एक सम्बोधनमा सो कुरा बताउ�. . .


अमेरिकी गुप्तचर निकाय प्रमुख र तालिवानका उपप्रमुखबीच गोप्य भेट

अमेरिकी गुप्तचर निकाय (सीआइए) प्रमुख र तालिबानका उपनेता मुल्ला अब्दुल गनी बारादरबीच काबुलमा गोप्य भेटवार्ता भएको अमेरिकी ‘द वाशिङ्गटन पोस्ट’ले मङ्गलबार जानकारी गराएको छ । अमेरिकी संघीय गुप्तचर निकाय प्रमुख विलियम बन्र्स र बारादरबीच सोमबारको भेट वार्ता भएको अमेरिकी उक्त पत्रिकाले उल्लेख गरेको छ ।. . .


काबुल विमानस्थल अझै अस्तव्यस्त, देश छोड्न हजारौँ नागरिकको भीड

काबुल विमानस्थल अहिले पनि अव्यवस्थित भीड र भागदौडका कारण अझै पनि अस्तव्यस्त रहेको बताइएको छ । यहाँ गत आइतबार मात्र पनि कम्तीमा सात जना अफगान नागरिकको मृत्यु भएको बेलायती रक्षा मन्त्रालयले जनाएको थियो । यहाँ अफगान र विदेशी नागरिकको ठूलो भीड लागेको छ । अफगानिस्तानको सत्तामा तालिबान आएपछि एकै पटक . . .


बेलायतमा १२औँ नेपाली मेला हुँदै

प्रत्येक वर्षजस्तै यस वर्ष पनि बेलायतमा नेपाली मेला हुँदैछ । कोरोना महामारीका कारण गत वर्ष स्थगित मेला यस वर्ष आउँदो साता सम्पन्न गर्न लागेको तमुधिं युकेले जनाएको छ । बेलायतमा सबैभन्दा धेरै नेपाली सदस्य रहेको परोपकारी संस्था तमुधिं युकेले लण्डनस्थित नेपाली दूतावाससँगको सहकार्यमा मेला गर्न लागिएक�. . .


अफगानिस्तानबाट ६५४ नेपालीको उद्धार, अझै छुटेकाहरुले यसो गर्नुहोस्

अफगानिस्तानको पछिल्लो विषम राजनीतिक परिस्थितिपछि नेपाल सरकारले त्यहाँबाट हालसम्म ६५४ नेपालीको उद्धार गरेको छ । अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिक नेपाल फर्कने प्रक्रिया जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उद्धारका क्रममा पछिल्लो पटक आइतबार राति फ्लाई दुबईको उडानबाट ३९, सोमबार �. . .


विदेशी सेना नहटेसम्म नयाँ तालिबानले सरकार नबनाउने

संयुक्त राज्य अमेरिकाले सेनाको निकास पूरा नगरेसम्म तालिबानले आफ्नो सरकारको संरचना घोषणा नगर्ने तालिवान समूहले सोमबार एएफपीसँग बताएको छ । तालिबान एक नेताले भने, “अफगानिस्तानमा एक जना पनि अमेरिकी सैनिक उपस्थित भएसम्म सरकार र मन्त्री परिषद्को गठनकोे घोषणा नगर्ने निर्णय भएको छ ।” यो भनाइलाई पुष्टि ग. . .


एक हप्ता भित्र अमेरिका लगायत देशलाई अफगानीस्तान छाड्न तालिबानको चेतावनी

काबुल विमानस्थल अस्तव्यस्त रहँदा संयुक्त राज्य अमेरिका र यसका सहयोगी राष्ट्रहरूले आगामी हप्ताभन्दा बढी अफगानिस्तानमा आफ्नो उपस्थिति विस्तार गरेमा यसबाट आउने ‘परिणाम’को जिम्मेवार उनीहले लिनुपर्ने तालिबान समूहले बताएको छ । अगस्त ३१ को समय सीमाभन्दा दुई हप्ताअघि सबै फौज देशबाट पूर्णतया हट्न लागे�. . .


भ्रष्टाचारको आरोपमा इन्डोनेसियाका पूर्वमन्त्रीलाई १२ वर्षे जेल सजायको फैसला

इन्डोनेसियाका पूर्वमन्त्री जुलिआरी बटुबारालाई १२ वर्ष जेल सजायको फैसला सुनाइएको छ । कोरोना भाइरसको महामारीका बेलामा गरिब परिवारका बालबालिकालाई पोषणयुक्त खाना उपलब्ध गराउने कार्यक्रममा अनियमितता गरेको ठहर गर्दै जेल सजाय तोकिएको हो । पूर्वसामाजिक मामिलामन्त्री बटुबारालाई जाकार्ता अदालतले दोष. . .


जुलाईमा चीनको कच्चा स्टील उत्पादनमा कमी

बेइजिङ चीनको कच्चा स्टील उत्पादन गत महिना घटेको छ । राष्ट्रिय तथ्याङ्क विभाग (एनबीएस) को तथ्याङ्कअनुसार चीनको कच्चा स्टिलको उत्पादन गत महिना घटेको पाइएको हो । “जुलाईमा देशको कच्ची स्टील उत्पादन ८६.७९ मिलियन टन रहेको छ र यो अघिल्लो बर्षको सोही अवधिको तुलनामा ८.४ प्रतिशत कम हो,” विभागले आफ्नो सूचनामा भ�. . .


भारतमा तीन करोड २४ लाखभन्दा बढी कोभिड–१९ बाट सङ्क्रमित

नयाँ दिल्ली भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या आइतबारसम्म तीन करोड २४ लाख २४ हजार २ सय ३४ पुगेको संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कले देखाएको छ । भारतभर विगत २४ घण्टाको समयमा ३० हजार ९ सय ४८ थप व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । साथै शनिबार बिहानदेखि २४ घण्टाको अन्तरालमा कोभिड–१९ सङ्क�. . .