इरानले गाजा पट्टीमा इजरायली भूमि आक्रमणले मध्यपूर्वका अन्य स्थानमा द्वन्द्व बढाउन सक्ने चेतावनी दिएको छ । इजरायली सेना सीमामा तैनाथ रहेका बेला इरानी विदेशमन्त्री होसेन आमिर अब्दुल्लाहियनर कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच भेटवार्ता भएको छ । इरानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा. . .
प्यालेस्टाइनी लडाकू समूहले आठ दिनअघि घातक आक्रमण गरेयता हमासले १२६ जनालाई बन्धक बनाएको इजरायली सेनाले आइतबार पुष्टि गरेको छ । अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा कम्तीमा एक हजार ३०० जनाको मृत्यु भएको र करिब १५० इजरायली र विदेशी बन्धक बनाएको हुनसक्ने अनुमान इजरायली अधिकारीहरूले गरेका थिए । . . .
बेइजिङ । चीनले गाजामा इजरायलको कदम ‘आत्मरक्षाको दायराभन्दा बाहिर’ भएको टिप्पणी गरेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले गाजामा नागरिकहरूको सामूहिक सजाय इजरायली सरकारले बन्द गर्नुपर्ने बताउनुभएको आइतबार प्रकाशित एक विज्ञप्तिमा उल्लेख छ । इजरायलले गाजामा हमास लडाकुहरूमाथि जमिन आक्रमण गर्ने तयारी. . .
हमासले गत हप्ता इजरायलमाथि गरेको आक्रमणमा हताहत भएका वा बन्धक बनाइएकामध्ये सबैभन्दा बढी विदेशी अमेरिकी नागरिहरू रहेको जानकारी प्राप्त भएको छ । एएफपीले सम्बन्धित देशका राजदूताबास र विदेशमन्त्रालयद्वारा सार्वजनिक तथ्याङ्कअनुसार इजरायलमा कट्टरपन्थी इस्लामिक समूह हमासको आक्रमणमा परी अहिलेसम्म �. . .
एक साताअघि दक्षिणी इजराइलमा हमासले आक्रमण गरेपछि गाजा सहरमा इजराइली हमलामा मर्नेहरूको सङ्ख्या सात सय २४ बालबालिकासहित कम्तीमा दुई हजार दुई सय १५ पुगेको प्यालेस्टिनी अधिनस्थ क्षेत्रको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले शनिबार बताएको छ । मन्त्रालयले हमलामा मारिनेहरूमा चार सय ५८ महिला रहेको जन. . .
गए राति गरिएको हवाई आक्रमणमा हमासको वायु सेना प्रमुख मुराद अबु मुराद मारिएको इजराइली वायु सेनाले बताएको छ । हमासले गाजा पट्टीस्थित उसको हवाई गतिविधि व्यवस्थापन गर्ने मुख्यालयलाई आक्रमणमा निशाना बनाइएको इजराइली वायु सेनाले उल्लेख गरेको छ । इजराइली वायु सेनाले मुराद अबु मुराद गत शनिबारको नरसंहारमा. . .
इजराइल–हमास द्वन्द्वको पछिल्लो नयाँ अपडेटमा इजराइली प्रतिरक्षा फौज (आईडीएफ) का प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जोनाथन कनरिकसले गाजा पट्टीका जनताले इजराइली सेनाको चेतावनी सुनिरहेको र सही काम गरिरहेको शनिबार बताउनुभएको छ । उहाँका अनुसार प्यालेस्टिनी नागरिकहरू उल्लेखनीयरूपमा दक्षिणतिर जान थालेका छन् . . .
गाजामा इजरायली हवाई आक्रमणमा हमासले कब्जामा लिएका कम्तीमा १३ जना बन्धकको मृत्यु भएको हमासको सैन्य शाखा अल–कासम ब्रिगेडले शुक्रबार जनाएको छ । “पछिल्लो २४ घण्टामा उत्तरी गाजा र गाजा शहरभित्र इजरायली आक्रमणमा परी विदेशी र इजरायलीको मृत्यु भएको छ,” विज्ञप्तिमा भनिएको छ । उत्तरी गाजा पट्टीमा छ जनाको . . .
शुक्रबार बेइजिङस्थित इजराइली दूतावासका एक कर्मचारीमाथि आक्रमण भएको इजराइलको विदेश मन्त्रालयले जनाएको छ । “आज बेइजिङमा इजराइली दूतावासका एक इजराइली कर्मचारीमाथि आक्रमण भएको छ”, दूतावासको परिसरमा आक्रमण नभएको उल्लेख गर्दै विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, “ती कर्मचारीको अस्पतालमा उपचार भ�. . .
इजराइली सेनाले शुक्रबार गाजाका २३ लाख जनतामध्ये करिब आधालाई उक्त सहर खाली गर्न आदेश दिएको संयुक्त राष्ट्रसङ्घका एक अधिकारीले बताएका छन् । इजराइलमाथि हमासको भयानक आक्रमणपछि हमास लडाकु समूहलाई निमिट्यान्न पार्ने लक्ष्यका साथ जमिन आक्रमण गर्नुअघि सेनाले उक्त आदेश दिएको हो । उक्त आदेशले यस अघिदेखि . . .
इजराइलमा हमासको हालैको आक्रमणपछि सामाजि सञ्जाल एक्स (यसअघि यसको नाम ट्विटर थियो) ले हमास सम्बद्ध सयौँ खाताहरू हटाएको छ । “आतङ्कवादी सङ्गठनहरूलाई एक्समा कुनै स्थान छैन” भन्दै उसले खाता बन्द गरेको हो । “एक्स सार्वजनिक कुराकानीको सेवाका लागि प्रतिबद्ध छ, विशेषगरी यस्ता महत्वपूर्ण समयमा एक्सको प्लेट�. . .
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले शुक्रबार अरब मुलुकका राजधानीहरूको भ्रमण सुरु गर्नुभएको छ । हमासको आतङ्कवादी हमलापछि इजराइलले गाजापट्टीमा सम्भावित ठूलो हमलाको तयारी गरिरहेको बेला हमासमाथि अरब राष्ट्रहरूको दबाब बढाउने खोजीमा उहाँले अरब मुलुकहरूको भ्रमण सुरु गर्नुभएको हो । उहाँले लामो. . .