अन्तराष्ट्रिय खबर

पाकिस्तानमा पाँच विद्रोही र एक सैनिकको मृत्यु

हिंसात्मक घटनामा परी पाकिस्तानमा थप पाँच विद्रोही र एक सैनिकको मृत्यु भएको छ । सेनाले चलाएको सैन्य कारबाहीका क्रममा उनीहरूको मृत्यु भएको सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । देशको दक्षिण पश्चिमी क्षेत्रमा पर्ने बलुचिस्तान प्रान्त स्थित जिअरात जिल्लामा घटना भएको जनाइएको छ । विद्रोही. . .


श्रीलङ्काको सत्तारुढ दलले पनि राष्ट्रपतिमा उम्मेदवारी दिने

श्रीलङ्काको सत्तारुढ दलले राष्ट्रपतिमा उम्मेदवारी दिने भएको छ । वर्तमान अन्तरिम राष्ट्रपति तथा प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई नै उम्मेदवार बनाउने सम्भावना रहेको बताइएको छ । निवर्तमान राष्ट्रपति गोटावाय राजापाक्षले देश छाडेर राजीनामा दिएपछि नयाँ राष्ट्रपति चयनका लागि श्रीलङ्कामा आगामी . . .


दक्षिण कोरियामा लगातार मूल्य वृद्धि

ऊर्जाको उच्च मूल्यका कारण दक्षिण कोरियामा आयातित सामानको मूल्यमा लगातार दोस्रो महिना पनि वृद्धि भएको यहाँको केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक तथ्याङ्कमा उल्लेख छ । बैंक अफ कोरिया (बीओके) का अनुसार जून महिनामा आयात मूल्य सूची १५४.८४ रहेकोमा यो एक महिना पहिलेको भन्दा ०.५ प्रतिशतको वृद्धि भएको छ । अ�. . .


श्रीलङ्काका राष्ट्रपतिको राजिनामा स्वीकृत गरिएको सभामुखद्वारा जानकारी

श्रीलङ्कामा देशैभरि बृहत् विरोध प्रदर्शन भइरहँदा शुक्रबार सभामुख महिन्दा यापा अबयवार्देनाले गोटाबाया राजपाक्षले राष्ट्रपतिको रुपमा दिएको राजिनामा स्वीकृत भएको बताउनुभएको छ । “राष्ट्रपतिको राजीनामा स्वीकृत भएको छ । आवश्यक कानुनी प्रक्रियापछि संसद सदस्यहरूलाई भोलि नयाँ राष्ट्रपति निर्वाचित ग. . .


अमेरिकामा एक हजारभन्दा बढी मङ्कीपक्स सङ्क्रमण पुष्टि

संयुक्त राज्य अमेरिकाले बुधबारसम्म ४३ वटा राज्यमा एक हजारभन्दा बढी विरामीमा मङ्कीपक्स सङ्क्रमण भेटिएको पुष्टि गरेको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) को पछिल्लो तथ्याङ्कअनुसार क्यालिफोर्नियामा सबैभन्दा धेरै १६१ जनामा मङ्कीपक्सबाट सङ्क्रमित भएको पुष्टि भएको छ । त्यसैगरी न�. . .


काबुलमा धर्मगुरूको हत्या

अफगानिस्तानको राजधानी काबुलमा बुधबार एक धार्मिक अध्येताको गोली हानी हत्या गरिएको छ । स्थानीय स्रोतले बिहीबार दिएको जानकारी अनुसार उहाँलाई अज्ञात सशस्त्र समूहको एक जत्थाले आक्रमण गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणकारी सशस्त्र समूहले धर्मगुरू शेख सरदार वली साकिबलाई आक्रमण गरेको र . . .


कोरोना सङ्क्रमण : भारतमा वृद्धि, दक्षिण कोरियामा केही कम

भारतमा बुधबारको तुलनामा कोरोना सङ्क्रमण १९ प्रतिशतले बढेको छ । बितेका २४ घण्टामा २० हजार एकसय ३९ जना सङ्क्रमित फेला परेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ । हिजोको तुलनामा आज तीन हजार दुईसय ३३ जना कोरोना सङ्क्रमित बढेका छन् । हिजो प्रकाशित विवरणअनुसार कोरोना सङ्क�. . .


पाकिस्तानमा जुन महिनामा १५७ महिला अपहरित

पाकिस्तानमा जुन महिनामा १५७ जना महिला अपहरित भएका छन् । सोही अवधिमा ९१ महिलामाथि बलात्कार भएको विवरण पनि हालै सार्वजनिक भएको एक प्रतिवेदनमा उल्लेख छ । दिगो सामाजिक विकास सङ्गठन (एसएसडिओ) र अनुसन्धान, विकास र सञ्चार केन्द्रले तयार पारेको प्रतिवेदनमा महिला विरुद्धका हिंसा बढेको देखिएको छ । हिंसाको . . .


श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षे माल्दिभ्सबाट सिङ्गापुर प्रस्थान

श्रीलङ्कामा चर्को विरोध प्रदर्शनपछि माल्दिभ्सको राजधानी माले पुगेका निवर्तमान राष्ट्रपति गोटाबाया राजापाक्षे आज सिङ्गापुर प्रस्थान गरेका छन् । राजपक्षेले माल्दिभ्स छाडेर निजी जेटमा सिङ्गापुर जाँदै गरेको डेली मिररले स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ। यसअघि, एक निजी जेट माल्दिभ्सबाट सिङ्गाप. . .


लस एन्जलसमा कारोनाको त्रास, मास्क अनिवार्य गर्ने सरकारी तयारी

कोरोना भाइरसको सङ्क्रमण पुनः बढेकाले एक करोड जनसङ्ख्या भएको यो महानगरमा अनिवार्यरूपमा मास्क लगाउनुपर्ने प्रावधानलाई पुनः लागू गर्ने तयारी भइरहेको छ । अस्पताल भर्ना हुने बिरामीको चापलाई दृष्टिगत गरी मास्क लगाउनुपर्ने प्रावधानलाई पुनः लागू गर्ने सोचमा सरकार रहेको स्वास्थ्य निर्देशक बारबरा फेरे�. . .


क्यानडामा ४७७ जनामा मङ्कीपक्स सङ्क्रमण

क्यानाडाको जनस्वास्थ्य एजेन्सीले बुधवारसम्म देशमा कुल ४७७ जना मङ्कीपक्स सङ्क्रमण भएको पुष्टि गरेको छ। एजेन्सीका अनुसार क्युबेकमा २८४, ओन्टारियोमा १५६, ब्रिटिश कोलम्बियामा २९ र अल्बर्टाका आठ जनामा सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय माइक्रोबायोलोजी प्रयोगशालाले मङ्कीपक्स निम्त्याउने भाइरसको नि. . .


कोरोना सङ्क्रमण : भारतमा र दक्षिण कोरियामा बढ्दै

भारतमा र दक्षिण कोरियामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको छ । भारतमा मङ्गलबारको तुलनामा तीन हजार २९१ सङ्क्रमित बढेको पुष्टि भएको हो । बितेका २४ घण्टामा १६ हजार नौसय छ जना सङ्क्रमित फेला परेका छन् । हाल भारतमा कोरोनाका कूल सङ्क्रमितको सङ्ख्या चार करोड ३६ लाखभन्दा बढी पुगेको समाचारमा जन�. . .