सम्पूर्ण समाचार

महोत्तरीबाट बयासी किलो गाँजासहित दुईजना पक्राउ

जलेश्वर । महोत्तरी प्रहरीले आज गौशाला नगरपालिकाको जङ्गल क्षेत्रबाट ट्र्याक्टरमा बोकेर ल्याउँदै गरेको ८२ किलोग्राम लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बस्ने २६ वर्षीय ट्र्याक्टर चालक गणेश सार्की र सोही ठाउँका ट्र्याक्टरमा सवार २७ वर्षीय �. . .


दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक २३ दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ४५ दशमलव ०१ अङ्कमा कायम भएको हो । आज दुई सय ६६ वटा कम्पनीको २५ लाख ७७ हजार दुई सय १० कित्ता शेयर २५ हजार छ सय ३५ पटक खरिदबिक्री हुँदा रू ८५ करोड ७६ लाख २४ हजार तीन सय १८ बराबरको कार�. . .


उदयपुरबाट नौ हजार युवा रोजगारीका लागि विदेसिए

उदयपुर । उदयपुरबाट एक वर्षभित्र नौ हजार युवा रोजगारीका लागि विदेसिएका छन् । जिल्ला प्रहरी कार्यालय र सुरक्षित आप्रवास योजना (सामी) उदयपुरको तथ्याङ्कअनुसार विसं २०७९ मा मात्रै वैदेशिक रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या नौ हजारको हाराहारीमा पुगेको छ । वैदेशिक रोजगारीमा जाने अधिकांश युवा सीप. . .


साफ च्याम्पियनसिप : नेपाल र भारत एउटै समूहमा

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घले आयाेजना गर्ने साफ च्याम्पियनसिप २०२३ मा नेपाल समूह ए मा परेको छ। दक्षिण एशियाली फुटबल महासंघ(साफ)ले बुधबार सार्वजनिक गरेको खेलतालिकाअनुसार समूह 'ए' मा नेपाल र भारतसँगै कुवेत र पाकिस्तान रहेका छन्। समूह 'बी'मा लेबनान, माल्दिभ्स, भुटान र बङ्गलादेश छन्। प्रतिय�. . .


गण्डकीमा सबैभन्दा बढी आर्थिक वृद्धिदरको अनुमान

काठमाडौँ । यसवर्ष गण्डकी प्रदेशमा सबैभन्दा बढी र बागमती प्रदेशमा सबैभन्दा कम आर्थिक वृद्धिदर अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले मङ्गलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९÷८० को प्रादेशिक लेखाअनुमान प्रतिवेदनअनुसार गण्डकी प्रदेशमा तीन दशमलव तीन प्रतिशतको आर्थिक वृद्धिदर कायम हुने अन. . .


नक्कली शरणार्थी प्रकरणमा नछुटुन् नेता

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने सञ्जालमा देशका राजनीतिक दलका नेताको पनि संलग्नता देखिएको छ । बिचौलियाको योजनामा देशको गृह प्रशासन र सरकारको उच्च ओहोदामा बसेकाहरु नै संलग्न देखिनु राष्ट्रका लागि लज्जाजनक भएको छ । अर्को राष्ट्रसँग जोडिएको इस्यूमा नेपाल भित्र भएको गद्दा. . .


कामीरिताको विश्वकीर्तिमान : २७औँ पटक सर्वोच्च शिखरमा

काठमाडौँ । कीर्तिमानी आरोही कामीरिता शेर्पाले २७औँ पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर आफ्नै विश्वकीर्तिमान तोड्नुभएको छ । वसन्त ऋतुको यो यामको जारी आरोहणमा आज बिहान ८ः३० मा सगरमाथाको चुचुरोमा पुगेर शेर्पाले यसअघि २६ पटकको रेकर्ड तोड्नुभएको हो । सेभेन समिट ट्रेक्स प्रालिबाट आरोहणमा जानुभ�. . .


बागमती प्रदेशमा लम्पी स्किनबाट अठार हजार गाई सङ्क्रमित

मनहरि । बागमती प्रदेशका १३ जिल्लामा घरपालुवा पशुचौपायामा देखिने विषाणुजन्य ‘लम्पी स्किन’ रोगको सङ्क्रमण बढ्न थालेको छ । पहिलो चरणमा सङ्कलन गरिएको तथ्याङ्क अनुसार हालसम्म १८ हजार तीन सय २४ गाईमा सङ्क्रमण देखिएको प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । देशभर फैलिएको लम्पी स्किन रोग गा. . .


सार्वजनिक यातायातको भाडा घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायातअन्तर्गत यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर घटाएको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी डिजेलमा मूल्य घटाएसँगै उक्त विभागले पनि आज सार्वजनिक यातायातको भाडादर घटाएको हो । विभागले आज एक सूचना जारी गर्दै इन्�. . .


मदन भण्डारी र जीवराज आश्रितका सपना पूरा गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी र जीवराज आश्रितका सपना पूरा गर्नुपर्ने बताउनुभएको छ । एमालेले मदन भण्डारी र जीवराज आश्रितको ३०औँ स्मृति दिवसको अवसरमा आज मदननगर बल्खुस्थित एमालेको पुरानो पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा उहाँले दुई नेताले छोडेर जानुभएको अभ�. . .


‘राष्ट्रिय सहिद’ मुकेश कायस्थ को हुन् ?

काभ्रे । सरकारले दोस्रो जनआन्दोलनमा घाइते भई अचेत अवस्थामा निधन भएका मुकेश कायस्थलाई ‘राष्ट्रिय सहिद’ घोषणा गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले काभ्रे बनेपा नगरपालिका–८ का उहाँलाई सहिद घोषणा गरेको हो । यसअघि मुकेश ‘जिउँदो सहिद’का रूपमा परिचित हुँदै आउनुभएको थियो । मुकेशको गत बुधबार स�. . .


परीक्षा मर्यादित बनाउन नेबिसंघ मोरङको माग

विराटनगर । नेपाल विद्यार्थी संघ मोरङले निजी कलेजहरुले शैक्षिक गुणस्तरमा ध्यान नदिएपनि कलेजको नामका लागि विद्यार्थीलाई परीक्षामैत्री बनाउन खोजेको आरोप लगाएको छ । राष्ट्रिय परीक्षा बोर्ड कोशी प्रदेश कार्यालयमा ज्ञापनपत्र बुझाउँदै नेविसंघले परीक्षामा प्रलोभन र धम्की दिएर विद्यार्थीलाई हतोत्सा�. . .