सम्पूर्ण समाचार

टुकुचाको भूमिगत स्वरूप राणाकालमै : जलाधारविज्ञ

काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबार हात्तीसारस्थित जय नेपाल सिनेमा हल क्षेत्रमा उत्खनन गरेको टुकुचाको भूमिगत स्वरूप राणाकालमै रहेको तथ्य भेटिएको छ । करिब १३० वर्षअघि तत्कालीन प्रधानमन्त्री वीरशमशेर राणाले बनाएको पानी बग्ने उक्त गुम्बजको संरक्षणमा सरोकारवालाले ध्यान दिनुपर्ने विज्ञहरू �. . .


संविधानले नेपालीलाई राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ का अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताउनुभएको छ । दिवसका अवरमा आज दिनुभएको सन्देशमा राष्ट्रपति भण्डारीले सङ्घीय लोकतान्त्रिक गणतन. . .


संविधानको पूर्ण पालना, संरक्षण र संवद्र्धन अनिवार्य सर्त : उपराष्ट्रपति

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध राष्ट्र र समतामूलक समाज निर्माणका लागि संविधानको पूर्ण पालना, संरक्षण र संवद्र्धन अनिवार्य सर्त भएको बताउनुभएको छ । संविधान दिवस–२०७९ का अवसरमा आज शुभकामना दिँदै उहाँले संविधान पालनमा केही चुनौतीहरु देखापरे तापनि संविधानको कार्यान्वयनमा सन्तोषजनक. . .


संविधानले बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : प्रम देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको चाहनाअनुरुप नेपालको संविधानले विगतमा नेपाली समाजमा रहेका छुवाछूत, विभेद र उत्पीडनजस्ता सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरेको उल्लेख गर्नुभएको छ । साथै उहाँले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाज�. . .


संविधान रक्षा एवं सफल कार्यान्वयनका लागि अध्यक्ष दाहालको अपिल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संविधानले मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत मात्र गरेको नभई समानुपातिक, समावेशी, मौलिक हक, पहिचान र अधिकारलगायत विषयमा अग्रगामी रहेको बताउनुभएको छ । संविधान दिवस–२०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम�. . .


बुढीगंगामा करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर । बुढीगंगा गाउँपालिका १ मा रहेको कोशी प्याकेजिङ कार्टुन फ्याक्ट्रिमा एक जना मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम छथर शुक्रबारे ५ घर भएका २५ बर्षीय आकाश लिम्बु रहेका छन् । शनिबार बेलुका सँवा ४ बजे फ्याक्ट्रि नजिकै जमेको पानीको खाल्डोमा करेन्ट लगाई माछा मार्ने क्रममा क. . .


राष्ट्रपति भण्डारीले संविधान दिवसको अवसरमा छ सय ८१ कैदीलाई आममाफी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस, २०७९ का अवसरमा कैद सजाय भुक्तान गरेका र भुक्तान हुन बाँकी छ सय ८१ कैदीलाई आममाफी दिनुभएको छ । राष्ट्रपति भण्डारीले सर्वाेच्च अदालतका आदेशको समेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका पासाङ शेर्पासहित दुई सय तीन र इन्द्रकु�. . .


नेपालबाट ३० करोडको पानी विदेश निर्यात

काठमाडौं । नेपालबाट गतवर्ष रु ३० करोडको पानी विदेश निर्यात भएको छ । नेपाल बोटल वाटर उद्योग सङ्घको ‘१२ औँ वार्षिक साधारण सभा एवं दशैँ, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम’मा आव २०७८/०७९ मा नेपालबाट रु ३० करोडको पानी निर्यात भएको जानकारी दिइएको हो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ�. . .


राष्ट्रपति शैक्षिक सुधारका लागि खोटाङका ५३ विद्यालय छनोट

खोटाङ ।राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि खोटाङका ५३ वटा विद्यालय छनोट भएका छन् । नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयअनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका तीन हजार चार सय ७५ सामुदायिक विद्यालय छनोट हुँदा खोटाङका ५३ वटा विद्यालय परेका हुन् । दिक्त. . .


मुलुकभर वार्षिक १० लाख टन फोहर उत्पादन

काठमाडौं । देशभरबाट वार्षिक करिब १० लाख टन फोहर उत्पादन हुने गरेको छ । त्यसमध्ये प्रतिवर्ष तीन लाख ८६ हजार ६ सय ९० टन आवासीय क्षेत्रबाट, दुई लाख ४५ हजार आठ सय ८४ टन व्यापारिक क्षेत्रबाट निष्कासन हुने सरकारी तथ्याङ्कले देखाएको छ । यसैगरी एक लाख तीन हजार दुुई सय ४४ टन शैक्षिक संस्थाहरूबाट, ९४ हजार तीन सय ९२ . . .


ताप्लेजुङमा नयाँ दुई मतदानस्थल थप

फुङ्लिङ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङको दुई नयाँ मतदानस्थल थपिएको छ । मतदाता सङ्ख्या र भूगोललाई आधार मानेर नयाँ दुई मतदानस्थल थप गरिएको हो । स्थानीय तह निर्वाचनपछि ताप्लेजुङमा दुईवटा मतदानस्थल थप भएको हो । नयाँ मतदानस्थल थप भएसँगै ताप्लेजुङमा . . .


गहना चोरेर बिक्री र खरिद गर्ने तीनजना पक्राउ

इटहरी । सुनसरी इटहरी–८ स्थित प्रविशा कार्कीको घरबाट गत जेठ ५ गते सुनको गहना चोरी गर्ने र चोरीको गहना खरिद गर्ने तीनजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय इटहरीको टोलिले सुन चोरी गरेको आरोपमा भदौ ३१ गते दमक–२ का अरुण रानामगर र बृखमान राईलाई इटहरीबाट पक्राउ गरेको थियो । इटहरी उनलाई पक्राउ गरेपछि स�. . .