सम्पूर्ण समाचार

टिकटक बनाउने क्रममा धरानका एक युवाको उदयपुरको हर्देनी भीरबाट लडेर मृत्यु

उदयपुर । उदयपुरको कटारी नगरपालिका–११ हर्देनी भीर माथी टिकटक बनाउने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । धरानबाट ओखलढुङगातर्फ जाँदै गरेको ना १ च ३३७० नम्बरको सुमो आज बिहान पौने १० बजे सडकमा बिग्रिएको बेला यात्रु ओर्लेर टिकटक बनाउने क्रममा झरेर मृत्यु भएको हो । सुमोमा सवार रहेका धरान–५ का १८ बर्षीय सुभ. . .


कोरोना संक्रमितलाई प्रयोग गरिने ‘रेमडिसिभर’नक्कली ! विराटनगरबाट कारोबारी पक्राउ

विराटनगर । कोरोना संक्रमितको उपचारमा प्रयोग गरिने ‘रेमडेसिभिर’ इन्जेक्सन नक्कली बनाएर बिक्री वितरण हुने गरेको पाइएको छ । संकटका बेला सक्रिय रहेको गिरोहका एकजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो । प्रहरीले नोबेल मेडिकल कलेज विराटनगर अगाडी सञ्चालनमा रहेको साथी फार्मेसीका सो�. . .


उपप्रमुखको गाडीले कोरोना नभएका बिरामी बोक्ने

काठमाण्डौ नगर उपप्रमुख ज्ञानमाया डङ्गोलको गाडीले कोरोना नभएका बिरामी बोक्ने भएको छ । देशभर कोरोना सङ्क्रमित बिरामी बढेसँगै सरकारले निषेधाज्ञा जारी गरेपछि अस्पताल जान गाह्रो भएका बिरामी बोक्नका लागि उक्त गाडी प्रयोग गरिनेछ । नगर उपप्रमुख डङ्गोलले डाइलोसिस, डेलिभरी लगायतका अत्यावश्यक बिरामीला�. . .


टोखामा अक्सिजनसहितको १५ श्ययाको आइसोलेशन केन्द्र सञ्चालनमा

टोखा टोखा नगरपालिकामा अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालनमा आएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको सो नगरपालिकाले दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै आजदेखि अक्सिजनसहितको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको हो । नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले वडा नं २ स्थित टोखा प्राथमिक स्वा�. . .


पाकिस्तानी प्रधानमन्त्री खान साउदीको तीन दिने भ्रमणमा

इस्लामाबाद पाकिस्तानका प्रधानमन्त्री इमरान खान साउदी अरबको तीन दिन भ्रमणका लागि शुक्रबार त्यसतर्फ प्रस्थान गर्नु भएको छ । भ्रमणका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्धका बारेमा छलफल हुनेछ । पाकिस्तानी अखबार डनका अनुसार दुई देशबीच केही समयदेखि जारी तिक्तता हटाउन दुबै पक्षले प्रयास गर्नेछन् । . . .


गृहमन्त्री थापा र डा देवकोटाबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता

हेटौँडा नेकपा (एमाले)का केन्द्रीय सदस्य रामबहादुर थापाले वाग्मती प्रदेशमा राष्ट्रियसभामा रिक्त एक सदस्यका लागि प्रदेश निर्वाचन कार्यालय वाग्मती प्रदेश हेटौँडामा आज उम्मेदवारीको मनोनयन दर्ता गराउनुभएको छ । उहाँको उम्मेदवारीका प्रस्तावकमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक �. . .


विराटनगरका व्यवसायीको बजेट सुझाव : मूअकर र आयकर गणना गर्ने प्रणालीमा सुधार गरिनुपर्छ

विराटनगर। भन्सार महसुल प्रयोजनका लागि कायम गरिएको कुनै पनि मालवस्तुको मूल्याङ्कनलाई आधार मानेर मूअकर र आयकर गणना गर्ने प्रणालीमा सुधार गर्नुपर्ने विराटनगरका व्यवसायीले माग गरेक छन्। मोरङ व्यापार संघले अर्थ मन्त्रालयलाई बजेटसम्बन्धीकोसुझाव पठाउँदै भन्सारमा कायम गरिएको मूल्यका आधारमा मूअकर र आय�. . .


मलामी बोकेको जीप दुर्घटना हुँदा १७ जना घाइते

कुश्मा कुश्मा नगरपालिका–१० पीपलटारीमा आज बिहान मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते भएका छन् । वडा नं १३ खौलालाँकुरीदेखि सदरमुकाम कुश्माबजारस्थित अस्पतालसम्म आउँदै गरेको ग२च ५२१३ नंको जीप कुश्मा–१० सिमखेतमा दुर्घटना हुँदा १७ जना घाइते भएका हुन् । घाइतेमध्ये १६ वर्षीय अमन परियार र ५७ वर्षीय �. . .


बहराइनका राजकुमार खलिफाको टोली लाग्याे सगरमाथाको चुचुरोतर्फ

काठमाडौं यस वर्षको पर्वतारोहणका भीआइपी आरोही बहराइनका राजकुमार मोहम्मद हामद मोहम्मद अल खलिफाको टोली सगरमाथा आरोहणका लागि चुचुरोतर्फ लागेका छन् । राजकुमार खलिफा सहित दुई दर्जन आरोही विहीबार राती चुचुरोतर्फ बाटो लागेका हुन् । वैशाख २८ गते चुचुरोमा पुग्ने लक्ष्य लिएर तीस जना शेर्पा गाइडसहित टोली च�. . .


कोरोना विशेष अस्पताल बेलझुण्डीमा १०० शय्या थपिए

बेलझुण्डी कोरोना विशेष अस्पताल बेलझुण्डीमा १०० शय्या सञ्चालनमा आएको छ । अस्पतालका व्यवस्थापक दोर्ण ओलीका अनुसार यसअघि ४२ शय्या सञ्चालनमा थिए । शय्या थपिएसँगै अहिले ५७ बिरामीलाई राखिएको छ । शय्या थपिए पनि अक्सिजन सिलिण्डर नथपिएको भन्दै समस्या हुने गरेको ओलीले दुखेसो पोख्नुभयो । जिल्लाको घोराहीस�. . .


बर्दियाका एक युवकको होमआइसोलेशनमै मृत्यु

बर्दिया बर्दियाको बारबर्दिया नगरपालिका–८ का एक कोरोना सङ्क्रमित युवकको होम आइसोलेशनमा मृत्यु भएको छ । बारबर्दिया–८ का ३८ वर्षीय युवाको वैशाख १७ गते बाँसगढीको माछागढमा रहेको कोभिड अस्पतालमा एन्टिजेन परीक्षण गराउँदा उहाँ र उहाँकी श्रीमतीकोमा पोजेटिभ रिपोर्ट आएको थियो । उहाँहरूको रिपोट पोजेटिभ आए�. . .


बाँकेमा थप चार सङ्क्रमितको मृत्यु

बाँके बाँकेमा कोरोना सङ्क्रमणबाट बिहीबार थप चार जनाको उपचारको क्रममा मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई, कोहलपुरस्थित शिक्षण अस्पतालमा एक र एक जनाको उपचारपछि घर लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो । उहा�. . .