सम्पूर्ण समाचार

यीनै महिला हुन् जसले मोरङका ५० जना युवालाई ठगिन्, पीडित श्रम कार्यालय विराटनगमा

विराटनगर । वैदेशिक रोजगारीका लागि माल्दीभ्स पठाउने नाममा मोरङकी एक महिलाले ५० जनासँग ५० लाख रुपैयाँ ठगी गरेर फरार भएको उजुरी परेको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० विराटचोक बस्दै आएकी ३३ वर्षीय लक्ष्मी दाहाल (विडारी) ले ५० जना युवासँग प्रतिव्यक्ति एक लाख र एक जनासँग दुई लाख रुपैयाँ ठगी गरेको विरा�. . .


विप्लव माओवादी परित्याग गरि मोरङ जिल्ला सेक्रेटरी सहित तीनजना नेकपामा प्रवेश

विराटनगर । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादी मोरङका सक्रेटरी नवराज नेपालसहित तीन जना सत्तारूढ दल नेकपामा प्रवेश गरेका छन् । विराटनगरस्थित नेकपा मोरङको पार्टी कार्यालयमा बुधबार एक कार्यक्रमको बिच पार्टी प्रवेश गरेका हुन् । नेकपा प्रवेश गर्नेहरूमा विप्लप समूहको मोरङ जिल्�. . .


‘सभामुखको जिम्मेवारी राम्रोसँग निभाउन सक्छु’

संघीय संसदअन्तर्गत प्रतिनिधिसभाका सबै माननीय सदस्य सभामुख बन्ने समान हैसियतमा छन् । अहिले यो व्यक्ति बन्न हुने, त्यो बन्न नहुने भन्न मिल्दैन । मेरो हकमा भन्ने हो भने प्रतिनिधि सभामा झण्डै दुई वर्ष उपसभामुखकौ हैसियतमा कार्यरत छु । यो मेरा लागि अनुभव र सिकाइ दुईवटै महत्वपूर्ण छन् । तत्कालीन नेकपा एमाल. . .


झापाका उपप्रमुखहरु काम गर्दै, सिक्दै

भद्रपुर । रनमाया सार्की (सुभद्रा)को मुद्दा मिलाउन झापा गाउँपालिकाकी उपाध्यक्ष कुन्ती बुढाथोकीलाई निकै मुस्किल भयो । २ वर्ष वैदेशिक रोजगारमा गएकी उनी सामान्य शंकाको भरमा घरबाट निकालिएकी थिइन् । परिवारलाई सहमतिमा ल्याएपछि सुभद्रालाई १३ वर्षपछि बुढाथोकीले घरमा पुनःस्थापित गराइदिइन् । ‘महिलालाई �. . .


मोरङको जहदा गाउँपालिका–१ का कार्यवाहक वडा अध्यक्ष उमेशकुमार घुस लिँदालिँदै समातिए

मोरङको जहदा गाउँपालिका–१ का कार्यवाहक वडा अध्यक्ष उमेशकुमार साहलाई घुस लिँदालिँदै अख्तियार टोलीले मंगलबार पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले साहलाई वडा कार्यालय भित्रैबाट २१ हजार रुपैयाँ लिँदै गर्दा रंगेहात पक्राउ गरेको हो । सडक स्तरोन्नतिका लागि दुई लाख रुपैयाँ�. . .


कोशीटप्पुको संरक्षण र पर्यटन विकासका लागि तीन तह एक ठाउँमा, यसरी बन्दैछ योजना

विराटनगर । कोशीटप्पु बन्यजन्तु आरक्ष क्षेत्र र आरक्ष आसपासको क्षेत्रलाई संरक्षण गरी पर्यटन प्रवद्र्धनमा लैजान सबै तयार भएका छन् । पर्यटकीय क्षेत्र कोशी टप्पु ः पुर्बाधार विकास र कानुनी जटिलता बिषयमा संवाद समुह मोरङले कोशीटप्पुमा मंगलवार आयोजना गरेको संवादका क्रममा कोशीटप्पुको संरक्षण गर्दै पर्य�. . .


रंगेलीको बेतौना नाकाबाट भारत तर्फ गोरुको तस्करी, २३ गोरु नियन्त्रणमा

विराटनगर । मोरङको रंगेली नगरपालिका २ बेतौना नाकाबाट नेपालबाट भारत तर्फ गोरुको तस्करी हुने गरेको पाईएको छ । गएराती सो नाका हुँदै भारत तर्फ लग्दै गरेको अबस्थामा प्रहरीले २३ वटा नियन्त्रणमा लिएसँगै सो नाका भएर गोरुरको तस्करी हुने गरेको पाईएको हो । रातीको समयमा रंगेली २ आफन्त ईटा भट्टा नजिकैबाट अबैध रुप�. . .


बिराटनगरको विकासबाट निराश जनताले टासे मेयर पराजुलीको तस्बिर पोल-पोलमा

बिराटनगर मङ्सिर ३ , सार्वजनिक ठाउँमा ठेकेदारको तस्बिर टाँसेर नैतिक दबाब दिने क्रम बिराटनगरमा पनि सुरु भएको छ । प्रदेश नम्बर १ को राजधानी विराटनगरमा पनि विराटनगरवासीको आखामा ठेकेदार नभएर बिराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीको तस्बिर टासिएको छ ।  सडक निर्माणमा ढिलो गरेको भन्दै विराटनगर–६ का स्. . .


इटहरीमा महिलाको शव फेला, पहिचान हुन सकेन

सुनसरीको ईटहरी उमनपा वडा न. ४ भिरगाउ स्थित वुढी खोलाको पश्चिम किनाराको कास घारीमा कालो सेतो वुट्टे रङको सुरुवाल र पहेलो भेष्ट लगाएको एक महिलाको शव फेला परेको छ । उचाई ४ फिट ११ ईन्च भएको वेवारिसे महिलाको अनुहार, छाती, पेट, हात तथा खुट्टाको पैतलाको भाग र कम्मर घाटीको भागहरु समेत सडी गली उत्तानो अवस्थामा वे. . .


प्रदेश नम्बर १ पर्यटन : तमोर नदिमा रमाउदै जलयात्री

चन्द्र पन्दाक ताप्लेजुङ, मङ्सिर ३ गते । ताप्लेजुङस्थित तमोर नदी जलयात्राका लागि आकर्षक गन्तव्य बनेका छ । अहिले ¥याफ्टिङको सिजन सुरु भएसँगै तमोरमा जलयात्राका लागि पर्यटकको आगमन बढ्दै गएको छ । नेपालमा रहेका ¥याफ्टिङ कम्पनीको सम्पर्कमा विदेशी पर्यटक आएर तमोरमा जलयात्रा गर्ने गरेका छन् । कात्तिकयता त�. . .


बेलवारीमा एक महिलाको कारुणिक चित्कार ‘चुहुने छाप्रोमा रातभरको त्रास’

विराटनगर । सोमबर विहानको करिब ६ बजेको थियो । करिब५० बर्ष जस्तो देखिने एक महिला लक्ष्मी मार्गमा रहेको बेलवारी नगरपालिकाकी उपमेयर ढाका पराजुलीको घर अगाडी पुगिन् । निन्याउरो अनुहार, कतिदिन नसुतेको जस्तो जिङ्ग्रीङ्ग परेको कपाल अनी उनको अनुहारले केही मागिरहेको जस्तो । कुनै पीडाका बिचमा उनी न्यायको आशाम�. . .


प्रदेशको नामाकरण घोषणा अन्तिम चरणमा : मन्त्री घिमिरे

संखुवासभा । प्रदेश १ सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशको नामाकरण घोषणा अन्तिम चरणमा पुगेको बताए। सदरमकाम खाँदबारीमा सोमबार प्रेस संगठन संखुवासभाले गरेको पत्रकार भेटघाट कार्यक्रममा उक्त कुरा बताएका हुन्। बालबालिकासँग प्रदेश सरकार कार्यक्रममा सहभागी हुन संखुवासभा आएका सामाजिक विकासमन�. . .