सम्पूर्ण समाचार

विराटनगरमा केरा बोकेको पिकअपबाट २५० केजी गाँजा बरामद, एक पक्राउ

विराटनगर । मोरङमा प्रहरीले काँचो केरा लोड भएको पिकअप भेनबाट २५० केजी गाँजा बरामद गरेको छ । भारत लैजाँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका–१७ आईसीपी रोडबाट प्रदेश १–०२–०२ च ६३३१ नम्बरको पिकअप भ्यानबाट गाँजा बरामद भएको हो । मंगलबार राति साढ ११ बजेतिर काँचो केरा लोड गरिएको पिकअप भेनमा गाँजा लैजादै �. . .


भारतको कश्मीरमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार

काठमाडौं । नेपालबाट मजदुरीका लागि भारतको कश्मीर पुर्‍याएर बन्धक बनाइएका ३५ जना नेपालीको उद्धार गरिएको छ। सर्लाही, महोत्तरी, धनुषाका नेपाली मजदुरहरूलाई दैनिक ११ सय (नेपाली रुपैयाँ) ज्याला पाउने गरी ठेकेदारले जम्मु पुर्‍याएका थिए। तर, उनीहरूलाई कश्मीरको श्रीनगर बडगांग पुर्‍याइयो। त्यहाँ भारतीय ठ�. . .


संसद् सञ्चालन बारे प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच छलफल

काठमाडौं । संसद् सञ्चालनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेपनि कांग्रेसको अवरोधका कारण दुवै सदनले राष्ट्रपति पौडेललाई धन्यवाद प्. . .


यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३२ पैसा र बिक्री दर १३३ रुपैयाँ ९२ पैसा रहेको छ । मंगलबार डलरको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा रहेको थियो । त्यस्तै, युरो एकको खर�. . .


भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सम्पत्ति कति होला ?

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सम्पत्ति कति होला ? मोदी आफैँले दिएको जानकारीअनुसार भने उनको चल सम्पत्ति तीन करोड भारतीय रुपैयाँभन्दा बढी छ । उनले देखाएको तीन करोडमध्ये धेरैजसो रकम बैंकमा मुद्दति छ । लोकसभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता गर्नेमा प्रधानमन्त्री मोदीले आफ�. . .


क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा बुधबार पनि सुनुवाइ हुँदैछ । मंगलबार न्यायाधीश सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासमा परेको मुद्दामा सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो । सन्दीपका तर्फबाट मंगलबार वरिष्ठ अधिवक्ताहरू रामनारायण बिडारी, �. . .


दिल्ली क्यापिटल्सले लखनऊलाई १९ रनले पराजित गर्यो

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा समूह चरणको अन्तिम खेलमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्टसलाई १९ रनले पराजित गरेको छ । जितसँगै तालिकामा १४ अंक बनाए पनि प्लेअफमा पुग्ने आशा एकदमै न्यून रहेको छ । अहिले दिल्ली तालिकाको पाँचौं स्थानमा छ । अन्य टिमको नतिजाका आधारमा दिल्लीको प्लेअफ यात्रा टु. . .


विराटनगरका चिया पसल : ‘सुरुप्प’ पिउँदै आरामसँग गफ

इन्दु साह विराटनगर। विराटनगर महानगरमा विगत दुईवर्षदेखि युवाले रोज्ने व्यवसायमा रेष्टुरेन्ट एण्ड बार र होटल धेरै छन् । विदेश जानुको विकल्पमा खोजिने धेरै विकल्पमध्ये रेष्टुरेन्ट एण्ड बारमा लगानी गर्ने जस्तै चिया बिक्री गर्ने व्यवसायमा नि उतिकै लगानी आकर्षित भएको देखिन्छ । सानो झुपडी वा एउटा सटरमा भ. . .


क्रिकेटर सन्दीप लामिछाने विरूद्धको मुद्दा हेर्दाहेर्दैमा

क्रिकेटर सन्दीप लामिछाने विरूद्धको नाबालिग बलात्कार सम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। मंगलबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले मुद्दा हेर्दाहेर्दैमा राखेको जाहेरवालाको वकिल लेखनाथ पाण्डे बताए। बहसका लागि पेशी चढेको मुद्दा माथिको बहस न�. . .


`डियर ह्याक´ कार्यक्रममा हिमालय दर्शन कलेजका पुरुषोत्तम सुवेदी प्रथम

विराटनगर । विराटनगरमा रहेको हिमालय दर्शन कलेजका पुरुषोत्तम सुवेदी डियर ह्याक कार्यक्रममा प्रथम भएका छन् । मोरङको कानेपोखरी गाउँपालिका – २ घर भएका बिसिए कार्यक्रमको पहिलो सेमेस्टरमा अध्ययनरत सुवेदी काठमाडौं डियर वाक इन्च्युट अफ टेक्नोलोजीले आयोजना गरेको `डियर ह्याक´ कार्यक्रममा प्रथम भएका हुन् । �. . .


अर्थ समितिसँग निजी क्षेत्र : स्थानीय उत्पादन प्रवद्र्धनमा बजेट प्राथमिकता

विराटनगर । कोशी प्रदेशका उद्योगी–व्यवसायीले प्रदेश सरकारले बजेट निर्माण गर्दा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने सुझाव दिइएका छन् । कोशी प्रदेशसभा अर्थ समितिले निजी क्षेत्रसँग आयोजना गरेको कार्यक्रममा कृषि तथा पशुपालनलाई केन्द्रमा राखेर बजेट निर्माण गर्न सुझाव दिएका हुन् । कोशी प्रदेशम�. . .


५ वर्षभित्र आधारभूत शिक्षा सुनिश्चित गर्ने घोषणा

काठमाडौं । सरकारले अगामी पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षा प्राप्ति सुनिश्चित गर्ने घोषणा गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले अगामी सरकारको आर्थिक वर्षको नीति तथा कार्यक्रम सुनाउँदै विद्यालय बाहिर रहेका बालबालिकालाई अनौपचारिक शिक्षा प्रदान गरिने बताएका हुन् । उनका अन�. . .