सम्पूर्ण समाचार

दुर्गा पक्षको नवौँ दिन महानवमी पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठ. . .


इजरायलले लेबनानी सीमा नजिकै थप १४ समुदायको बस्ती खाली गर्यो

इजरायलले दक्षिणी लेबनानमा इजरायल र लडाकुबीच सीमापार लडाइँ बढ्दै गएपछि लेबनानी सीमानजिकै थप १४ समुदायलाई खाली गर्ने योजना आइतबार घोषणा गरेको छ । इजरायली रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै बताएको छ ती बस्तीमा मुख्यतया सहकारी फार्म र किबुटजिम (गाउँहरू)लगायतका छन् । शुक्रबार रक्षा मन्त्रालयले उ�. . .


दक्षिण कोरियामा माछा मार्ने डुङ्गा पल्टिँदा चार जनाको मृत्यु

दक्षिण कोरियाको दक्षिणपश्चिमी तटमा आइतबार माछा मार्ने डुङ्गा पल्टिँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा चालक दलका बाँकी १४ सदस्य घाइते भएका छन् । योनहाप समाचार एजेन्सीले जनाएअनुसार १८ जना मानिस बोकेको ७.९३ टनको जहाज स्थानीय समयअनुसार बिहान ५ः५७ बजे सियोलबाट करिब २०० किलोमिटर दक्षिणमा रहेको पश्�. . .


दशैँको मेकअप गर्दा छालालाई पनि ध्यान दिनु जरुरी छ?

विराटनगर । हिन्दू धर्मावलम्बीहरुको महान चाडको रुपमा बडादशैँ सबैको घर आँगनमा हर्ष, उल्लासका साथ भित्रिएको छ । दशैँ आफन्त भेटघाट अर्थात मिलनको पर्व पनि हो । घरबाट टाढा रहेका आफन्तजन घर फर्कने र नातागोताका मनिसहरु भेला भएर यो पर्व हर्षोल्लासका साथ् मनाउने गरिन्छ । विशेष गरी दशैँको मुख्य दिन टिकामा सबै�. . .


इजरायलबाट थप एक विद्यार्थीको शव नेपाल ल्याइयो

काठमाडौँ । इजरायल युद्धमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये चारको शव नेपाल ल्याइएको छ । फ्लाई दुबईको विमानमार्फत उनीहरुको शव नेपाल ल्याइएको परराष्ट्र मन्त्री नारायणप्रकाश साउदका प्रेस संयोजक केशव साउदले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म दार्चुला मालिकार्जन-४ का लोकेन्द्रसिंह धाम. . .


भारतको महाराष्ट्रमा प्रशिक्षण विमान दुर्घटना हुँदा दुई जना घाइते

पश्चिमी भारतको महाराष्ट्र राज्यमा आइतबार प्रशिक्षण विमान दुर्घटना हुँदा एक जना प्रशिक्षार्थी चालक र एक प्रशिक्षक चालक घाइते भएका छन्। महाराष्ट्रको राजधानी मुम्बईबाट २४५ किलोमिटर दक्षिणपूर्वमा रहेको पुणे जिल्लाको गोजुबावी गाउँ नजिकैको निजी उड्डयन एकेडेमीको प्रशिक्षण विमान दुर्घटना भएको हो । "�. . .


मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टममा दर्ता नभएका मोबाइल १५ दिनमा ‘ब्लक’ हुने

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)मा दर्ता नभएका मोबाइल फोन ‘ब्लक’ हुने बताएको छ । प्राधिकरणले गत जेठ १ गतेदेखि नै एमडीएमएस प्रणाली सञ्चालनमा ल्याएको बताएको छ । प्राधिकरणले शनिबार एक सूचना जारी गर्दै अबको १५ दिनपछि एमडीएमएस प्रणालीमा दर्ता नभएका फोनमा सीम कार. . .


देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लाम

काठमाडौँ । दुर्गा पक्षको आठौँ दिन अर्थात् नवरात्रको महाअष्टमी पर्वका अवसरमा देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । दसैँको आठौँ दिन अर्थात महाअष्टमीका दिन देशभरका शक्तिपीठमा भक्तजनको लर्को लागेको हो । नवरात्रको सुरुवात् अर्थात घटस्थापनादेखि नै नवदुर्गाको पूजा, आर�. . .


फेरिएको दशैँ : पहिले स्वदेश आउँथे तर अहिले विदेश

म्याग्दी । म्याग्दीको बेनी बजारमा व्यवसाय गर्दै आउनुभएका जलजला गाउँपालिका–७ का खेम केसी छोरा बुहारीसँग दशैँ र तिहार मनाउनका लागि शनिबार श्रीमतिसहित अष्ट्रेलिया जानुभयो । म्याग्दीको म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका गोपाल र मिना गौतम पनि छोरा, बुहारी र नातिनीसँग दशैँ मनाउन अमेरिका लाग्नु�. . .


‘मर्निङ वाक’मा पनि हात्तीकै त्रास

चन्द्रकला भण्डारी/रासस झापा। झापासँग सीमा जोडिएको इलामको चुलाचुली गाउँपालिका-३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर राई नियमित ‘मर्निङ वाक’ जानुहुन्थ्यो । एकदिन घरबाट दुई सय मिटर टाढा पुग्नासाथ जङ्गली हात्तीसँग जम्काभेट भयो । जङ्गल छेउको एकान्तमा एक्लै भएको अवस्थामा उहाँ हात्तीको आक्रमणमा पर्नुभयो. . .


छैटौँ बेलबारी गोल्डकपको उपाधी ब्रिगेडलाई

पथरी (माेरङ) । छैटौँ बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधी ललितपुरको टोली ब्रिगेड ब्वाइज क्लबले चुमेको छ । झापाको बिर्तामोड युथ क्लवलाई ट्राइबेकर ५–३ गोल अन्तरले पछि पार्दै ब्रिगेडले उपाधी चुमेकोे हो । ब्रिगेडले उपाधीसँगै आठ लाख नगद र ट्रफी प्राप्त ग¥यो भने बिर्तामोड झापाले रु पाँच लाख �. . .


‘आतङ्कवादी परिसर’मा इजराइली सेनाद्वारा हवाई आक्रमण

तेल अविव, इजराइल ।इजराइली प्रतिरक्षा फौज (आईडीएफ) र इजराइल सेक्युरिटिज (आईएसए) ले जेनिनस्थित अल–अन्सार मस्जिदमा हमास र इस्लामिक जिहाद आतङ्कवादी परिसरमा हवाई हमला गरेको आईडीएफले आइतबार बताएको छ । सामाजिक सञ्जाल एक्समा कुरा गर्दै आईडीएफले मस्जिदको प्रयोग सर्वसाधारणका विरुद्ध आतङ्कवादी हमलाको योजन�. . .