विराटनगर । विराटनगर–२ मा रहेको श्री विराट महेन्द्र रात्रि माध्यमिक विद्यालयमा सम्भ्रान्त परिवारका विद्यार्थी अध्ययन गर्दैनन् । दिउँसो ज्याला मजदुरी गरेर पेट पाल्ने, घरमा घरेलु कामदारको रूपमा काम गर्ने र उद्योगमा मजदुरको रूपमा काम गर्नेहरू नै यस विद्यालयका विद्यार्थी हुन् । विद्यालयमा साँझ पाँच �. . .
काठमाडौँ । कञ्चनपुर महेन्द्रनगरकी विमला चन्द छठ पर्व मनाउन थापाथलीस्थित बागमती नदी किनारमा निर्माण गरिएको छठपूजा स्थलमा भेटिनुभयो । आफ्ना बच्चासहित साँझ छठपूजा स्थलमा भेटिएकी चन्द हरेक वर्ष झैँ यो वर्ष पनि छठ पूजा गर्न र आपसमा खुसी साट्न आएको बताउनुभयो । रासससँग कुराकानी गर्दै चन्दले भन्नुभयो, “च. . .
पथप्रदर्शक छिरी राईले सात वर्षपछि धवलागिरि चक्रिय पदमार्गमा पर्यटकलाई लिएर आफैँ पुग्नुभयो । काठमाडौँमा आसाकी ट्रेक्स एण्ड एक्सपिडीसनका सञ्चालकसमेत रहनुभएका राईले दर्जनौँपटक धवलागिरि चक्रिय पदमार्गमा पर्यटक लिएर आउनुभयो । पछिल्लोपटक भने सात वर्षपछि मात्रै असोज अन्तिम सातादेखि कात्तिक पहिलो सा�. . .
कटारी । नेपालीको घरआँगनमै तिहार आइसक्यो । तिहार भन्नुबित्तिकै देउसी भैलोलाई बिर्सिने कुरा नै भएन । त्यसमा पनि नेपाली गीत सङ्गीतलाई देउसी, भैलो गीतले वर्षांैदेखि अजर अमर बनाउँदै आएको छ । तर पछिल्ला केही वर्षयता विस्तारै मादल, बाँसुरी, भ्mयाली बजाएर खेलिने देउसी लोप हुँदै गएको छ । प्रविधिको विकाससँगै डि. . .
काठमाडौं । सन् २०१० मा बङ्गलादेशको ढाकामा हुन लागेको ११औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)का लागि नेपालले तयारी गर्दै थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जुम्लामा रहेका दुर्गाबहादुर बुढालाई बन्द प्रशिक्षणका लागि काठमाडौँ आउन खबर पठायो । बन्द प्रशिक्षण अवधिभर खेलाडीको खान बस्ने खर्च रा�. . .
सुजता लिम्बू ओहो ! भोलि त असोज १० गते, मन फुरुङ्ग पारेर हतारहतार काम सके । किनकी नेपाल आदवासी जनजाती पत्रकार महासंघको प्रादेशिक भेलाका लागि ताप्लेजुङको यात्रा तय भएको थियो । एउटा संस्थागत जिम्मेवारी थियो भने, अर्को त्यो ठाँउको दृष्यावलोकन गर्न मन आतुर थियो । ताप्लेजुङको प्राकृतिक सुन्दरतासँग तस्वीर, . . .
विराटनगर । मीठो सपना साकार पार्न भन्दै रोजगारीका लागि नेपालबाट विदेशिनेको सङ्ख्या दैनिक हजारौँमा छ । तर वैदेशिक रोजगार सबैका लागि फलिफाप सिद्ध हुँदैन । कामका लागि विदेश जाने कैयौँ विमानमा नभई नभई बक्सामा सुतेर फर्कनु पर्ने कहालीलाग्दो अवस्था विद्यमान छ । तर इच्छाशक्ति भए सीप र ज्ञानअनुसारको काम गर�. . .
कमलामाई/सिन्धुली । सिन्धुलीको सदरमुकाम सिन्धुलमाढीको बसपार्क अगाडि मधुटार जाने बाटो छ । बाटो छेउमा लामै लाइन देखिन्छ, जुत्ता–चप्पल बनाउनेहरूको । लाइनभित्रै भेटिनुहुन्छ, महोत्तरीको गौशाला नगरपालिका–११ कालिपुलका नथुनी राम (४३ वर्ष) । जुत्ता–चप्पलको तलुवा फेर्नु, फाटेको टल्काउनु, च्यातिएको सिउनु र �. . .
सुर्खेत । पछिल्लो केही दशकमा राउटे समुदायमा खाने खानादेखि छानासम्म, नानादेखि गानासम्म फेरिएको छ । जङ्गलमै स्वतन्त्ररूपमा बाँचिरहेका राउटेको सम्बन्ध दुनियाँसँग गहिरिँदै गएको छ । यसरी गहिरिएपछिका अनन्त असर राउटे समुदायले किस्ताकिस्तामा भोग्न थालेको छ ।दक्षिण एसियाका लगभग अन्तिम घुमन्ते जातिको र. . .
ढोरपाटन । धवलागिरि क्षेत्रमा धेरै गुन्जिने गीत हो ‘यानीमाया’ । एक दशक अगाडिसम्म मेला, महोत्सव, चाडपर्व र मेलापात गर्दा गाइने यानीमाया गीत अहिले गुन्जिन छाडेको छ । एकल तथा समूहिकरूपमा महिला र पुरुष भएर गाइने यो गीत नयाँ पुस्ताले भने गाउन सिकेनन् । यो गीत एक जनाले सुरु गर्ने र ऊसँगै समूहका अन्य कलाकारले ग. . .
बझाङ । खप्तडछान्ना गाउँपालिका–५ की रमिला आग्री पहिलोपटक महिनावारी हुदाँदेखि नै छाउगोठमा बस्न थाल्नुभएको थियो । अहिले उहाँको मनमा घरभित्र बस्दा देउता रिसाउँछन् भन्ने गहिरो छाप बसेको छ । सुरु–सुरुमा महिनावारी हुँदा घरभित्रै बस्ने चाहाना देखाउनुभएकी रमिला अहिले भने घरभित्र बस्नु हुँदैन भनेर आफूभन�. . .
बेलबारी । भारतको विहार बर्गिनिया घर भएका ब्रह्मदेव पासवान विगत १० वर्षदेखि नेपालका विभिन्न भागमा पुराना कागज तथा धातुजन्य कवाडी समान सङ्कलन गरिरहनुभएको छ । फोहोरबाट मोहोर कमाउन पासवान जस्तै थुप्रै भारतीय कवाडी सामान सङ्कलन गरिरहेका भेटिन्छन् । मोरङको सुन्दरहरैचा नगरपालिका क्षेत्रभित्र मात्र�. . .