कमलामाई/सिन्धुली । सिन्धुलीको सदरमुकाम सिन्धुलमाढीको बसपार्क अगाडि मधुटार जाने बाटो छ । बाटो छेउमा लामै लाइन देखिन्छ, जुत्ता–चप्पल बनाउनेहरूको । लाइनभित्रै भेटिनुहुन्छ, महोत्तरीको गौशाला नगरपालिका–११ कालिपुलका नथुनी राम (४३ वर्ष) । जुत्ता–चप्पलको तलुवा फेर्नु, फाटेको टल्काउनु, च्यातिएको सिउनु र �. . .
सुर्खेत । पछिल्लो केही दशकमा राउटे समुदायमा खाने खानादेखि छानासम्म, नानादेखि गानासम्म फेरिएको छ । जङ्गलमै स्वतन्त्ररूपमा बाँचिरहेका राउटेको सम्बन्ध दुनियाँसँग गहिरिँदै गएको छ । यसरी गहिरिएपछिका अनन्त असर राउटे समुदायले किस्ताकिस्तामा भोग्न थालेको छ ।दक्षिण एसियाका लगभग अन्तिम घुमन्ते जातिको र. . .
ढोरपाटन । धवलागिरि क्षेत्रमा धेरै गुन्जिने गीत हो ‘यानीमाया’ । एक दशक अगाडिसम्म मेला, महोत्सव, चाडपर्व र मेलापात गर्दा गाइने यानीमाया गीत अहिले गुन्जिन छाडेको छ । एकल तथा समूहिकरूपमा महिला र पुरुष भएर गाइने यो गीत नयाँ पुस्ताले भने गाउन सिकेनन् । यो गीत एक जनाले सुरु गर्ने र ऊसँगै समूहका अन्य कलाकारले ग. . .
बझाङ । खप्तडछान्ना गाउँपालिका–५ की रमिला आग्री पहिलोपटक महिनावारी हुदाँदेखि नै छाउगोठमा बस्न थाल्नुभएको थियो । अहिले उहाँको मनमा घरभित्र बस्दा देउता रिसाउँछन् भन्ने गहिरो छाप बसेको छ । सुरु–सुरुमा महिनावारी हुँदा घरभित्रै बस्ने चाहाना देखाउनुभएकी रमिला अहिले भने घरभित्र बस्नु हुँदैन भनेर आफूभन�. . .
बेलबारी । भारतको विहार बर्गिनिया घर भएका ब्रह्मदेव पासवान विगत १० वर्षदेखि नेपालका विभिन्न भागमा पुराना कागज तथा धातुजन्य कवाडी समान सङ्कलन गरिरहनुभएको छ । फोहोरबाट मोहोर कमाउन पासवान जस्तै थुप्रै भारतीय कवाडी सामान सङ्कलन गरिरहेका भेटिन्छन् । मोरङको सुन्दरहरैचा नगरपालिका क्षेत्रभित्र मात्र�. . .
बेदकोट । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ बनगाउँस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गको छेउमा सानो झुपडी छ । झुपडीभित्र फलामका टुक्रा असरल्ल छरिएका छन् । कोइला पोल्न प्रयोग गरिने आरन र आरन नजिकै घन र हतौडा छन् । तिनै घन र हतौडासँग खेल्दै गरेका भेटिनुहुन्छ, भीमदत्त –६ का ६६ वर्षीय विष्णु लुहार । उहाँले �. . .
रेसुङ्गा । पछिल्लो समय वैदेशिक मोह झनै बढिरहेको छ । २२-२३ वर्ष टेक्दै गरेका युवायुवती विदेश जानेबाहेकको सपना देख्दैनन् । नेपालमा सम्भावना नभएको भन्दै युरोपेली र खाडी मुलुकमा जाने युवायुवतीको लर्को लागिरहेको छ । नेपालमै केही गर्नुपर्दछ भन्ने सोच अपवाद मात्र भेटिन्छ । त्यही एउटा अपवादको पात्र बन्नुभ�. . .
गलेश्वर । बूढेसकालमा छोरो नै बाबुआमाको सहारा हुन्छ भन्ने नेपालीहरुको मानसिकता र सोचाइमा पछिल्लो समय धेरै परिवर्तन आएको छ । छोरा–बुहारीकै कारण कैयौँ वृद्ध बुबाआमाहरू घरमा बस्न सक्ने वातावरण नभएर वृद्धाश्रम वा मन्दिरमा सहारा लिई आफ्नो अन्तिम दिनको प्रतीक्षा गरिरहेका छन् । तर, म्याग्दीको मालिका ग�. . .
जाजरकोट । डोल्पा त्रिपुरासुन्दरी–३ का राजेन्द्र कामी भारतबाट घर नपुग्दै उहाँको घरमा साहु तीन पटक पुगिसकेका छन् । भारत जाँदा भाडास्वरूप सापटी लिएको पैसा असुल गर्न कामीको घरमा साहु तीन पटक पुगेका हुन् । नेपाली रुपैयाँ बराबरको भारतीय रुपैयाँ दिने सम्झौता गरेका कामी अझै घर नपुगेको उहाँकी श्रीमती जयसर. . .
दोधारा चाँदनी । कञ्चनपुरको बेदकोट नगरपालिका–३ का प्रेम टमटाले भगवानको मूर्ति बनाएर परिवारको जीविका चलाएकोे दुई दशक भन्दा बढी भयो । सानै उमेरमा घरबाट भागेर कामको खोजीमा भारतको राजधानी दिल्ली पुगेका उहाँले दिल्लीस्थित जैपुरमा भगवानको मूर्ति बनाउने कारखानामा काम गर्नुभयो । उक्त कारखानामा टमटाले क. . .
राँझा । नेपालगञ्जको सांस्कृतिक पहिचानको रुपमा डेढसय वर्षदेखि सञ्चालन हुँदै आएको रामलीला महोत्सवले दसैँ पर्वको रौनक ल्याएको छ । प्रत्येक वर्ष दसैँका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा रामलीला महोत्सव मञ्चन हुँदै आएको छ । यो वर्ष रामलीलाको एक सय ५५ औैं संस्करण असोज १० गते घटस्थापनादेखि प्रारम्भ भएक�. . .
ढोरपाटन । “आजभोलि धेरै भेडा पाल्नै छोडे, पहिले–पहिले एउटै घरमा कम्तीमा पनि दुई सय हाराहारीमा भेडा पाल्ने गर्थे, भेडाको राँैबाट हामीहरुले राडीपाखी बुन्ने गथ्यौँ, अहिले भेडा पाल्नेको सङ्ख्या घटेपछि रौँ पनि पाउन छोड्यो, राडीपाखी बुन्ने मान्छे पनि कम हुँदै गए ।” बागलुङ तमानखोलाकी ७७ वर्षीया यमकला घर्ती. . .