देशको खबर

इमान्दार र पारदर्शी भएर काम गर्न विराटनगर भन्सारका कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

विराटनगर । अर्थमन्त्री डा.प्रकाशशरण महतले भन्सारका कर्मचारीलाई इमान्दारिताका साथ पारदर्शी भएर काम गर्न निर्देशन दिनुभएको छ । आज विराटनगर पुग्नुभएका उहाँले विराटनगर भन्सार कार्यालयको निरीक्षणपछि भन्नुभयो,“तपाईहरु राज्यको राजस्व सङ्कलन जस्तो संवेदनशील सेवामा हुनुहुन्छ । कुनै पनि तहमा माथि देखा. . .


अब लुम्बिनीमा विद्युतीय बसमा सरर…

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा लामो प्रतिक्षा पश्चात् विद्युतीय सवारी सञ्चालनमा आउने भएका छन् । सञ्चालन अनुमतिका लागि कानुनी प्रक्रियामा ढिलाइ र सञ्चालनको नमूना तयार नहुँदा लुम्बिनीमा दुई वर्षभन्दा बढी समयदेखि खुला आकाशमुनि विद्युतीय सवारी थन्किएका थिए । दातृ निकायबाट अनुदानमा प्राप्त �. . .


अर्काको नाममा ट्रायल दिने नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले नक्कली परीक्षार्थी बनेर अर्काको नाममा ट्रायल दिने एक व्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले काठमाडौँको दक्षिणढोका ट्रायल सेन्टरमा अर्काको नाममा ट्रायल दिने धादिङका २८ वर्षीय राजेश शाहीलाई बुधबार पक्राउ गरेको हो । कार्यालयका प�. . .


सिङ्गापुर पठाइदिने भन्दै रकम ठगी गर्ने झापाका मैनाली पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि सिङ्गापुर पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले बुधबार काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा अर्जुनधाराका ओमनाथ मैनाली रहेका छन् । मैनालीले काठमाडौँ गोङ्गबुका मीनबहादुर रानालाई वैदेशिक रोजगारीको लागि सिङ्गापुर पठाइदिने भन्दै पटकपटक ग. . .


नेपालमा बढ्दै भारतीय चलचित्रको छायाङ्कन

काठमाडौँ । केही समयदेखि नेपालमा भारतीय चलचित्र तथा शृङ्खलाको छायाङ्कन हुनेक्रम बढिरहेको छ । अङ्ग्रेजी भाषामा निर्माण हुने वृत्तचित्रले नेपाललाई छायाङ्कनस्थल बनाए पनि भारतीय चलचित्रको सङ्ख्या भने बढेको धेरै भएको छैन । विसं २०७८ मा ‘उचाइ’ चलचित्रले नेपालमा एक महिना छायाङ्कन गरेको थियो । भारतीय कल. . .


साढे चार सयले लिए सगरमाथा आरोहणको अनुमति

काठमाडौँ । यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि चार सयभन्दा बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार आजसम्म ४२ आरोही समूहका चार सय ६३ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका हुन् । पर्वतारोहण शाखाका शाखा अधिकृत विज्ञान कोइरालाका अनुसार अब दुई÷तीन जना नेपाली र केही विदेशी सगरमाथा. . .


गालीगलौजको राजनीति नगरौँ : सभापति लामिछाने

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले गालीगलौजको राजनीति नगर्न अनुरोध गर्नुभएको छ । बुधबार चितवनको मुग्लिन बजारमा आज आयोजित धन्यवाद सभालाई सम्बोधन गर्दै लामिछानेले सुसंस्कृत राजनीतिको अभ्यास गरेर मुलुकलाई अगा�. . .


दश प्रतिशत शय्या गरिब बिरामीलाई छुट्याउन मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई कूल शय्याको १० प्रतिशत शय्या गरिबीलाई निःशुल्क उपचारका लागि छुट्याउन निर्देशन दिएको छ । मन्त्रालयका उपसचिव एकदेव खनालले आज सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजलाई आज परिपत्र जारी गरी विपन्न, असहाय, �. . .


मुलुकलाई आर्थिक र राजनीतिक अराजकताबाट बाहिर निकाल्नु जरुरी छ : नेता कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुकलाई आर्थिक र राजनीतिक अराजकताबाट बाहिर निकाल्नु जरुरी रहेको बताउनुभएको छ । विराटनगर–११ स्थित ज्येष्ठ नागरिक वडा समितिले आयोजना गरेको कार्यक्रममा उहाँले अहिले मुलुकमा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अराजकता बढ्दै गएको उल्लेख गर्दै. . .


प्रतिनिधिसभा : सरकारले अन्य विधेयक ल्याउँछ, नागरिकता विधेयक किन ल्याउँदैन ?

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले नागरिकता विधेयक किन नल्याएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा सांसद रञ्जुकुमारी झाले भन्नुभयो, “सरकारले अन्य विधेयक ल्याउँदै गर्दा नागरिकता विधेयक किन ल्याउँदैन ?” सांसद भगवती चौधरीले नागरिकतासम्बन्धी विधेयकलाई जतिसक्�. . .


पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई झापामा कालो झण्डा

विराटनगर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाएको छ । झापाको बुद्धशान्ति गाउँपालिकामा आज(मंगलबार) कोशी नाम खारेजको माग गर्दै आएका पहिचान पक्षधरको एक समूहले पूर्वप्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाइएको हो । बुद्धशान्ति गाउँपालिकास्थित कार्यक्रमस्थलत. . .


पछिल्लो २४ घण्टामा देशभर ८२ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ८२ जना कोरोना संक्रमित थपिएका छन् । १६३४ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ६५ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणका कारण १ जनाको मृत्यु भएकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले . . .