देशको खबर

परराष्ट्रमन्त्री पौड्यालसँग भारतीय विदेश सचिव क्वात्राको भेटवार्ता

काठमाडौँ । परराष्ट्र मन्त्री डा विमला राई पौड्यालसँग भारतका विदेश सचिव विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको थियो । भेटमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउँदै विकास सहायता अभिवृद्धि गर्नेलगायतका �. . .


सरकारले छ महिनामा उठायो साढे ५६ अर्ब ऋण

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०७९/८० को छ महिनामा रू ५६ अर्ब ४६ करोड ऋण उठाएको छ । सरकारको वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनका लागि खर्च बेहोर्ने मुख्य स्रोतमध्ये आन्तरिक र बाह्य ऋण परिचालन पनि हुन् । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको चालु आवको बजेटको अर्धवार्षिक समीक्षा प्रतिव�. . .


पर्यटन क्षेत्र आर्थिक समृद्धिको खम्बा : मन्त्री किराती

विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धिको खम्बा भएको बताउनुभएको छ । आज विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवनको शिलान्यास गर्दै उहाँले पर्यटन क्षेत्रबाट थोरै लगानीबाट पनि धेरै विदेशी मुद्रा आर्जन गर्न सकिने बताउनुभयो । मन्त्री कि. . .


मृतक प्रेम आचार्यको परिवारलाई दाबी भुक्तानी वापतको रकम हस्तान्तरण

मङ्गलबारे । प्रेम आचार्यको परिवारलाई बीमा कम्पनीले रू ५० लाख १२ हजार एक सय ९४ दाबी भुक्तानी गरेको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमावापतको रकम परिवारलाई हस्तान्तरण गरेको हो । नयाँ बानेश्वरमा आत्मदाहको प्रयास गरेका प्रेम आचार्यको उपचारका क्रममा र्कीतिपुरस्थित बर्न अस्पतालमा भोलिपल्�. . .


नेपालले टर्की पठायो राहत सामग्री

काठमाडौँ । नेपाल सरकारले टर्किका भूकम्पपीडितका लागि औषधि, चिकित्सा उपकरण, न्यानो कपडा र अन्य आधारभूत सामग्री राहतस्वरुप पठाएको छ । भूकम्पपीडितका लागि २२ टनभन्दा बढी राहत सामग्रीको पहिलो ढुवानी आज त्यसतर्फ पठाइएको हो । यही ६ फेब्रुअरीमा टर्किमा गएको विनाशकारी भूकम्पपछि राहत तथा पुनःस्थापना कार्य. . .


सुख्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीतिअनुसार निर्माण हुनेछ : प्रधानमन्त्री

कञ्चनपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको दोधरा–चाँदनी नगरपालिकामा प्रस्तावित सुख्खा बन्दरगाह त्रिदेशीय रणनीति अनुसार निर्माण हुने बताउनुभएको छ । आज यहाँ आयोजित कार्यक्रममा उहाँले सो बन्दरगाह निर्माणपछि सुदूरपश्चिम प्रदेशका साथै समग्र मुलुकको आर्थिक विकासमा महत्वपूर्�. . .


सात महिनामा ३७ प्रतिशत बजेट खर्च

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा सरकारी बजेट खर्च ३७ दशमलव २२ प्रतिशत बराबर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार माघ मसान्तसम्म सरकारले रू ६ खर्ब ६७ अर्ब ६५ करोड ७४ लाख बराबर बजेट खर्च गरेको हो । यो अवधिमा चालु खर्च वार्षिक विनियोजनको ४४ दशमलव ९२ प्रतिशत बराबर छ । �. . .


पूर्वराज्यमन्त्री विमला वलीद्वारा पार्टी परित्याग

दाङ । लुम्बिनी प्रदेशकी पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी नेतृ विमला वलीले पार्टी परित्याग गरेकी छिन्। पार्टीले आफूलाई असहयोग र बेवास्ता गरेको भन्दै उनले पार्टी परित्याग गरेकी हुन् । उनले माघ २४ गते नै नेकपा माओवादी केन्द्र जिल्ला कमिटी दाङमा राजीनामा पत्र बुझाएकी छन् । उनले आफ्नो राजनीत�. . .


भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आइपिओ आउँदै

काठमाडौँ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले साधारण शेयरको निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही फागुन ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गर्ने भएको हो । कम्पनीले आफ्नो ज. . .


भारतीय विदेश सचिव नेपालमा, सचिवस्तरीय बैठकमा सहभागी

काठमाडौँ । परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा मित्रराष्ट्र भारतका विदेश सचिव विनयमोहन क्वात्रा नेपाल भ्रमणमा आउनुभएको छ । उहाँ नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुग्नुभएको हो । काठमाडौँ आइपुगेलगत्तै विदेश सचिव क्वात्रा सचिवस्तरीय बैठकमा सहभागी हुनुभएको छ । सचिवद्वय पौड. . .


माओवादी आन्दोलनका विभिन्न पक्षलाई एकताबद्ध हुन अध्यक्ष दाहालको अपिल

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनका विभिन्न पक्ष( धार) लाई सामाजिक न्याय र रुपान्तरणका निम्ति एकताबद्ध भएर अगाडि बढ्न अपिल गर्नुभएको छ । २८औँ जनयुद्ध दिवसका अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा उहाँले मु�. . .


बाइभ्यालेन्ट खोप भित्रियो

काठमाडौँ । फाइजरको नयाँ खोप बाइभ्यालेन्टको तीन लाख ४५ हजार डोज खोप नेपाल भित्रिएको छ । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासीयाले सोमबार बिहान ९ बजे ती खोप भित्रिएको बताउनुभएको हो । उहाँले गाभीमार्फत प्राप्त उक्त खोेपलाई टेकुस्थित विभागमा भण्डारणमा राखिने जानकारी द�. . .