देशको खबर

सर्वोच्चको परमादेश : ‘विदेशबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण प्रतिशत पेस गर्नू’

काठमाडौँ । सर्वोच्च अदालतले दुई महिनाभित्र भारतलगायतका देशबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण गरी अदालतमा प्रतिवेदन पेस गर्न परमादेश गरेको छ । न्यायाधीशद्वय शुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले आज उक्त आदेश गरेको हो । अदालतले उक्त विषयमा चार बुँदे निर्देशनसमेत दिएको छ । “नेपालमा पैठार�. . .


अनुकूल मौसमको प्रतीक्षामा सयौँ सगरमाथा आरोही

काठमाडौँ । मौसम अनुकूल भइदिएको भए आजकै दिन सगरमाथाको चुचुरोमा पुग्ने बाटो खुलिसक्थ्यो । पूर्वनिर्धारित तालिकाअनुसार आज सगरमाथाको चुुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) गर्ने योजना थियो । तर, एकसातादेखि बिग्रिएको मौसमले सगरमाथा आरोहणमा समेत अवरोध पुगेको छ । सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफ. . .


गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशसभाबाट विश्वासको मत पाउनुभएको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा उहाँले माग्नुभएको विश्वासको मतको प्रस्तावका पक्षमा ३५ मत प्राप्त भएको हो । उहाँलाई नेपाली कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र)का सात र नेकपा (एकीकृत समाजवा�. . .


नवनियुक्त तीन मन्त्रीद्वारा शपथ

काठमाडौं । नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले शपथ लिनुभएको हो । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट�. . .


नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ७३ अङ्कले बढेर एक हजार आठ सय ६९ दशमलब ७३ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव शून्य सात अङ्कले बढेर तीन सय ५७ �. . .


चलचित्र ‘टुल्की’ जेठ १२ देखि प्रदर्शन हुने

काठमाडौं । बहुपति प्रथामा आधारित चलचित्र टुल्की आगामी जेठ १२ गतेदेखि प्रदर्शनी हुने भएको छ । ‘द पाल्म गुप्र प्रालि’ले निर्माण गरेको चलचित्रमा डोल्पा, हुम्ला, मुगुलगायतका हिमाली जिल्लामा रहेको बहुपति प्रथालाई देखाइएको निर्माता शेखर लामाले बताउनुभयो । चलचित्र डोल्पा जिल्लाको शे फोक्सुन्डो, त्रिपुर�. . .


सप्तरीमा आगो लगाइ हत्या गर्ने देवरलाई जन्मकैदको सजाय

राजविराज : सप्तरीमा आगो लगाइ हत्या गर्ने देवरलाई जन्मकैदको सजाय भएको छ। बोदे बर्साइन नगरपालिका–१ धनगढीकी २७ वर्षीया राजकुमारी साहलाई पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको आरोपमा मृतकका देवर २१ वर्षीय परमेश्वर साहलाई जन्मकैदको सजाय भएको हो। जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलाशले साहलाई जन�. . .


नवनियुक्त मन्त्रीहरूको शपथग्रहण आज हुने

नवनियुक्त मन्त्रीहरूको शपथग्रहण आज हुने भएको छ । बुधवार नेपाली कांग्रेसबाट धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बु मन्त्री नियुक्त भएका थिए । नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ३ बजे शपथ गराउने तय भएको छ । गुरुङ कानून, न्याय तथा संसदीय मामिला मन्त्री, बस्नेत स्वास्थ्�. . .


पश्चिमी वायुको प्रभावले वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि . . .


देशको अर्थतन्त्र सुधारको बाटोमा छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीति र अर्थतन्त्र सङ्कटबाट क्रमशः सुधारको बाटोमा गएको भन्दै आफ्नो कार्यकालको अन्तिमसम्म उत्साहजनक नतिजा देखिने बताउनुभएको छ । आज साँझ काठमाडौँमा पूर्वप्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवद्वारा लिखित ‘गोठालादेखि प्रमुख निर्व. . .


नेपाल प्रहरीद्वारा क्रिकेट खेलाडीलाई सम्मान

काठमाडौँ । नेपाल प्रहरीले नेपाल प्रहरीबाट राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई सम्मान गरेको छ । प्रहरीले एसिसी प्रिमियर कप २०२३ लगायत विभिन्न अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्न�. . .


आर्थिक अनुशासन कायम गर्न राज्यका सबै निकाय उत्तिकै जिम्मेवार बन्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक अनुशासन कायम गर्नका लागि राज्यका सबै निकाय, क्षेत्र उत्तिकै जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको महालेखा परीक्षकको ६० औँ वार्षिक प्रतिवेदन २०७९ सम्बन्धी प्रस्तुतीकरणमा प्रधानमन्त्र�. . .