देशको खबर

गैरकानुनी रुपमा कल सेन्टर सञ्चालन गर्ने ३६ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले गैरकानुनी रुपमा कल सेन्टर सञ्चालन गर्ने विदेशी नागरिकसहित ३६ जनालाई पक्राउ गरेको छ । प्रहरीले तीनकुनेमा गैरकानुनी रुपमा सञ्चालन गर्दै आएको स्काई वल्र्ड सर्भिस सेन्टरबाट उनीहरुलाई पक्राउ गरेको हो । नेपाल प्रहरीका प्रवक्ता टेकवहादुर राईका अनुसार पक्राउ पर्नेमा एक चिनीया. . .


गाई चुनाव चिह्न नदिने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले कमल थापा अध्यक्ष रहनुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई ‘गाई’ चुनाव चिह्न प्रदान नगर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश गरेको छ । न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र डा कुमार चुँडालको संयुक्त इजलासले आइतबार उक्त गाई चुनाव �. . .


नेपालले माल्दिभ्सलाई हरायो

काठमाडौं । नेपालले साफ यू–२० च्याम्पियनशिप पुरुष फुटबल प्रतियोगिताको उद्घाटन खेलमा माल्दिभ्सलाई पराजित गर्दै सुखद सुरुआत गरेको छ । भारतको भुवनेश्वरस्थित कालिङ्गा रङगशालामा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो । नेपालको जीतमा दीपेश �. . .


पछिल्लो २४ घण्टामा थप ५ सय ६८ जनामा कोरोना संक्रमण, १ जनाको मत्यु

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ५ सय ६८ जनामा कोरोना संक्रमित थपिएका छन् । ४ हजार ८ सय  वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर  ६३ हजार ३ सय ७२ जनाले खोप लगाएका छन्। पछिल्लो २४ घण्�. . .


नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले उकालो लागेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि आइतबार पनि नेप्से परिसूचक उच्च अङ्कले बढेको थियो । बजारले आज पनि सोही लय पछ््याउँदै अगाडि बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५४.४५ अङ्क. . .


एसईईको नतिजा यही साताभित्र सार्वजनिक गर्ने तयारी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यही साता भित्र एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । साउन पहिलो हप्ता नतिजा प्रकाशित गर्ने लक्ष्य लिए पनि रुजुको काम नसकिएकाले दोस्रो हप्ता धकेलिएको हो । सोमबार नभए मंगलबारसम्म रुजु सकेर बोर्डको बैठक डाक्ने आन्तरिक त�. . .


विश्वका १६४ देशबाट आउँछन् नेपालमा मालसामान

काठमाडौं । आर्थिक वर्ष २०७८-७९ मा विश्वका १६४ देशबाट नेपालले विभिन्न माल वस्तु आयात गरेको पाइएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आवको तथ्याङ्कअनुसार नेपालमा ती देशबाट रु १९ खर्ब २० अर्बभन्दा बढीको सामान आयात भएको हो । तथ्याङ्कअनुसार उक्त अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । एक वर्षको अ�. . .


प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा उक्त विधेयक गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभाको सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्न�. . .


नागरिकताका विषयमा राष्ट्रिय सहमतिबाटै अघि बढ्ने : मन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नागरिकताको विषयमा सरकारले राष्ट्रिय सहमति बनाएरै अघि बढने बढाउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा उहाँले नागरिकतासम्बन्धी विधेयक ढिलाइ हुँदा साढे छ लाख नेपाली नागरिकताबिहिन भएको हुँदा छिटो सहमति जुटाएर विधेयक अघि बढाउनुपर्ने बताउनुभयो । “नयाँ विधेयकमा �. . .


पेट्रोलियम पदार्थको आयातमै बाहिरियो तीन खर्ब २० अर्ब

काठमाडौं । बढ्दो मूल्य वृद्धि र खपतका कारण एक वर्षको अवधिमा पेट्रोलियम पदार्थको आयातमा मात्रै ठूलो परिमाणमा नेपाली मुद्रा बाहिरिएको छ । एक विवरणअनुसार एक वर्षको अवधिमा रु सवा तीन खर्ब बढी नेपाली बाहिरिएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आव २०७८÷७९ को तथ्याङ्कअनुसार नेपालले भारतबाट रु तीन ख�. . .


राहदानी विभागले सञ्चालनमा ल्यायो ‘नेपाल इ–पासपोर्ट’ मोबाइल एप

काठमाडौं । राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै ‘नेपाल इ–पासपोर्ट’ नामक मोबाइल एप सञ्चालनमा ल्याएको छ। अब मोबाइलबाट नै राहदानीबारे जानकारी लिन सकिने भएको छ । राहदानी विभागको 'नेपाल ईपासपोर्ट' नामक मोबाइल एपबाट राहदानी सम्बन्धी विवरण हेर्न सकिने राहदानी विभागले जनाएको छ । उक्त ए�. . .


राप्ती हाइड्रोको आईपीओ बाँडफाँड

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले असार २९ गतेदेखि साउन १ गतेसम्म जारी गरेको कुल २३ लाख ६६ हजार २४० कित्ता साधारण सेयर सोमबार बाँडफाँड भएको हो । गोलाप्रथाबाट भएको आईपीओ बाँडफाँडमा २ लाख १७ हजार ६९४ जना आवेदकले जनही १० कित्ताका दरले कम्पनीको स�. . .