देशको खबर

प्रदेश १ को एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी वायुका कारण देशका पहाडी भू–भागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीका कारण देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ भने प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका ए�. . .


छठको दोस्रो दिन आज ‘खरना’

काठमाडौं । छठ पर्वको आज दोस्रो दिन, खरना गरी मनाइँदै छ । छठ पर्वको दोस्रो दिनलाई खरना भनिन्छ । यस दिन व्रतालुहरूले नुहाएर चोखो भई साँझपख खीर बनाएर चन्द्रमालाई चढाउने धार्मिक चलन छ । शुक्रबार ‘अरबा–अरबाइन’ र ‘नहाय–खाय’ दुवै विधिलाई पूरा गरेका व्रतालुले कार्तिक शुक्ल पञ्चमीका दिन शनिबार दिउँसो निरा�. . .


एमालेले बहुमत प्राप्त गर्छ : अध्यक्ष ओली

सुरुङ्गा (झापा) । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ गतेको निर्वाचनमा आफू नेतृत्वको पार्टीले बहुमत प्राप्त गर्ने दाबी गर्नुभएको छ । एमाले र राप्रपाले भद्रपुरमा आज आयोजना गरेको संयुक्त अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले आगामी निर्वाचनमा एमालेले बहुमत प्र�. . .


दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि संशोधन गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि २०७६ संशोधनको तयारी गरेको छ । कार्यविधिको संशोधन मस्यौदा सार्वजनिक गर्दै राष्ट्र बैंकले त्यसउपर कात्तिक २५ गतेसम्ममा सुझाव दिइसक्न भनेको छ । बैंक तथा वित्तीय संस्थाले आफ्नो खातामा रहेको भन्दा बढी रकमको कारोबार गरेमा त्यस्तो क�. . .


जल र सूर्यको पूजाआराधना गरिने पर्व : छठ

काठमाडौँ । नदी र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व सुरु भएको छ ।कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ पर्व मनाइन्छ । आज सूर्योेदयकालमा तृतीया तिथि भए पनि मध्याह्न १२ः२८ बजेदेखि चतुर्थी तिथि लाग्ने भएकाले आजैदेखि छठ पर्वको विधि सुरु गरिएको हो । कार्तिक शुक्ल चतुर्थीक�. . .


डलरको तुलनामा युरो मजबुत

काठमाडौं । लगातार उकालो लाग्दै आएको अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरोपेली देशको साझा मुद्रा युरो भने केही मजबुत देखिएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको मूल्यअनुसार एक अमेरिकी डलरको खरिद मूल्य एक सय ३१ रुपैयाँ ६९ पैसा रहेको छ । त्यस्तै बिक्री मूल्य एक सय ३२ रुपेयाँ २९ पैसा रहेको छ । युर�. . .


जनकपुरमा छठको तयारी पूरा

महेन्द्रनगर (धनुषा) । जनकपुरधामलगायत मिथिलाञ्चलमा आस्थाको महापर्व छठ औपचारिकरुपमा आजदेखि सुरु भएको छ । पर्वको पहिलो दिन आज ‘नहाय खाय’ विधि मनाइँदैछ । श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वका लागि जनकपुरधामलगायत तराई–मधेसको विभिन्न स्थानमा अन्तिम तयारी पूरा भएको छ । जनकपुरधाम उपमहानगरपालिकाका �. . .


आजबाट फिल्म ‘महापुरुष’ प्रर्दशनमा

काठमाडौं । आजबाट देशभरको सिनेमा घरहरुमा महापुरुष’ प्रर्दशनमा आएको छ । महजोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘महापुरुष’आजबाट प्रर्दशनमा आएको हो । शुक्रबारदेखि आइतवारसम्म तीन दिन सार्वजनिक विदा भएकाले यसको फाइदा पनि फिल्मले राम्रै उठाउन सक्ने निर्माण पक्षको �. . .


पल शाहले कारागारमै लगाए भाइटीका

तनहुँ । कारागारमा रहेका अभिनेता पल शाहले भाइटीका लगाएका छन् । यौन दुरुपयोग गरेको आरोपमा दुई वर्ष छ महिना सजाए पाएका शाहले कारागारमै भाइटीका लगाएको तनहुँ कारागारका निमित्त प्रमुख अधिकारीले बताउनुभयो । शाहका विरुद्ध गत फागुन ११ गते नाबालिगका बुबाले जाहेरी दिनुभएको थियो । शाहविरुद्ध सोही प्रकृतिको. . .


साप्ताहिक मौसम : हिमपातदेखि वर्षाको सम्भावना

काठमाडौं । आगामी साता देशको केही स्थानमा हल्का हिमपात र वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले विषेश साप्ताहिक मौसम पूर्वानुमान बुलेटिन निकालेर हिमाली भूभागमा हल्का हिमपात तथा पहाडी भूभागमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । प्रदेश नं १, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्ब�. . .


महोत्तरीमा निषेधाज्ञा कायमै

महोत्तरी । महोत्तरीको भङ्गाहा नगरपालिकामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा (कफ्र्यू) कायमै राखेको छ । भङ्गाहा–८ पडरिया बस्तीमा बिहीबार दुई समूहबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालयले पडरिया वरपर क्षेत्र तोकेर निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा आज पनि जारी छ । भङ्गाहा नगरपालिका–८ को दक. . .


गोरखा–५ का वडाध्यक्ष रानाको निधन

गोरखा । गोरखा नगरपालिका–५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ । बिहीबार साँझ भाइटीकापछि उहाँको एक्कासी लडेर मृत्यु भएको हो । नेकपा (एमाले) गोरखा जिल्ला कमिटीका सचिव काजीराम रोकाका अनुसार राना लडेर बेहोस भएपछि उपचारका लागि गोरखा अस्पताल पु¥याइएको थियो । अस्पताल पु¥याउनु अघि नै उहाँको मृत्यु भए�. . .