देशको खबर

अन्तर्वार्ता:आपसी साझेदारी, समन्वय, सहकार्य र अन्तरसम्बन्धबाट निर्वाचन सफल हुनेछ : प्रमुख आयुक्त थपलिया

काठमाडौं । लोकतान्त्रिक प्रणालीलाई जीवन्त बनाउने एक महत्वपूर्ण र अनिवार्य आयामका रूपमा रहेको आवधिक निर्वाचनको सम्पूर्ण तयारीमा मुलुक उभिएको छ । स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा निर्वाचन गराउने दायित्वमा निर्वाचन आयोग, नेपाल सरकार, कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षक, सम्बद्�. . .


एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट:जितका लागि नेपालले १७७ रनको लक्ष्य पायो

काठमाडौं । युएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले जितका लागि १७७ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १७६ रनको योगफल बनायो । युएईका लागि आयन अफ�. . .


नेपाल र यूएईबीचको खेलमा सट्टेबाजी गरेको आशंकामा ५० जना पक्राउ

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भई रहेको नेपाल र यूएईबीचको खेलमा सट्टेबाजी गरेको आशंकामा ५० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार नेपाल र यूएईबीचको खेल जारी रहँदा दर्शकदीर्घामा बसेर सट्टेबाजी गरेको आशंकामा ५० जनालाई नियन्त्रणमा लिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई. . .


निर्वाचनको स्थिर समय : राजनीतिक गतिविधि ठप्प,स्थिर समयमा के गर्न पाईँदैन ?

काठमाडौँ । गए राति १२ बजेदेखि स्थिर समय लागू भएसँगै निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका राजनीतिक छलफल, अन्तक्र्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि चुनावसँग सम्बन्धित काम बन्द भएका छन् । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि बिहीबार राति १२ बजेदे�. . .


युएईविरुद्धको तेस्रो तथा अन्तिम खेलमा नेपालले सुरुआतमा बलिङ गर्ने

काठमाडौं । युएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले सुरुआतमा बलिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । नेपालको यस निर्णयसँगै युएईले सुरुआतमा ब्याटिङ गर्नेछ । नेपाल र युएईबीचको �. . .


मौन अवधिमा प्रचार गरे रु २५ हजार जरिवाना

काठमाडौं । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्मको अवधिमा दल तथा उम्मेदावरको पक्षमा प्रचारप्रसार गर्न नपाउने व्यवस्था गरे�. . .


कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार : नेता कोइराला

इनरुवा । नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नं ६ का लोकतान्त्रिक वाम गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार डाक्टर शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने बताउनुभएको छ । सुनसरीको कोसी गाउँपालिका–१ स्थित लौकहीमा आज लोकतान्त्रिक वाम गठबन्धनले आयोजना गरेको विशाल चुनावीसभ. . .


मौन अवधि उल्लङ्घन गर्ने सञ्चारमाध्यमले लोककल्याणकारी विज्ञापन नपाउने

काठमाडौं । प्रेस काउन्सिल नेपालले स्थिर समय (मौन अवधि)मा आचारसंहिता उल्लङ्घन गर्ने सञ्चारमाध्यमलाई तत्काल कारबाही गर्ने र त्यसलाई लोककल्याणकारी विज्ञापन वितरणमा समेत कडाइ गर्ने जनाएको छ । काउन्सिलले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको प्रचारप्रसार गर्ने समय आज राति १२ बजे�. . .


संसद् जोगाउनका लागि गठबन्धन निर्माण भएको हो : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद् जोगाउनका लागि गठबन्धन निर्माण भएको बताउनुभएको छ । लोकतान्त्रिक वाम गठबन्धन काठमाडौँ क्षेत्र नं ५ ले आज चक्रपथमा आयोजना गरेको बृहत् चुनावीसभालाई सम्बोधन गर्दै उहाँले अघिल्लो सरकारले दुई पटकसम्म संसद विघटन गरेर लोकतन्त्रलाई धरापमा पा�. . .


गठबन्धनले बहुमत ल्याए ज्येष्ठ नागरिकलाई ६५ वर्षमै भत्ता दिन्छौँ : प्रवक्ता डा महत

त्रिशूली । सत्तारूढ दलबीचको गठबन्धनले बहुमत प्राप्त गरेमा ज्येष्ठ नागरिकलाई उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षाभत्ता ६५ वर्षको उमेरमै उपलब्ध गराइने नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बताउनुभएको छ । लोकतान्त्रिक–वाम गठबन्धन, निर्वाचन क्षेत्र नं २ नुवाकोटले आज बट्टारमा आयोजना गरेको च. . .


जनताको जीवनस्तर उकास्न काम गरिनेछ : ओली

गौरादह । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको जीवनस्तर उकास्नका लागि काम अघि बढाउने बताउनुभएको छ । झापाको गौरीगञ्जमा आज आयोजित चुनावीसभामा उहाँले नागरिकको जीवनस्तर उठाउनका लागि एमालेकै नेतृत्वमा सरकार आवश्यक रहेको बताउनुभयो । अध्यक्ष ओलीले एमालेले महिलालाई महिनावारी हुँदा मासिकरूपमा. . .


धनुषामा एक ट्रक अवैध मदिरा बरामद

धनुषा । धनुषा प्रहरीले भारी मात्रामा अवैध मदिरा बरामद गरेको छ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा निषेध गरेको छ । निषेध गरिएको अवधिमा धनुषा प्रहरीले एक ट्रक मदिरा बरामद गरेको धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहाद. . .