देशको खबर

नेपालमा स्वास्थ्य क्षेत्रको सूचकमा सुधार

काठमाडौँ । नेपालमा स्वास्थ्य क्षेत्रको सूचकमा उल्लेखनीय सुधार भएको पाइएको छ । आर्थिक वर्ष २०७८-७९ को आर्थिक सर्वेक्षणमा स्वास्थ्य क्षेत्रको सूचकमा उल्लेख सुधार हुँदै गएको पाइएको हो । दिगो विकासको लक्ष्य अनुसार सन् २०३० मा प्रजनन दर २ दशमलव १ पु¥याउने लक्ष्य भए पनि अहिले नै २ प्रतिशत रहेको आर्थिक स�. . .


पाइलट घिमिरेको मोबाइल नम्बरमा फोन लाग्यो : लोकेसन ‘ट्रयाक’ गर्दै प्रहरी

काठमाडौं । आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको 'अल्फा इको ट्यांगो' कल साइन भएको विमानका पाइलटको मोबाइलको नेटवर्क चलिरहेको पाइएको छ । प्रहरीका उच्च अधिकारीका अनुसार तीनपटकसम्म पाइलट घिमिरेको मोबाइल नम्बरमा घण्टी गएको छ । पाइलटको मोबाइलमा टेलिकमको नेटवर्कले काम गरिरेहको पाइएको छ । स्थल र �. . .


श्वेत–गङ्गा हाइड्रोपावरको आइपिओ आउँदै

काठमाडौं । श्वेत–गङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । पहिलो चरणमा कम्पनीले स्थानीयवासीका लागि यही जेठ २३ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा १५ लाख ९३ हजार कित्ता शेयर प्रारम्भिक सार्. . .


आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट आज

विराटनगर । आगामी आर्थिक वर्ष २०७९/०८० को बार्षिक आय-व्ययको विवरण आईतबार दिनको ४ बजे प्रस्तुत हुने भएको छ । संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नेछन् । बजेट प्रस्तुतिका लागि सम्पूर्ण सांसदहरूलाई दिउँसो ३ बजेर ३५ मिने. . .


बेपत्ता तारा एयरको विमान उडेको १२ मिनेटसम्म सम्पर्कमा

विराटनगर । तारा एयरको विमान उडेको १२ मिनेटसम्म सम्पर्कमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । आज दिउँसो विज्ञप्ति जारी गर्दै आइतबार पोखराबाट स्थानीय समयअनुसार बिहान ०९ः ५५ बजे जोमसोमको लागि उडेको थियो । १९ जना यात्रु र ३ जना चालक दलका सदस्यसहित उडेको तारा एयरको ट्वीनअटर 9NAET विमान अन्तिम प. . .


सुनको मूल्य स्थिर

विराटनगर । सुनचाँदीको कारोबार मूल्य आज स्थिर भएको छ । आईतबार सुनचाँदीको मूल्य तोक्दै गत साताको शुक्रबारकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ छ भने तेजाबी सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ छ । गत साताको शुक्. . .


कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा, प्रश्नपत्र अनलाइनबाटै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ । सोमबारदेखि देशभर एकैसाथ सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो । सोमबार बिहान ८ बजेदेखि सुरु हुने परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । पर. . .


नेपालमा तीन वटा मौसमी प्रणालीको प्रभाव:अझै केही दिन वर्षाको सम्भावना

काठमाडौं । अझै केही दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा तीन वटा मौसमी प्रणालीको प्रभाव छ । स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यूनचापीय रेखा र पश्चिमी वायुको प्रभावले पहाडी भूभागका . . .


अपडेट : यी हुन् हराइरहेको विमानमा रहेका चालक दलका सदस्य र यात्रुहरु

विराटनगर । पोखराबाट जोमसोम उडेको सम्पर्कविहीन तारा एयरको ९ एनएईटी ट्विनअटरको खोजी कार्य जारी छ । उक्त जहाजमा १९ जना यात्रु र तीन जना चालक दलका सदस्य रहेको जानकारीमा आएको छ । तीमध्ये १६ नेपाली र ६ जना विदेशी नागरिक रहेका छन् । हराइरहेको विमानको हेलिकप्टरमार्फत खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मुस. . .


गणतन्त्रात्मक शासन व्यवस्थालाई समृद्धिको बहसमा केन्द्रित गरौँ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई सुशासन र समृद्धितर्फको बहसमा केन्द्रित गर्न सफल भएको बताउनुभएको छ । गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले आपसमा निराशा बाँडेर बस्ने हाम्रो समाजिक प्रवृत्तिलाई आफूहरुले मुलुकमा गणतन्त्र स्थापना गरेर सुशासन र समृद्धितर्फक. . .


पोखराबाट जोमसोमतर्फ उडेको तारा एयरको विमान मुस्ताङको लेतेमा ठोक्किएकाे आशङ्का

काठमाडौं । पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (९एन एइटी) कल साइनको ट्विनअटर विमान मुस्ताङको लेते ठोक्कियो छ । उक्त विमानमा ६ विदेशी र १३ जना नेपाली सहित १९ जना लिएर उडेको जहाज लेतेमा ठोक्किएको आशङ्का गरिएकाे छ । आइतबार बिहान ९ः५५ बजे उडेको जहाज सम्पर्कविहीन भएको विमान मुस�. . .


पोखराबाट जोमसोमतर्फ १९ यात्रुसहित उडेको थियो तारा एयरको जहाज

काठमाडौं । पोखराबाट जोमसोमतर्फ १९ यात्रुसहित उडेको तारा एयरको जहाज मुस्ताङको लेतेमाथि टिटी ताल क्षेत्रमा दुर्घटना भएको आशंका गरिएको छ । कास्की प्रहरीका अनुसार भने सम्पर्कविहीन भएको जहाज खोजी भइरहेको जानकारी दिएका छन् । १९ यात्रु सहितको जहाजमा ३ जना चालक दलका सदस्य पनि छन् । तारा एयरको ९ एन-एइटी जह�. . .