देशको खबर

धादिङमा सिटामोल अभाव

धादिङ । डेङ्गु तथा ज्वरोका बिरामी बढेसँगै धादिङमा सिटामोल अभाव भएको छ । सिटामोलको अत्यधिक माग भएपछि धादिङबेँसीका निजी मेडिकलमा समेत सिटामोल पाइन छाडेको छ । अत्यावश्यक भएकालाई सिटामोल मिसिएका अन्य औषधि दिने गरिएको व्यवसायीले बताएका छन् । डेङ्गुका बिरामीलाई सिटामोल अत्यावश्यक पर्ने भएकाले बिराम�. . .


शिक्षामा सुधारको प्रयास गरेँ : शिक्षामन्त्री पौडेल

बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफ्नो छोटो कार्यकालबीच शिक्षा क्षेत्रमा सुधारको प्रयास गरेको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) बागलुङ–२ समन्वय समितिको बैठकमा हिजो मंगलबार बोल्दै मन्त्री पौडेलले शिक्षासँग सम्बन्धित कानून निर्माणदेखि भौतिक पूर्वाधारमा उल्लेख�. . .


फेवाताल सफाइ महाअभियानमा दुई हजार टन बढी जलकुम्भी निकालियो

पोखरा । पोखरा महानगरपालिकाको आह्वानमा शुभारम्भ गरिएको फेवाताल सरसफाइ महाअभियानमा हिजो मंगलबार दुई सय बढी ट्रकमा करिब दुई हजार टन जलकुम्भीसहितको फोहर निकालिएको छ । महानगरमा ३३ वटै वडाका वडा जनप्रतिनिधिसहित विभिन्न सङ्घसंस्था, आमा समूह, वित्तीय संस्था, राजनीतिक दल, नागरिक समाजलगायत स्वस्फूर्त सहभा. . .


आज उम्मेदवारले उम्मेदवारी फिर्ता लिन सक्ने

काठमाडौं । आसन्न प्रतिनिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेवारदले बुधबार नाम फिर्ता लिन सक्नेछन् । बुधबार बिहान १० देखि अपराह्न १ बजेसम्म मुख्य निर्वाचन अधिृकत वा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधिले नाम फिर्ता लिन सक्ने निर्वाचन आय. . .


कांग्रेसका बागीले उम्मेदवारी फिर्ता नलिए स्वतः निष्कासित हुने

काठमाडौं । नेपाली कांग्रेसले तोकिएको समय सीमाभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा बागी उम्मेदवार र निजको प्रस्तावक तथा समर्थक पार्टीबाट स्वतः निष्कासित हुने जनाएको छ । कांग्रेसले मंगलबार एक विज्ञप्तिमार्फत आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसका आधिक�. . .


पुरुष ह्याण्डबलमा बागमतीको जित

गण्डकी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष ह्याण्डबलमा बागमतीले जित दर्ता गरेको छ । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा हिजो मंगलबार भएको खेलमा बागमतीले आफ्नो दोस्रो खेलमा मधेस प्रदेशमाथि २१–१३ को अन्तरले जित हासिल गरेको हो । बागमतीका लागि सोनाम राकेश शेर्पाले सर्वाधिक प�. . .


पछिल्लो २४ घण्टामा देशभर ४४ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ४४ जना कोरोना संक्रमित थपिएका छन् । २ हजार २ सय २२ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर २९ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस विरुद्धको खोप ८८ हजार ६ सय ६६ जनाले लगाएका छन् । . . .


नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताः गण्डकीका सबै जिल्लामा तयारी पूरा

गण्डकी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको असोज २८ गते औपचारिक रुपमा उद्घाटन हुने भनिए पनि प्रतियोगिता अन्तर्गत केही खेल भने सुरु भइसकेका छन् । खेल अन्तर्गत पुरुष क्रिकेट सम्पन्न भइसकेको छ, भने महिला क्रिकेट आयोजनास्थल पोखरामा असोज २३ गतेदेखि सुरु भएको छ । प्रतियोगिताकै महिला तथा पुरुषतर्फको ह्�. . .


गैरआवासीय नेपालीलाई नागरिकता दिलाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री खाण

काठमाडौं ।गृहमन्त्री बालकृष्ण खाणले गैरआवासीय नेपालीलाई नेपालको संविधानअनुसार नागरिकता दिलाउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) दिवसका अवसरमा सङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सरकारले नागरिकतासम्बन्धी विधेयक अघि बढाई दुवै सदनबाट दुई पटक प�. . .


नेप्से परिसूचकमा पहिरो जाने क्रम रोेकिएन

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६.०६ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५५ दशमलब १६ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूच्क तीन दशमलब २१ अङ्कले ओरालो लागेर तीन सय ६३ दशमलब ६�. . .


सहज रूपमा लगानी गर्न सक्ने वातावरण बनाउन सरकार प्रतिबद्ध छ : प्रम देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीहरूले सहज रूपमा लगानी गर्नसक्ने र लगानीको प्रतिफल उपभोग गर्नसक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) दिवसको अवसरमा सङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले गैरआवासीय नेपालीको ल. . .


प्रत्यक्षतर्फ ५७ राजनीतिक दलको उम्मेदवारी

काठमाडौं ।आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ५७ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् । ती दलले एक हजार चार सय ३३ पुरुष र एक सय ५० महिला उम्मेदवार उठाएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आठ सय ५८ पुरुष र ८५ महिला गरी नौ सय ४३ जनाले स्वतन्त्र उम�. . .