देशको खबर

धनुषाको एकै पालिकाबाट १५ जना नवौँ राष्ट्रिय खेलकुदका लागि छनोट

धनुषा । धनुषाको एकै पालिकाबाट १५ खेलाडी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट भएका छन् । जिल्लाको मिथिला नगरपालिकाबाट १५ खेलाडी छनोट भएका हुन् । छनोट भएकामध्ये १४ हक्कीेका एकजना खो–खोका खेलाडी भएको स्थानीय हिमालय युवा क्लबका पूर्वध्यक्ष अरुणकुमार महतोले जानकारी दिनुभयो । पन्ध्र खेलाडी�. . .


फेवातालको जलकुम्भी झार सफाइमा जुटे पोखरेली

लेखनाथ । पोखराको फेवातालमा जलकुम्भी झार फैलिएपछि आज बिहानदेखि सरसफाइ अभियान सुरु गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यहाँका विभिन्न सङ्घ संस्थालाई फेवाताल सरसफाइमा जुट्न आग्रह गर्दै सरसफाइ अभियान सुरु गरिएको हो । सरसफाइको पहिलो दिन विभिन्न सङ्घ संस्था, सरकारी कर्मचारी र सुरक्ष�. . .


रोजाइ बन्दै तनहुँका पर्यटकीय गन्तव्य

तनहुँ । मुलुककै प्रमुख गन्तव्यमध्येमा पर्ने पोखरा घुम्न जानेले प्रायः तनहुँको बन्दीपुर हेर्न छुटाउदैनन् । नेवार शैलीका घरको बस्ती हेर्ने लालसा बनाएर दैनिक सयौँ पर्यटक बन्दीपुर आउने गर्छन् । घरमा प्रयोग गरिएका काठका कलात्मक झ्यालहरुलगायतका संरचनाले बन्दीपुरको चर्चा विश्वभर छ । यहाँ अहिले स्वदेश. . .


घट्यो सुनको मूल्य

काठमाडौं । आज सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा आज १ हजार २०० रुपैयाँले सुनको मूल्य घटेको हो । यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ छ । सोमबार छ. . .


झुटा र भ्रामक समाचार विरुद्धको सर्वेक्षणमा सहभागी हुनुहोस्

विराटनगर । फेक न्युजहरू हाम्रा दैनिक अभिव्यक्ति जस्तै बनेका छन्। तपाई कसरी यस्ता झुटा र भ्रामक जानकारीहरूबाट बच्नुहुन्छ ? मिस इन्फरमेसन र डिस इन्फरमेसनको सर्वेक्षणमा सहभागी हुने हैन त ? फेक न्युजहरू हाम्रा दैनिक अभिव्यक्ति जस्तै बनेका छन्, तपाई कसरी यस्ता झुटा र भ्रामक जानकारीहरूबाट बच्नुहुन्छ ? झु�. . .


आज प्रत्यक्षका उम्मेदवारीहरुको नामावली प्रकाशन

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको नामावली आज प्रकाशन गर्ने कार्यक्रम रहेको छ । यही असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने ए. . .


आजदेखि मौमस क्रमिकरूपमा सुधार

काठमाडौं । नेपालको आसपास विकास भएको न्यूनचापीय प्रणाली कमजोर भएसँगै आजबाट मौसम क्रमिकरूपमा सुधार हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय रहे पनि न्यूनचापीय प्रणाली कमजोर रहेकाले मनसुन क्रमिकरूपमा सुधार हँुदै गएको महाशाखाका मौसमविद् हीरा भट्टराईले जानका. . .


उम्मेदवार विरुद्ध उजुरीका चाङ, देउवादेखि मिश्रसम्मको उम्मेदवारी खारेजीको माग

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आइतबार उम्मेदवारी मनोनयन गरेका विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरूविरुद्ध उनीहरूकै प्रतिस्पर्धीका साथै विभिन्न व्यक्तिले उजुरी गरेका छन् । उम्मेदवार मनोनयनमा उल्लेख भएको नाम, जन्ममितिसहित विभिन्न विषयमाथि प्रश्न उठाउँदै उजुरी परेको हो। ने�. . .


नवौँ राष्ट्रिय खलकुदः आइटिएफ तेक्वान्दोको प्रतियोगिता बागलुङमा

गलकोट । गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आइटिएफ तेक्वान्दो खेल बागलुङमा हुदैछ । यही असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने प्रतियोगिताअन्तर्गत बागलुङमा हुन गइरहेको आइटिएफ तेक्वान्दो प्रतियोगिताको तयारीलाई तीव्र पारिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरासहित विभिन्न. . .


समानुपातिकको बन्दसूचीमा २९ गतेसम्म दाबी विरोध गर्न सकिने

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रकाशित बन्दसूचीमा समावेश उम्मेदवारका बारेमा यही असोज २९ गतेसम्म दाबी विरोधका लागि समय दिइएको छ । विभिन्न राजनीतिक दलले संशोधन गरी पेस गरेको सूचीमा समावेश उम्मेदवारको योग्यता र अयोग्�. . .


उम्मेदवारले सामाजिक सञ्जालबाट गरिएको विज्ञापन खर्चमा पनि बुझाउनुपर्ने

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनका क्रममा सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि कानूनबमोजिम पेस गर्ने निर्वाचन खर्च विवरणमा समावेश गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्. . .


७६ जिल्लामा फैलियो डेङ्गु, ४४ को मृत्यु

काठमाडौं । हालसम्म डेङ्गुका कारण ४४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म ३३ हजार नौ सय ७५ जनामा सो रोग सङ्क्रमण पुष्टि भएको छ । हालसम्म सातै प्रदेशका ७६ जिल्लामा डेङ्गु फैलिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना सङ्क्रमण पुष्ट. . .