देशको खबर

२०७२ को भुईचालोमा ज्यान गुमाउनेहरुलाई स्मरण गर्दै राष्ट्रपति भण्डारीद्वारा श्रदासुमन अर्पण

काठमाडौँ राष्ट्रपति विद्यादेवी भण्डारीले विसं २०७२ वैशाख १२ गते गोरखा जिल्लाको बारपाक केन्द्रविन्दु भई गएको भूकम्प र त्यसपछिका पराकम्पमा परी जीवन गुमाउने दाजुभाइ तथा दिदीबहिनीको स्मरण गर्दै उहाँहरूप्रति श्रद्धासु मन अर्पण गर्नुभएको छ । गोरखा भूकम्पको छैटौँ स्मृति दिवसका अवसरमा भूकम्पले हजार�. . .


लकडाउनको मौका छोपेर व्यापारीद्वारा मुल्यवृद्धि

नेपालगञ्जमा बन्दाबन्दी (लकडाउन)को मौका छोपेर व्यापारीले मनोमानी रुपमा दैनिक उपभोग्य सामग्रीको मूल्यवृद्धि गरेका छन् । कोरोना भाइरस सङ्क्रमण तीव्ररुपमा बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा यही वैशाख ९ गतेदेखि १५ गतेसम्मका लागि बन्दाबन्दी जारी गरेको छ । बन्दा. . .


पूर्व राजा-रानी कोरोना उपचारका लागि अस्पताल भर्ना

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलराज्यलक्ष्मी शाह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन्। छोरी प्रेरणा शाहसहित उनीहरु शनिबार दिउँसो १ बजे अस्पतालमा भर्ना भएका अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले जानकारी दिए। उनका अनुसार कोभिड–१९ को उपचारका लागि उनीहरु भर्. . .


क्रिकेट सिरिज नेपालले जित्दा कुशलको चौथो अर्धशतक

त्रिदेशीय टी–२० क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा नेपालले नेदरल्याण्डसलाई १४२ रनले हराउँदै उपाधि जितेको हो। नेपालले ११ वर्षपछि घरेलु मैदानमा सिरिजको उपाधि जितेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा �. . .


वीरेन्द्र अस्पतालको प्रधानमन्त्री ओलीद्वारा शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिकीकरण गरी निर्माण हुने छाउनीस्थित वीरेन्द्र अस्पताल भवनको आज शिलान्यास गर्नुभएको छ । नेपाल सरकार र सैनिक कल्याणकारी कोषद्वारा निर्माण हुन लागेको सो अस्पताल ७५० शय्या क्षमताको हुनेछ । पाँच सय घाइते तथा बिरामीको उपचार गर्ने क्षमता रहेको सो अस्पताल पूर्णरूपम�. . .


राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम बागलुङका ११० विद्यालयमा

खेमराज गौतम गलकोट, वैशाख ११ गते । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बागलुङका १ सय १० सामुदायिक विद्यालय छानिएका छन् । जिल्लामा रहेका १० स्थानीय तहका ती विद्यालयलाई विभिन्न शीर्षकमा बजेट विनियोजन गरिएको छ । सरकारले सामुदायिक विद्यालयको स्तरोन्नति गर्न पहिलो पटक यो कार्यक्रम ल्याएको जनाए�. . .


प्रदेश २ मा महामारी नियन्त्रणका लागि सर्वदलीय संयन्त्र

कोरोना महामारी नियन्त्रणका लागि सरकारले चालेको कदमलाई थप प्रभावकारी बनाउन प्रदेश २ सरकारले सर्वदलीय संयन्त्र गठन गरेको छ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामस्थित आज बिहान आफ्नै निवास परिसरमा सर्वदलीय बैठक आयोजना गरी सरकारले हालसम्म चालेको कदमबारे जानकारी गराउँदै थप सहयोग �. . .


नेपाली काँग्रेसको केन्द्रियसमिति बैठक १३ गते बस्ने

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख १३ गते दिउँसो २ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुलुकको समसामयिक राजनीति र पार्टीको १४ औँ महाधिवेशनलगायत विषयमा छलफल हुने काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । काँग्रेसले पार्टीको १४. . .


फितलो कन्ट्याक्ट ट्रेसिङ र बढ्दो सङ्क्रमण दर

सिद्धराज भट्ट सुदूरपश्चिम, वैशाख ११ गते । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको रोकथामका लागि सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिलाई लक्षित गरी गर्नुपर्ने कन्ट्याक्ट ट्रेसिङको फितलो भइरहेको छ । भारतीय सीमानाका हुँदै फर्किइरहेका व्यक्तिको सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी हुन नसक्द. . .


सामुदायिक वनले एक हजार ४ सय भवनमा क्वारेन्टिन बनाउन दिने

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन)ले कोरोना सङ्क्रमण महामारी नियन्त्रणका लागि देशभरका एक हजार ४०० भन्दा बढी सामुदायिक भवनलाई क्वारेन्टिन भवनका रूपमा प्रयोग गर्न दिने निर्णय गरेको छ । महासङ्घका अध्यक्ष भारती पाठकको अध्यक्षतामा शुक्रबार बसेको सचिवालय बैठकले वर्तमान विषम परिस्थितिमा. . .


आठ हजारभन्दा बढी पर्यटन व्यवसायीले लगाए कोरोना खोप

काठमाडौँ उपत्यकाका आठ हजारभन्दा बढी पर्यटन व्यवसायीलाई काेरोना खोप लगाएका छन् । ठमेल पर्यटन विकास परिषद्को पहलमा यही वैशाख ४ गतेदेखि आजसम्म आठ हजारभन्दा बढी पर्यटन व्यवसायीलाई पिपल्स मेडिकल कलेज बालाजुमा कोरोना भाइरसविरुद्धको चिनियाँ खोप (भेरोसेल) प्रदान गरिएको हो । परिषद्का उपाध्यक्ष एवं को. . .


 सङ्क्रमितले भरिन थाले अस्पतालका शैय्या

कोभिड–१९ को सङ्क्रमणले गर्दा उपत्यकाका अस्पतालका रहेका शैय्या भरिन थालेका छन् । दैनिक सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि श्यया भरिन थालेका हुन् । यही वैशाख ३ गते ९०० सङ्क्रमित भेटिएकामा वैशाख १० गते करीब तीनगुणा दुई हजार ५५९ जना पुगेका थियो । चिकित्सकका अनुसार अहिले नेपालमा १२.३ प्रतिशत सङ्क्रमण दर रह. . .