देशको खबर

राष्ट्रपतिले सर्वसाधरणलाई टीका लगाउने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैंँ २०७९ को अवसरमा यस वर्ष विशिष्ट व्यक्तिका साथै सर्वसाधरणलाई विजया दशमीमा टीका प्रसाद प्रदान गर्नुहुने भएको छ । राष्ट्रपति कार्यालयले तयार गरेको कार्यतालिका अनुसार व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रीगण, प्रदेश प्रमुख, न्या�. . .


निर्वाचनमा करिब २० हजार पर्यवेक्षक हुने

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्वदेशी र विदेशी गरी करिब २० हजार पर्यवेक्षक परिचालित हुने भएका छन् । आयोगले पर्यवेक्षणका लागि गरेको आह्वानअनुसार आवेदन दिई स्वीकृति प्राप्तमध्ये ४३ वटा स्वदेशी संस्थाले पेस गरेका आँकडा अनुमान गर्दा करिब २० हजार पर्यवेक्�. . .


मनास्लु हिमालमा पुनः हिमपहिरा : एकजनाको मृत्यु

गोरखा । उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा आज पुनः हिमपहिरा जाँदा एकजनाको मृत्यु भएको छ । आज बिहान दोस्रो र तेस्रो आधार शिविरमा गएको हिमपहिरामा परी ताप्लेजुङका ३५ वर्षीय दावा छिरिङ शेर्पाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालका अनुसार हिमपहिरामा प�. . .


बडादसैँमा सडक सुनसान, शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौं । नेपालीको महान् पर्व बडा दसैँमा राजधानीका सडक सुनसान छन् । शक्तिपीठमा भने शङ्ख, घण्ट र देवी स्तोत्रको गुञ्जनसँगै भक्तजनको भीड छ । शक्तिपीठ एवं देवी मन्दिर वरपर पार्किङ गरिएको सवारीसाधन पनि बाक्लै देखिन्छ । सधैँ जाम हुने राजधानीका व्यस्त सडक अहिले भने खाली छ । घण्टौँ जाममा बस्नुपर्ने समस्य. . .


बन्दसूची संशोधनसँगै दलहरुको आन्तरिक किचलो कम हुँदै

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा संशोधित बन्दसूची बुझाइएसँगै राजनीतिक दलहरुभित्रको आन्तरिक किचलो क्रमशः कम हुन थालेको छ । प्रमुख दलहरुभित्र समानुपातिकको बन्दसूचीमा को पर्ने, नपर्ने, आफ्ना समूहका बढी सङ्ख्या कसरी समावेश ग�. . .


प्रतिनिधिसभाको निर्वाचनमा प्रतिस्पर्धा नगर्ने बाबुरामको घोषणा

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेका छन् । उनले आज सामाजिक संजालमा यस्तो लेख्दै बताएका हुन । उनले लेखेका छन् , ‘आगामी २०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन च. . .


दसैंँले सुनसान बन्यो काठमाडौँ, सवारीसाधनको चाप अत्यन्त न्यून

काठमाडौँ । बडादसैंँको महासप्तमी अर्थात फूलपातीको दिन आइतबार अपराह्नसम्म उपत्यकाका चोक, गल्ली, मुख्य बजार, बसपार्क तथा जिल्ला जाने नाकामा सर्वसाधारणको चहलपहल बाक्लो थियो । विभिन्न जिल्ला निस्कने सवारी साधनको चापले पश्चिम जाने नाका नागढुङ्गामा विगत पाँच दिनदेखि देखिएको जाम चेकपोस्टसम्मै थियो । �. . .


राष्ट्रपतिबाट पलाञ्चोक भगवतीको पूजाआजा

बनेपा । राष्ट्रपति विद्यादेवी भण्डारीले वडादसैँँको आठौँं दिन आज महाअष्टमीका अवसरमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती मन्दिरमा दर्शन एवं पूजाआज गर्नुभएको छ । राष्ट्रप्रमुखबाट आजका दिन सो मन्दिरमा दर्शन एवं पूजाआजा गरिने परम्परा बमोजिम आज राष्ट्रपति भण्डारीले सो मन्दिर. . .


निर्वाचनमा राम्रो मान्छे चुन्ने प्रेरणा मिलोस : पूर्वअध्यक्ष रेग्मी

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले आगामी निर्वाचन स्थायित्व र समृद्धि ल्याउने गरी ऐतिहासिक बन्न सकोस् भन्ने कामना गर्नुभएको छ । वडादसैँको अवसरमा दिनुभएको सन्देशमा पूर्वअध्यक्ष रेग्मीले निर्वाचनले राजनितिक दल र जनतालाई हाम्रा मान्छे होइन राम्रा मान्छे छान्ने र चुन्ने अवसर. . .


दसैँ बिदामा आन्तरिक पर्यटकको गन्तव्य मनाङ

मनाङ । नेपालीको जीवनशैली विस्तारै फेरिँदै गएको छ । घुमघाम गर्ने चलन बढ्न थालेको छ । विगतमा भ्रमणतर्फ चासो नदिने आन्तरिक पर्यटकले हाल बिदाको समयलाई उपयोग गर्न थालेका छन् । दसँैंको बिदामा हिमाली जिल्ला मनाङलाई गन्तव्य बनाएर आन्तरिक पर्यटक आउने क्रम ह्वात्तै बढेको छ । बिदामा घुम्न मनाङ सहज हुँदै गएको �. . .


नेपाली दूतावासले कतारमा रहेका नेपालीलाई टीका लगाईदिने

काठमाडौं । नेपाली दूतावास कतारले कतारमा रहेका नेपालीलाई दसैँको अवसरमा टीका लगाईदिने भएको छ। दोहास्थित नेपाली दूतावासमा विजया दशमीको दिन (१९ असोज) कतारमा रहेका नेपालीलाई टीका तथा दुर्गा भगवतीको प्रसाद ग्रहण गर्ने कार्यक्रमको आयोजना गरेको हो । त्यस दिन कतारमा रहेका इच्छुक नेपालीहरुलाई राजदूतावास�. . .


पछिल्लो २४ घण्टामा थप ३३ जनामा कोरोना संक्रमण

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ३३ जनामा कोरोना संक्रमित थपिएका छन् । १ हजार ३ सय ७५ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ८ सय ८९ जना रहेको छ ।. . .